
काठमाडौँ, ८ कात्तिकः गजलकार कमल सङ्घर्षको गजल कृति ‘हियाका कुडा’लाई छायाँदेवी–चेतनाथ गजल पुरस्कार–२०८२ प्रदान गरिएको छ ।
खस भाषामा लेखिएको उक्त कृति गजल विधामा पुर्याएको योगदानका लागि पुरस्कृत भएको हो । पुरस्कारको राशि रु १० हजार रहेकोे छ । पुरस्कारका संस्थापक जे सागरले आज आयोजित कार्यक्रममा पुरस्कार प्रदान गर्नुभयो ।
सङ्घर्षको ‘हियाका कुडा’ यस पुरस्कारबाट सम्मानित हुने नवौँ कृति भएको कार्यक्रम संयोजक अच्युत घिमिरेले जानकारी दिनुभयो ।
सो पुरस्कार यसअघि २०७४ सालमा आवाज शर्माको ‘इन्द्रेणी’, २०७५ मा टक गुरुङको ‘अनाहत’, २०७६ मा प्रकृति प्रेमीको ‘समीर’, २०७७ मा पुष्प अधिकारी अञ्जलीको ‘हरियो ऐना’, २०७८ मा वसन्त ओली वसन्तीको ‘बोई’ र २०७९ मा प्रदीप रोदनको ‘मफलर’ कृतिलाई प्रदान गरिएको थियो ।
त्यसैगरी, २०८० सालमा यज्ञलाल सुवेदीको ‘शृङ्खला’ र २०८१ सालमा विवश पौडेलको ‘धर्तीको जून’ कृति पुरस्कृत भएका थिए ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |