Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित र रणनीतिक क्षमतामा आधारित हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले बदलिँदो विश्व परिवेशमा नेपालको राष्ट्रिय हितको संरक्षण र प्रभावकारी अन्तरराष्ट्रिय प्रतिनिधित्वका लागि नयाँ पुस्ताका कूटनीतिज्ञमा आलोचनात्मक सोच, अनुकूलनशीलता, सहकार्य र निरन्तर सिक्ने क्षमता विकास गर्नुपर्ने बताउनुभएको छ ।
रासस ९७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ३, बिहिबार (२ दिन अघि)
Post Thumbnail

काठमाडौँ, ३ मङ्सिर: परराष्ट्रमन्त्री शिशिर खनालले बदलिँदो विश्व परिवेशमा नेपालको राष्ट्रिय हितको संरक्षण र प्रभावकारी अन्तरराष्ट्रिय प्रतिनिधित्वका लागि नयाँ पुस्ताका कूटनीतिज्ञमा आलोचनात्मक सोच, अनुकूलनशीलता, सहकार्य र निरन्तर सिक्ने क्षमता विकास गर्नुपर्ने बताउनुभएको छ ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आइएफए)द्वारा आज यहाँ आयोजित ‘विश्वव्यापी प्रवृत्ति, स्थानीय दिशा: नेपालको भावी पुस्ताको कूटनीति’ विषयक सेमिनारको उद्घाटन समारोहमा उहाँले प्रभावकारी कूटनीतिको सुरुआत आफ्नो देश, समाज, संस्कृति, सबल पक्ष र सीमिततालाई गहिरोसँग बुझ्नबाट हुने बताउनुभयो ।

परराष्ट्रमन्त्री खनालले भन्नुभयो, “आफू, आफ्नो समुदाय र आफ्नो देशलाई राम्ररी नबुझीकन विश्वसामु मुलुकको प्रभावकारी प्रतिनिधित्व गर्न सकिँदैन ।” नेपाल प्राचीन सभ्यताको सङ्गमस्थल भएको उल्लेख गर्दै उहाँले नेपालको सांस्कृतिक, प्राकृतिक तथा दार्शनिक पहिचानलाई अन्तरराष्ट्रिय मञ्चमा आत्मविश्वासका साथ प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो ।

हिमाल, पहाड र तराईका समुदाय, किसान, उद्यमी, युवा तथा श्रमिकका आकाङ्क्षा र अपेक्षालाई बुझ्नसक्ने कूटनीतिज्ञ आवश्यक रहेको मन्त्री खनालको भनाइ छ । उहाँले प्रमाणमा आधारित विश्लेषण र समस्या समाधान गर्ने आलोचनात्मक सोच, सङ्कटअनुसार तत्काल अनुकूल हुनसक्ने क्षमता, विभिन्न संस्कृति र समुदायका सरोकार बुझ्ने सहानुभूति, विभिन्न क्षेत्र र संस्थाबीच सहकार्य गर्नसक्ने क्षमता तथा जीवनभर सिकिरहने स्वाध्याय कूटनीतिका लागि आवश्यक रहेको उल्लेख गर्नुभयो ।

तीव्र गतिमा परिवर्तन भइरहेको विश्वमा नयाँ ज्ञान र सीप हासिल गर्न नसक्ने व्यक्ति तथा संस्था पछाडि पर्ने उल्लेख गर्दै मन्त्री खनालले अङ्गे्रजी, चिनियाँ र अरबीजस्ता विश्व भाषासँगै नयाँ विषय र विधामा दक्षता हासिल गर्न युवा कूटनीतिज्ञलाई आग्रह गर्नुभयो ।

भगवद्गीताको ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन’ भन्ने सन्देश उल्लेख गर्दै परराष्ट्रमन्त्री खनालले कूटनीति र राष्ट्र निर्माणमा आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने बताउनुभयो । युवा कूटनीतिज्ञ, अनुसन्धानकर्ता तथा पेसाकर्मीलाई सरकार, अनुसन्धान र पैरवीका विभिन्न क्षेत्रमा रहेर पनि नेपालको कूटनीतिक समुदायको अभिन्न अङ्गका रूपमा सक्रिय योगदान गर्न उहाँले आह्वान गर्नुभयो ।

कार्यक्रममा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानकी कार्यकारी निर्देशक रोजिना ताम्राकारले अन्तरराष्ट्रिय सम्बन्धमा प्रविधि, जलवायु परिवर्तन, आर्थिक अन्तरनिर्भरता, आप्रवासन, ऊर्जा रूपान्तरण तथा बदलिँदो भू-राजनीतिक समीकरणले नयाँ चुनौती र अवसर सिर्जना गरेको बताउनुभयो ।

उहाँले विश्वव्यापी परिवर्तनलाई समयमै बुझेर नेपालको राष्ट्रिय हित र परराष्ट्र नीतिको प्राथमिकतासँग जोड्न युवा कूटनीतिज्ञ, अनुसन्धानकर्ता तथा नीतिनिर्माताको क्षमता अभिवृद्धि आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार कूटनीति अब राज्य र परम्परागत कूटनीतिक संस्थामा मात्र सीमित नरही व्यक्ति, संस्था, सञ्जाल तथा गैरराज्य पक्षको भूमिकासमेत महत्त्वपूर्ण बन्दै गएको छ ।

आज दिनभर सञ्चालन हुने सेमिनारमा प्रविधि, डिजिटल रूपान्तरण र कूटनीतिको भविष्य, जलवायु, ऊर्जा र बदलिँदो विश्व व्यवस्थामा नेपालको स्थान तथा आप्रवासन, आवागमन र नेपालको विश्वव्यापी सहभागिताबारे विषयगत सत्रमा समूहगत छलफल गरिनेछ ।

प्रतिष्ठानले विश्वविद्यालयका विद्यार्थी, युवा कूटनीतिज्ञ, सरकारी कर्मचारी, अनुसन्धानकर्ता तथा युवा पेसाकर्मीबीच विचार आदानप्रदान र नीतिगत संवादको अवसर सिर्जना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ । कार्यक्रममा निर्वाचन आयोग नेपालका निर्वाचन आयुक्त राजीव सुब्बा, परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि, अनुसन्धानकर्ता, प्राज्ञिक क्षेत्रका व्यक्तित्व तथा युवा पेसाकर्मीको सहभागिता थियो ।

  • काठमाडौँ
  • निर्वाचन आयोग
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    विदेशमा रहेका नेपालीको मताधिकारः कानुन संशोधनका लागि तीन विकल्प

  • ‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो’

    ‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो’

  • Post Thumbnail

    ‘गन्तव्यको प्रवर्द्धन प्राथमिकतामा’

  • तरकारीखेतीबाट वीरबहादुरको वार्षिक २५ लाख आम्दानी

    तरकारीखेतीबाट वीरबहादुरको वार्षिक २५ लाख आम्दानी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

    मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

    Post Thumbnail

    प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन कांग्रेसको आग्रह

    Post Thumbnail

    बाली भित्र्याए पनि भकारी जोगाउनै मुस्किल

    Post Thumbnail

    विदेशमा रहेका नेपालीको मताधिकारः कानुन संशोधनका लागि तीन विकल्प

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution