Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
तुलसीपुर

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

दाङमा पछिल्लो समय अण्डा उत्पादन बढ्दै गएको छ । कुनै समय दैनिक पाँचदेखि छ हजार कार्टुन अण्डा उत्पादन हुने जिल्लामा उचित बजारीकरणको अभावमा उत्पादन घटेर एक हजार कार्टुनमा सीमित भएको थियो ।
रासस ११७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १९, बिहिबार (२ हफ्ता अघि)
Post Thumbnail

तुलसीपुर (दाङ), १९ कात्तिकः दाङमा पछिल्लो समय अण्डा उत्पादन बढ्दै गएको छ । कुनै समय दैनिक पाँचदेखि छ हजार कार्टुन अण्डा उत्पादन हुने जिल्लामा उचित बजारीकरणको अभावमा उत्पादन घटेर एक हजार कार्टुनमा सीमित भएको थियो । अहिले किसान सङ्गठित भएर बजारीकरणमा जुटेपछि उत्पादन पुनः बढेर दैनिक दुई हजार ५०० कार्टुनभन्दा बढी पुगेको छ ।

नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष ईश्वरप्रकाश श्रेष्ठले किसान सङ्गठित भई उत्पादनको बजारीकरण गर्न थालेपछि अण्डा उत्पादन बढ्न थालेको बताउनुभयो ।

“किसान सङ्गठित नहुँदा उत्पादन न्यून मूल्यमा बेच्नुपरेको थियो, त्यसले हामीलाई लामो समय घाटा व्यहोर्न बाध्य पारेको थियो”, उहाँले भन्नुभयो, “अहिले हामी सङ्गठित भएपछि विस्तारै उत्पादन बढ्न थालेको छ ।” उहाँका अनुसार एउटा कार्टुनमा २१० वटा अण्डा हुन्छन् ।

जिल्लामा लेयर्स कुखुराको सङ्ख्या नौ लाखभन्दा बढी पुगेको छ । सङ्घका सचिव रविन्द्रविक्रम केसीका अनुसार सङ्घमा १५० भन्दा बढी किसान आबद्ध छन् । हरेक वर्ष ४५ जनाभन्दा बढी नयाँ किसान थपिने गरेका छन् ।

दाङमा उत्पादित अण्डामध्ये २० प्रतिशत अर्थात् दैनिक करिब ५०० कार्टुन जिल्लामै खपत हुने गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । बाँकी ८० प्रतिशत अर्थात् दुई हजार कार्टुन अण्डा जिल्ला बाहिरका बजारमा पठाइने गरिएको छ ।

अण्डाको बजारीकरणलाई व्यवस्थित गर्न नेपाल लेयर्स कुखुरापालक सङ्घ र नेपाल एग ट्रेडिङ प्रालिको सहकार्यमा तुलसीपुरमा डिपो सञ्चालन गरिएको छ । जिल्लामा खपत हुन नसकेको अण्डा डिपोमार्फत अन्य जिल्लामा पठाउने गरिएको छ ।

एउटा अण्डाको लागत मूल्य १९ रुपैयाँ १२ पैसा पर्ने भए पनि किसानले सोभन्दा कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था रहेकाले एकद्वार प्रणालीमार्फत बजारीकरण गर्न डिपो सञ्चालन गरिएको सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोख्रेलले बताउनुभयो । उहाँका अनुसार जिल्लामा बिक्री हुन नसकेको अण्डा डिपोमार्फत देशका विभिन्न बजारमा पठाउने व्यवस्था मिलाइएको छ ।

  • तुलसीपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    कृषि उद्यम प्रवर्द्धनमा कृषि विकास कार्यालय

  • Post Thumbnail

    कञ्चनपुरमा धान उत्पादकत्व वृद्धि

  • जेब्रा क्रसिङमा सवारी नरोक्ने र सार्वजनिक यातायातमा दुव्र्यवहार हुने गरेको गुनासो

    जेब्रा क्रसिङमा सवारी नरोक्ने र सार्वजनिक यातायातमा दुव्र्यवहार हुने गरेको गुनासो

  • Post Thumbnail

    दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जानुहुँदै

    राष्ट्रपति पौडेल कनक चैत्य महावीहार, सेतो मच्छिन्द्रनाथ मन्दिरमा

    राष्ट्रपति पौडेल कनक चैत्य महावीहार, सेतो मच्छिन्द्रनाथ मन्दिरमा

    Post Thumbnail

    कृषि उद्यम प्रवर्द्धनमा कृषि विकास कार्यालय

    Post Thumbnail

    नयाँ पुस्तालाई भैलो नाच सिकाउँदै महोत्सव

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution