Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २९, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
चितवन

सौराहामा हात्ती सफारी गर्नेको सङ्ख्या बढ्यो

सौराहामा हात्ती सफारी गर्ने पर्यटकको सङ्ख्या पछिल्लो समय बढिरहेको छ । एउटा हात्तीले दैनिक चार पटकसम्म पर्यटकलाई वन क्षेत्रमा घुमाउने गरेको छ ।
रासस ७५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २९, आईतबार (३ घण्टा अघि)
Post Thumbnail

चितवन, २९ कात्तिक: सौराहामा हात्ती सफारी गर्ने पर्यटकको सङ्ख्या पछिल्लो समय बढिरहेको छ । एउटा हात्तीले दैनिक चार पटकसम्म पर्यटकलाई वन क्षेत्रमा घुमाउने गरेको छ । कोभिडपछि हात्ती चढ्न आउने पर्यटकको सङ्ख्या यस वर्ष बढी भएको पर्यटन व्यवसायीले जनाएका छन् ।

सौराहा आएका पर्यटक हात्ती चढेर बाघमारा, चित्रसेन र कुमरोज मध्यवर्ती सामुदायिक वन घुम्ने गर्दछन् । हात्तीबाट पर्यटकले दुर्लभ एक सिङ्गेगैँडा, पाटेबाघ जस्ता वन्यजन्तु हेरेर रमाउने गर्दछन् । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार यस वर्ष एउटा हात्तीले दैनिक सरदर दुई पटक निकुञ्ज घुमाएको बताउनुभयो । उहाँले भन्नुभयो, “कोभिडपछि सबैभन्दा बढी हात्ती चढ्न आएका पर्यटकको सङ्ख्या यसै वर्ष हो ।”

चाडपर्वमा हुने बिदामा एकै दिन एउटा हात्तीले चार पटक पर्यटक घुमाउँदा पनि यहाँ आएका सबैले घुम्न नपाएका खतिवडाले बताउनुभयो । पालो कुरेर पर्यटकले सफारी गरिरहेका उहाँको भनाइ छ । उहाँका अनुसार सहकारीअन्तर्गत २७ वटा हात्ती छन् ।

पछिल्लो समय हात्तीको सङ्ख्या घटेको बताउँदै सञ्चालन खतिवडाले सफारी गर्ने पर्यटक भने बढ्दै गएका जानकारी दिनुभयो । गत आर्थिक वर्षमा सरदर पर्यटक हात्ती चढेको सङ्ख्या एक दशमलव पाँच पटक भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “समग्रमा सौराहा आउने पर्यटक बढेकाले हात्ती सफारी गर्नेको सङ्ख्या पनि बढेको हो ।”

क्षेत्रीय होटल सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष गुणराज थपलियाले करिब एक सातायता सौराहा विदेशी र आन्तरिक पर्यटकले भरिएको बताउनुभयो । उहाँका अनुसार तिहारको लामो बिदा भएकाले आन्तरिक पर्यटकको सङ्ख्या पनि बढेको हो । उहाँले भन्नुभयो, “एक सातायता कोठा खोज्नेहरू सबैलाई पुर्याउन सकिएको छैन ।” सौराहाका अधिकांश होटल भरिएका उहाँले जानकारी दिनुभयो ।

चाडपर्वको बिदामा विदेशबाट नेपाल आएकाहरू परिवारसहित पर्यटकीय गन्तव्यमा धेरै घुम्न जाने भएकाले आगन्तुकको सङ्ख्या बढेको सङ्घका वरिष्ठ उपाध्यक्ष थपलियाले बताउनुभयो । “योसँगै नेपालमा रहेकाहरू पनि पारिवारिक घुमफिर गर्न रुचाउँछन् । यतिबेला यहाँको वातावरण रमाइलो भएकाले पर्यटक घुम्न आउन रुचाउँछन् । सफारी पर्यटकका लागि नेपालको महत्त्वपूर्ण गन्तव्यका रूपमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती सामुदायिक वनलाई लिने गरिन्छ”, उहाँले भन्नुभयो ।

  • चितवन
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    झापामा उल्लासमय बन्यो सामूहिक छठ पूजा

  • Post Thumbnail

    वडा प्रहरी परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ

  • जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ: शिक्षामन्त्री पोखरेल

    जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ: शिक्षामन्त्री पोखरेल

  • Post Thumbnail

    छठ व्रत बसेका व्रतालुले दिए अस्ताउँँदै गरेको सूर्यलाई अर्घ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुद: सुदूरपश्चिमबाट ४८ खेलाडी छनोट

    Post Thumbnail

    सूर्योदयको पर्खाइमा छठघाटमा जाग्राम व्रतालु

    Post Thumbnail

    झापामा उल्लासमय बन्यो सामूहिक छठ पूजा

    Post Thumbnail

    वडा प्रहरी परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution