Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर २, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

दुई पूर्वमन्त्रीसहित छ जना पक्राउ

वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी रूपमा रकम असुली गरी ठगी तथा सङ्गठित अपराध गरेको कसूरमा पूर्वमन्त्रीद्वयसहित छ जना उच्चपदस्थ अधिकारी पक्राउ परेका छन् ।
रासस ६०१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर २, बुधबार (२ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २ मङ्सिरः वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी रूपमा रकम असुली गरी ठगी तथा सङ्गठित अपराध गरेको कसूरमा पूर्वमन्त्रीद्वयसहित छ जना उच्चपदस्थ अधिकारी पक्राउ परेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारको पत्र तथा विकास रानाभाट समेतको जाहेरीका आधारमा नेपाल सरकार वादी भई प्रतिवादी कैलाश खड्का समेत भएको ठगीसम्बन्धी कसूर तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसूरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

मलेसिया र नेपालबीच भएको सम्झौताको दायरा र कानूनी प्रक्रिया विपरीत अधिकार क्षेत्र नाघेर बदनियतपूर्वक विदेशी मुद्रा अपचलन गराई देशको अर्थतन्त्रको मुद्रा सञ्चितीकरणमा गम्भीर नोक्सानी पुर्‍याउने गरी निर्णय गरिएको अनुसन्धानबाट खुल्न आएको छ ।

अनुसन्धानका क्रममा मलेसिया जाने श्रमिकहरूसँग गैरकानूनी रूपमा ठगी गरी अमेरिकी डलर ८३ लाख ७० हजार ४३९ दशमलव ९२ र पाउन्ड स्टर्लिङ ३७ लाख १७ हजार ९८० दशमलव ८० गरी जम्मा रु. १ अर्ब ६९ करोड दुई लाख २४ हजार २६ दशमलव ७६ सङ्कलन गरिएको पाइएको छ ।

सङ्गठित समूहको लाभका लागि जानीजानी आफ्नो पदीय जिम्मेवारी तथा कर्तव्य विपरीत श्रमिकहरूलाई सङ्गठित रूपमा ठगी गर्ने कार्यमा मौन बसी, कानूनी उपचार नगरी वा नगराई सो गैरकानूनी रकम मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

काठमाडौँ जिल्ला अदालत बबरमहलबाट पक्राउ पूर्जी जारी गर्ने अनुमति लिई काठमाडौँ, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी विस्तृत अनुसन्धान अगाडि बढाइएको छ ।

पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीद्वय वर्ष ६० का शेरबहादुर कुँवर र वर्ष ६१ का रामेश्वर राय यादव रहेका छन् । अछामको चौरपाटी गाउँपालिका वडा नं. ४ स्थायी वतन भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ५ बस्ने कुँवर र सर्लाहीको चक्रघट्टा गाउँपालिका बेल्ही बस्ने यादवलाई यसै प्रकरणमा नियन्त्रणमा लिइएको हो ।

त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव वर्ष ६४ का विनोद केसी, सोही मन्त्रालयका तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुखहरू तथा सहसचिवद्वय वर्ष ५१ का उमेश ढुङ्गाना र वर्ष ५३ का राजिव पोखरेल पनि पक्राउ परेका छन् ।

यसैगरी, रोजगार व्यवस्थापन महाशाखाकी तत्कालीन कानून अधिकृत तथा उपसचिव वर्ष ४९ की निर्मला गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ । यस सङ्गठित ठगी तथा विदेशी मुद्रा अपचलन प्रकरणमा थप कानूनी कारबाही तथा अनुसन्धान जारी रहेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

  • अछाम
  • काठमाडौँ
  • नेपाल प्रहरी
  • मन्त्रिपरिषद्
  • ललितपुर
  • सर्लाही
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    धनगढीमा खाना महोत्सव

  • Post Thumbnail

    वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्वयन गरौँः मुख्यमन्त्री शाही

  • मधेस प्रदेशमा उल्लेख्य बजेट विनियोजन भएको छः मन्त्री लम्साल

    मधेस प्रदेशमा उल्लेख्य बजेट विनियोजन भएको छः मन्त्री लम्साल

  • Post Thumbnail

    चोरीका गरगहना र नगदसहित पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

    Post Thumbnail

    धनगढीमा खाना महोत्सव

    Post Thumbnail

    वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्वयन गरौँः मुख्यमन्त्री शाही

    मधेस प्रदेशमा उल्लेख्य बजेट विनियोजन भएको छः मन्त्री लम्साल

    मधेस प्रदेशमा उल्लेख्य बजेट विनियोजन भएको छः मन्त्री लम्साल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution