Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
गण्डकी

वर्षाले पर्यटकीय गतिविधि प्रभावित

प्रतिकूल मौसमका कारण पोखरासहितका क्षेत्रमा पर्यटकीय गतिविधि प्रभावित बनेको छ । दसैँलगत्तै यहाँका विभिन्न गन्तव्यमा पर्यटक बढेकामा शुक्रबारदेखि भएको वर्षा र हिमपातले चहलपहल घटेको हो ।
रासस १०५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १५, शनिबार (१ घण्टा अघि)
Post Thumbnail

गण्डकी, १४ कात्तिकः प्रतिकूल मौसमका कारण पोखरासहितका क्षेत्रमा पर्यटकीय गतिविधि प्रभावित बनेको छ । दसैँलगत्तै यहाँका विभिन्न गन्तव्यमा पर्यटक बढेकामा शुक्रबारदेखि भएको वर्षा र हिमपातले चहलपहल घटेको हो ।

मुख्य पर्यटकीय याम चलिरहेका बेला मौसमले चुनौती थपेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्यले बताउनुभयो । “यो पदयात्राका लाग उत्तम याम हो, तर यही बेला मौसम प्रतिकूल हुँदा पर्यटनमा असर पुगेको छ”, उहाँले भन्नुभयो, “कतिपय पर्यटकले मौसमकै कारण यात्रा रद्ध गरेका छन् ।”

जोखिमको अवस्था मूल्याङ्कन गरेर निश्चित क्षेत्रमा मात्र पदयात्रामा रोक लगाउनुपर्ने आचार्यको भनाइ छ । वर्षा हुँदासाथ सबै ठाउँमा एकसाथ पदयात्राका गतिविधि रोकिँदा नेपालका पदमार्गहरू असुरक्षित छन् भन्ने सन्देश जाने उहाँले बताउनुभयो ।

“सम्भावित जोखिमलाई दृष्टिगत गरी स्थानीय प्रशासनलगायत सम्बद्ध निकायले केही दिनअघि पदयात्रामा नजान पर्यटकलाई सार्वजनिक रूपमा सूचित गरेका थिए । खुलेको मौसममा हिमाल र डाँडाकाँडा हेर्दै पदयात्रा गर्ने समयमा पर्यटकका लागि वर्षा बाधक बनेको छ । शरद्याममा पनि अहिले आकाश धुम्म छ । झरी परिरहेको छ । हिमाल र पाखापखेरु बादलले ढाकिएका छन्”, उहाँले भन्नुभयो ।

यो याममा स्वच्छ र शान्त वातावरणमा हिमाली र पहाडी भेगको सौन्दर्य नियाल्न आन्तरिक तथा बाह्य पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रलगायत विभिन्न गन्तव्यको भ्रमणमा जाने गर्छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रवीन कडरियाले मुख्य पर्यटकीय याममै मौसम बिग्रँदा पर्यटक आवागमन प्रभावित भएको बताउनुभयो । “मौसमका कारण केही दिनयता अन्नपूर्ण क्षेत्रमा पर्यटकीय गतिविधि सुस्त भएका छन्”, उहाँले भन्नुभयो, “मौसम खुल्नासाथ पर्यटकीय चहलपहल पुनः बढ्छ ।”

प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले यस क्षेत्र देशविदेशका पदयात्री पर्यटकमाझ लोकप्रिय गन्तव्य बनेको छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा गर्न सकिन्छ । सडक मार्ग हुँदै पनि यस क्षेत्रका विभिन्न गन्तव्यमा पुग्न सकिन्छ ।

गत असोजमा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका थिए । जसमध्ये दक्षिण एसियाली मुलुकका १२ हजार ६४५ र अन्य देशका २० हजार ३१८ पर्यटक रहेका छन् । यो याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्ने गरेको छ ।

मौसम प्रतिकूल हुँदा पोखरामा हुने प्याराग्लाइडिङ, हट एयर बेलुन, अल्ट्रालाइट, स्काइडाइभिङजस्ता साहसिक खेल गतिविधि पनि प्रभावित बनेका छन् ।

  • कास्की
  • गण्डकी
  • मनाङ
  • मुस्ताङ
  • म्याग्दी
  • लमजुङ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    कुलेखानी जलाशय भरिने क्रममा, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

  • Post Thumbnail

    बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

  • Post Thumbnail

    बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

  • बाढीपहिरोले पाँच स्थानका सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

    बाढीपहिरोले पाँच स्थानका सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडक अवरुद्ध

    Post Thumbnail

    कुलेखानी जलाशय भरिने क्रममा, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

    Post Thumbnail

    अविरल वर्षाले बेथानचोकमा दुई घर र गोठमा क्षति

    Post Thumbnail

    वर्षाले पर्यटकीय गतिविधि प्रभावित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution