Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २०, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

धापासीमा तीनदिने ‘स्वर्णीम कृषि प्रदर्शनी तथा रैथाने व्यापार मेला’ हुँदै

काठमाडौँको धापासीमा यही कात्तिक २० देखि २२ गतेसम्म ‘स्वर्णीम कृषि प्रदर्शनी तथा रैथाने व्यापार मेला’ हुने भएको छ ।
रासस ८५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १९, बुधबार (१ दिन अघि)
Post Thumbnail

काठमाडौँ, १८ कात्तिकः काठमाडौँको धापासीमा यही कात्तिक २० देखि २२ गतेसम्म ‘स्वर्णीम कृषि प्रदर्शनी तथा रैथाने व्यापार मेला’ हुने भएको छ ।

रैथाने एग्री प्रडक्ट्स नेपाल र विश्व प्रकृति संरक्षण कोषको संयुक्त आयोजनामा स्थानीय तथा रैथाने कृषि उत्पादनको प्रवर्द्धन, किसानको बजार पहुँच विस्तार तथा नेपाली मौलिक खाद्य संस्कृतिको संरक्षण गर्ने उद्देश्यले मेला हुन लागेको हो ।

रैथाने एग्री प्रडक्ट्स नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपालका हिमाली, पहाडी र तराई क्षेत्रका किसान, उत्पादक र साना उद्यमीले उत्पादन गरेका स्थानीय तथा रैथाने कृषिउपज, खाद्यवस्तु, परम्परागत परिकार, रैथाने बीउबिजन तथा वातावरणमैत्री कृषि सामग्री मेलामा प्रदर्शन तथा बिक्री गरिने जानकारी दिइयो ।

त्यसअवसरमा आयोजक संस्थाका अध्यक्ष तिलक ढकालले तिहार तथा छठ पर्वको अवसर पारेर आयोजना गर्न लागिएको मेलामा ५० स्टल रहने जानकारी दिनुभयो । उक्त मेलामा पाँच हजार उपभोक्ता तथा सरोकारवालाको सहभागीता रहने आयोजकले जनाएको छ ।

अध्यक्ष ढकालले मेलाको मुख्य उदेश्य किसान र उपभोक्ताबीच प्रतक्ष्य सम्बन्ध स्थापित, स्थानीय उत्पादनको बजार विस्तार, किसान तथा साना उद्यमीको आयआर्जनमा सहयोग पु¥याउनु रहेको बताउनुभयो ।

मेला व्यवस्थापन समितिका संयोजक शिवप्रसाद आचार्यले स्थानीय बाली, कृषि जैविक विविधता, परम्परागत ज्ञान, सीप तथा नेपाली मौलिक खाद्य संस्कृतिको संरक्षण र पुस्तान्तरणमा मेलामा जोड दिइने जानकारी दिनुभयो ।

पर्यटनविज्ञ डा आलोक प्रसाईंले नेपाली रैथाने खानालाई पर्यटनसँग जोडेर देशको आर्थिक विकासमा लाग्नुपर्ने बताउनुभयो ।

यस्तै, रैथाने कृषि उपजको बजारीकरणमा संलग्न उद्यमी, व्यापारी तथा अनलाइन व्यवसायीबीच मेलामा छलफल तथा अन्तक्र्रिया हुने छ ।

मेलामा आधुनिक तथा वातावरणमैत्री चुलोको महत्व, ऊर्जा वचत, धुवाबाट हुने प्रदूषण न्यूनीकरण तथा रैथाने परिकार तयार गर्ने विधिबारे छलफल र व्यवहारिक अभ्यास गरिने जानकारी गराइयो ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    सरकारले लगानी र पूर्वाधारसँग सम्बन्धित ५९ ऐनका ४९४ दफामा सुधार गर्ने

  • Post Thumbnail

    नेपाल पूर्वाधार सम्मेलनले क्रमभङ्गतालाई जोड दिनेछः अर्थमन्त्री डा वाग्ले

  • Post Thumbnail

    कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

  • जलवायु परिवर्तनको असर न्यूनीकरणमा संस्थागत सहकार्य आवश्यकः मन्त्री पौडेल

    जलवायु परिवर्तनको असर न्यूनीकरणमा संस्थागत सहकार्य आवश्यकः मन्त्री पौडेल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सरकारले लगानी र पूर्वाधारसँग सम्बन्धित ५९ ऐनका ४९४ दफामा सुधार गर्ने

    व्यक्तिभन्दा नीति देशभर पुग्नुपर्छः सभापति लामिछाने

    व्यक्तिभन्दा नीति देशभर पुग्नुपर्छः सभापति लामिछाने

    Post Thumbnail

    नेपाल पूर्वाधार सम्मेलनले क्रमभङ्गतालाई जोड दिनेछः अर्थमन्त्री डा वाग्ले

    राससकर्मी राईलाई युवा प्रतिभा सम्मान पुरस्कार

    राससकर्मी राईलाई युवा प्रतिभा सम्मान पुरस्कार

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution