
विराटनगर, १८ कात्तिकः उद्योग सङ्गठन मोरङको आयोजनामा नवौँ संस्करणको ‘विराट एक्स्पो’ विराटनगरमा हुने भएको छ । आगामी पुस २ देखि ११ गतेसम्म विराटनगर महानगरपालिका–१४ मा आयोजना हुने सो एक्स्पोको करिब दुई लाख ५० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ ।
बिहान ८ बजेदेखि राति १० बजेसम्म सञ्चालन रहने उक्त ‘एक्स्पो’ मा १० वटा अवसर क्षेत्र र छ वटा एकीकृत प्लेटफर्म, नेपाल, भारत, बङ्गलादेशलगायत स्थानीय कृषि तथा घरेलु उद्योगका २७५ भन्दा बढी कक्ष रहने सङ्गठनका अध्यक्ष नन्दकिशोर राठीले जानकारी दिनुभयो । एक्स्पोमा विद्यार्थीले भविष्यको सम्भावना, युवाले सीप र रोजगारीको अवसर, उद्यमीले बजार र लगानीको सम्भावना पहिचान र उद्योगीले नयाँ ग्राहक तथा व्यावसायिक साझेदार भेट्ने छन् ।
‘एक्सो’का संयोजक विपिन कावराका अनुसार कोशी प्रदेशका १४ वटै जिल्लाका कृषि, महिला, घरेलु तथा साना उद्यमीका उत्पादन र सुनसरी–मोरङ औद्योगिक करिडोरका प्रमुख उत्पादनलाई विशेष प्राथमिकता दिइनेछ । तीन सयभन्दा बढी कम्पनी तथा संस्था, २५ हजार विद्यार्थीको सहभागिता र एक हजार ५०० भन्दा बढी व्यावसायिक ‘म्याचमेकिङ’को लक्ष्य राखेको ‘एक्स्पो’ले दुई हजार युवालाई रोजगारीसँग जोड्ने र कम्तीमा २० वटा लगानीयोग्य स्टार्टअप लगानीकर्तासमक्ष प्रस्तुत गर्ने लक्ष्य राखेको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |