Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
नेपालगञ्ज

धम्बोजी–नन्दनी मिल सडक स्तरोन्नति कार्य शुभारम्भ

नेपालगञ्जको धम्बोजी चोकदेखि नन्दनी मिलसम्मको हुलाकी सडकलाई चार लेनमा स्तरोन्नति गर्ने कार्य आजदेखि शुभारम्भ गरिएको छ ।
रासस १००१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ३, बिहिबार (४ दिन अघि)
Post Thumbnail

नेपालगञ्ज (बाँके), ३ मङ्सिरः नेपालगञ्जको धम्बोजी चोकदेखि नन्दनी मिलसम्मको हुलाकी सडकलाई चार लेनमा स्तरोन्नति गर्ने कार्य आजदेखि शुभारम्भ गरिएको छ ।

नेपालगञ्ज–गुलरिया सडक खण्डअन्तर्गत धम्बोजी चोकदेखि नन्दनी मिलसम्मको एक हजार ९२० मिटर सडक रु ३९ करोड ८४ लाखको लागतमा स्तरोन्नति गर्न लागिएको हो ।

हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगञ्जका योजना प्रमुख लीलाबहादुर भण्डारीले निर्माण कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न गर्ने लक्ष्य राखिएको बताउनुभयो ।

उहाँका अनुसार निर्माण व्यवसायी हिम सगरमाथा कन्स्ट्रक्सन प्रालिसँग २०८३ कात्तिक २० गते सम्झौता भएको हो ।

सम्झौताअनुसार २०८४ कात्तिक १९ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि स्थानीयवासीको सहयोग र निर्माण व्यवसायीको प्रतिबद्धताका कारण छ महिनाभित्रै काम सक्ने लक्ष्य राखिएको छ ।

उहाँले बजेट प्रवाह र कार्यालयको निर्णय प्रक्रियामा कुनै समस्या नरहेको उल्लेख गर्दै निर्माण कार्यलाई तीव्रता दिइने बताउनुभयो ।

चार लेनको उक्त सडकको बीचमा डिभाइडर र दुवैतर्फ फुटपाथ निर्माण गरिने उहाँले जानकारी दिनुभयो । “यो सडकले उपमहानगरपालिका क्षेत्रभित्र आर्थिक र सामाजिक दृष्टिकोणले अत्यन्त महत्त्व राख्दछ । यसले आर्थिक गतिविधि पनि बढाउने हामीले महसुस गरेका छौँ,” योजना प्रमुख भण्डारीले भन्नुभयो ।

उहाँका अनुसार सडकको केन्द्रविन्दुबाट दायाँबायाँ गरी कुल १५ मिटर राइट अफ वेभित्र पर्ने करिब १६१ वटा घर तथा संरचना हटाइसकिएको छ । अब एउटा मन्दिर र एक दुईवटा घर हटाउन बाँकी रहेकाले स्थानीय तहको सहयोगमा ती संरचना पनि व्यवस्थापन गरिने उहाँले बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं १ का वडाध्यक्ष प्रमोद धितालले उपमहानगरपालिकाभित्र निर्माण हुन लागेको यो सडक गुणस्तरीय र सुविधायुक्त हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले वडा नं १ सँग सम्बन्धित सडक स्तरोन्नति हुन लागेकामा खुसी व्यक्त गर्दै यसलाई ऐतिहासिक अवसरका रूपमा लिनुभएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सडक स्तरोन्नतिका लागि आफ्नो जग्गा, घर तथा बाउन्ड्री हटाएर सहयोग गर्ने स्थानीयवासीप्रति आभार व्यक्त गर्नुभयो । उहाँले स्थानीयवासीको स्वस्फूर्त सहयोगले सडक निर्माणका लागि आवश्यक क्षेत्र खाली गराउन सहज भएको बताउनुभयो ।

प्रमुख विष्टले केही दिनअघिसम्म जानकी गाउँपालिकाको नन्दनी मिल क्षेत्रतर्फ तुलनात्मक रूपमा व्यवस्थित र फराकिलो सडक देखिने गरेको भए पनि उपमहानगरपालिका प्रवेश गरेपछि सडकको अवस्था कमजोर रहेको अनुभूति हुने गरेको बताउनुभयो ।

स्तरोन्नति हुन लागेको उक्त सडकले नेपालगञ्जको सहरी स्वरूप र आवागमनलाई थप व्यवस्थित बनाउने उहाँको भनाइ छ ।

उहाँले सडक निर्माण कार्यलाई अगाडि बढाउन सहयोग गर्ने नेपाल सरकारका सम्बन्धित मन्त्रालय, मन्त्रालयका पदाधिकारी, हुलाकी राजमार्ग निर्देशनालयको टोली, जिल्ला प्रशासन कार्यालयलगायत सबै पक्षलाई धन्यवाद दिनुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले सडक निर्माणका लागि आवश्यक जग्गा तथा संरचना खाली गराउने कार्यमा स्थानीयवासीको सहयोग प्रशंसनीय रहेको बताउनुभयो । उहाँले आयोजनाको समन्वय, सहजीकरण र शान्ति सुरक्षाको जिम्मेवारीअन्तर्गत राइट अफ वे खाली गराउने प्रक्रियामा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गरेको जानकारी दिनुभयो ।

“अन्य जिल्लामा राइट अफ वे खाली गराउने क्रममा घरटहरा हटाउन सुरक्षा निकाय परिचालन गर्नुपर्ने र स्थानीयवासीको अवरोध पनि हुने गरेको देखिन्छ । तर यहाँ त्यस्तो अवस्था सिर्जना भएन । स्थानीयवासीको सहयोगमा अधिकांश संरचना हटाउन सकिएको छ”, उहाँले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी तामाङले अहिले निर्माण व्यवसायीले काम गर्न आवश्यक साइट प्राप्त गरिसकेको उल्लेख गर्दै बाँकी रहेका विषयमा समन्वय र सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालय प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले निर्माण कार्य समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन पनि दिनुभयो ।

सडक स्तरोन्नतिका लागि रु ३९ करोड ८४ लाख एक हजार २१९ रुपैयाँ ८८ पैसा सम्झौता रकम कायम गरिएको छ । उक्त रकममा मूल्य अभिवृद्धि कर (भ्याट) र प्रोभिजनल पनि समावेश छन् ।

सडक स्तरोन्नति सम्पन्न भएपछि नेपालगञ्जको सहरी क्षेत्रको आवागमन सहज हुनाका साथै व्यापारिक तथा आर्थिक गतिविधिमा समेत थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

  • नेपालगञ्ज
  • बाँके
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    बन्धक बनाइएका तीन नेपालीको उद्धार

  • तराई–मधेसमा मौलिक पर्व सामा चकेवाको रौनक

    तराई–मधेसमा मौलिक पर्व सामा चकेवाको रौनक

  • कोरला नाकामा पुग्छन् दैनिक सय बढी पर्यटक

    कोरला नाकामा पुग्छन् दैनिक सय बढी पर्यटक

  • प्रदेशको क्षेत्राधिकारमै रही ६३ वटा ऐन बनाइएको छ : मुख्यमन्त्री भट्ट

    प्रदेशको क्षेत्राधिकारमै रही ६३ वटा ऐन बनाइएको छ : मुख्यमन्त्री भट्ट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ७ गते सोमबार

    २०८३ मंसिर ७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बन्धक बनाइएका तीन नेपालीको उद्धार

    तराई–मधेसमा मौलिक पर्व सामा चकेवाको रौनक

    तराई–मधेसमा मौलिक पर्व सामा चकेवाको रौनक

    कोरला नाकामा पुग्छन् दैनिक सय बढी पर्यटक

    कोरला नाकामा पुग्छन् दैनिक सय बढी पर्यटक

    प्रधानमन्त्री शाह स्वदेश प्रस्थान

    प्रधानमन्त्री शाह स्वदेश प्रस्थान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution