
अर्घाखाँची, १३ कात्तिकः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन तीनवटै तहका सरकारबीच आवश्यक भएको बताउनुभएको छ ।
आज यहाँ आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी छलफलमा उहाँले विपद् व्यवस्थापनका योजना कार्यान्वयनदेखि अनुगमन, उद्धार तथा राहतसम्मका काममा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।
विपद्पछि राहत र उद्धारमा मात्रै सीमित नभई जोखिम न्यूनीकरण तथा सम्भावित क्षति रोक्ने योजनामा पनि सरकारले लगानी बढाउनुपर्ने उहाँको कथन थियो ।
विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई प्राथमिकता दिएर प्रदेश सरकार अघि बढेको मुख्यमन्त्री आचार्यले बताउनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |