Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं वाह्य पर्यटकका रोजाइमा पर्न थालेको छ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको छेउमा रहेको यो कुण्ड पर्यटकका लागि विश्रामस्थल बनेको छ ।
रासस ९५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १०, सोमबार (३ घण्टा अघि)
थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी, ९ कात्तिकः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं वाह्य पर्यटकका रोजाइमा पर्न थालेको छ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको छेउमा रहेको यो कुण्ड पर्यटकका लागि विश्रामस्थल बनेको छ ।

अन्नपूर्ण चक्रीय पदमार्ग, बेनी–जोमसोम सडक हुँदै मुस्ताङ जाने–आउने र अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गमा यात्रा गर्ने पर्यटकका लागि भुरुङ्ग–तातोपानी आकर्षक गन्तव्य बनेको हो । यहाँको प्राकृतिक तातोपानीमा स्नान गरेपछि यात्राको थकान मेटिने अनुभव पर्यटकले सुनाउने गरेका छन् ।

काठमाडौँका विमलेश शाक्यले तातोपानीमा स्नान गरेपछि यात्राको थकान कम भएको अनुभव सुनाउनुभयो । “यात्राको थकान र मुस्ताङको चिसो तातोपानीमा नुहाएपछि मेटियो,” उहाँले भन्नुभयो, “थकित शरीरमा तातोपानीमा स्नान गरेपछि स्फूर्ति आयो ।”

तातोपानीमा स्नान गर्नेले शरीरको थकान कम भएको र दुखाइबाट राहत मिलेको अनुभव सुनाउँछन् । चिसो ठाउँबाट आएका पर्यटकले तातोपानीमा स्नान गरेपछि न्यानो महसुस गर्छन् । कालीगण्डकी नदीको किनारमा प्राकृतिक रूपमा निस्कने ५५ डिग्री सेल्सियस तापक्रमको तातोपानी सङ्कलन गरेर पोखरी र धारामा वितरण गरिएको छ । पर्यटकीय याम सुरु भएसँगै यहाँ स्नान गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको छ ।

कुण्डका कर्मचारी प्रितम पुर्जाका अनुसार केही दिनयता पर्यटकको चहलपहल बढेसँगै स्नान गर्न आउनेको सङ्ख्या पनि बढेको छ । “हिजोआज दैनिक दुईदेखि ३०० जनाले स्नान गर्छन्,” उहाँले भन्नुभयो, “पर्यटक आगमन दैनिक रुपमा बढ्दो छ ।”

बेनी–जोमसोम सडकको छेउमा तातोपानी सङ्कलन गरिएका दुईवटा पोखरी र धारा छन् । पर्यटकले आफूलाई उपयुक्त हुने ठाउँमा स्नान गर्न सक्छन् । कुण्डमा बिहान ६ः०० देखि राति १०ः०० बजेसम्म स्नान गर्न पाइन्छ । गाउँपालिकाले स्नान गर्न आउने नेपालीका लागि रु ५० र विदेशीका लागि रु १५० प्रवेश शुल्क तोकिएको छ ।

अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३÷८४ मा भुरुङ्ग–तातोपानी कुण्ड सञ्चालनका लागि दुई महिनाको ठेक्का आह्वान गरेको छ । प्रवेश शुल्क सङ्कलन र होटल सञ्चालन गर्ने गरी न्यूनतम रु नौ लाख ५० हजार मूल्य राखेर ठेक्का आह्वान गरिएको हो । प्रस्ताव पेस गर्ने म्याद सोमबारसम्म तोकिएको थियो ।

कुण्डमा पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले दुई महिनाका लागि मात्र ठेक्का आह्वान गरिएको अन्नपूर्ण गाउँपालिका–२ का वडाध्यक्ष ओमप्रसाद फगामीले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा करबाहेक रु ५० लाख एक हजारमा कुण्ड सञ्चालनको ठेक्का लागेको थियो । आर्थिक वर्ष २०८१÷८२ मा रु ५६ लाख २५ हजार ३७७ र २०८०÷८१ मा रु ५५ लाख ९०० मा ठेक्का लागेको थियो ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार तातोपानी कुण्डबाट प्राप्त आम्दानी शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा परिचालन हुँदै आएको छ । तातोपानीस्थित सर्वोदय माध्यमिक विद्यालय र हिमालय आधारभूत विद्यालयका निजी स्रोतका शिक्षकको तलब व्यवस्थापनमा सहयोग गरिएको छ । स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन, कुण्डको पूर्वाधार निर्माण तथा संरक्षणमा पनि रकम खर्च गरिँदै आएको अध्यक्ष पुनले बताउनुभयो ।

कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि पनि संरक्षणका काम हुँदै आएका छन् । भुरुङ्ग–तातोपानी कुण्ड नजिकै कालीगण्डकी नदीपारि अन्नपूर्ण गाउँपालिका–५ मा पाउद्वार तातोपानी कुण्ड रहेको छ । उक्त कुण्ड सञ्चालनका लागि यस वर्ष रु ५० लाख १० हजारमा ठेक्का सम्झौता भएको छ ।

कालीगण्डकी नदीमा आएको बाढीले भुरुङ्ग र पाउद्वारका तातोपानी कुण्डमा असर गरेको छैन । तर, गाउँपालिका–६ मा पर्ने रातोपानीस्थित तातोपानी कुण्ड भने बाढीले बगरमा परिणत गरेको छ । गाउँपालिका–१ मा रहेको सेकार्कु तातोपानी कुण्ड सञ्चालनका लागि भने यस वर्ष कुनै प्रस्ताव परेको छैन ।

भुरुङ्ग–तातोपानी बजारमा पर्यटकको आवास सुविधाका लागि करिब २० वटा सुविधासम्पन्न होटल सञ्चालनमा छन् । यहाँ एकै दिनमा ५०० भन्दा बढी पर्यटकलाई बास बसाउन सकिने क्षमता रहेको व्यवसायीले बताएका छन् ।

व्यवसायी राजु हमालका अनुसार केही दिनयता होटल भरिभराउ हुन थालेका छन् । यस वर्ष भुरुङ्ग–तातोपानीमा बास बस्ने पर्यटकमध्ये आधाभन्दा बढी अन्नपूर्ण आधार शिविर जाने र त्यहाँबाट फर्किनेहरू रहेको उहाँले बताउनुभयो ।

देशका विभिन्न ठाउँबाट आउने आन्तरिक पर्यटक भुरुङ्ग–तातोपानीमा बास बस्छन् । त्यसपछि जिप चढेर अन्नपूर्ण आधार शिविर जाने पदमार्गको हुमखोलासम्म पुग्छन् र त्यहाँबाट पदयात्रा सुरु गर्छन् । भुरुङ्ग–तातोपानी कुण्ड मुस्ताङ यात्रा गर्ने, पदयात्रामा जाने र फर्किने पर्यटकका लागि विश्रामस्थलका साथै स्थानीय पर्यटन व्यवसायको आधार बनेको छ ।

  • काठमाडौँ
  • मुस्ताङ
  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

  • Post Thumbnail

    कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

  • दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

    दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

  • ‘सडक मानवमुक्त घोषणा भएसँगै बागमती प्रदेशले थप योजनाका लागि बजेट व्यवस्था गरेको छ’

    ‘सडक मानवमुक्त घोषणा भएसँगै बागमती प्रदेशले थप योजनाका लागि बजेट व्यवस्था गरेको छ’

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    श्रीलङ्काका परेराले जनकपुर बोल्ट्सबाट एनपिएल खेल्ने

    Post Thumbnail

    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

    इलाममा सवारी साधन दुर्घटनामा चालकको मृत्यु

    इलाममा सवारी साधन दुर्घटनामा चालकको मृत्यु

    Post Thumbnail

    कर्णालीवासीको दसैँ : ‘टाढिएका आफन्तसँग भेट्नुको मज्जा अर्कै हुँदोरहेछ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution