Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ७, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

घमाइलो मौसममा रमाइलो दसैँ

दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता थियो–यसपालि उपत्यका छाडेर घर जान पाइएला कि नपाइएला ?
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ७, शुक्रबार (१ घण्टा अघि)
घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ, ६ कात्तिकः दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता थियो–यसपालि उपत्यका छाडेर घर जान पाइएला कि नपाइएला ? दसैँ आउनुअघिका सातामा लगातार परेको पानीले उहाँको मनमा आशङ्का उब्जाएको थियो । कतै बाटो बिग्रिने हो कि, कतै यात्रा नै कष्टकर हुने हो कि ! विगतका दसैँमा झरीले दिएको सास्ती सम्झँदा यसपालि पनि घर जाने यात्रा सहज होला भन्नेमा उहाँ ढुक्क हुन सक्नुभएको थिएन ।

दसैँ नजिकिँदै जाँदा मौसम खुल्यो । आकाशमा घाम लाग्यो । दिन उज्यालो हुँदै गए । दसैँ मा घर जाने बाटो सहज हुने भएपछि राईको मन फुरुङ्ग भयो । “प्रायः दसैँ मा र दसैँको अघिपछि वर्षा हुँदा जानआउन नै सास्ती खेप्नुपथ्र्यो । यस पटक त त्यस्तो भएन, रमाइलो लागिरहेको छ,” उहाँ भन्नुहुन्छ, “दसैँमा खुलेको मौसमले मन रमाउनुका साथै आवतजावतका लागि बाटो सहज हुने रहेछ ।”

चाडपर्व घर फर्किने बहाना पनि हुन् । आफन्त र प्रियजन भेट्ने मौका पनि हो । त्यसमाथि घमाइलो मौसममा रमाइलो गरी यात्रा गर्नुको मज्जा बेग्लै हुन्छ । दसैँमा घाम लाग्नु र पानी पर्नु सामान्य मौसमी घटना जस्तो देखिए पनि घर जाने तयारीमा रहेका मानिसका लागि यसको अर्थ बेग्लै हुन्छ । मौसमले कयौँका चाडपर्व मनाउने उत्साह र योजनालाई प्रभावित पार्छ ।

सिन्धुलीका अमित तिमिल्सिनाले भने यसपटकको दसैँ उपत्यकामै बिताउनुभयो । अघिल्लो वर्षको दसैँमा परेको झरीले दिएको सास्ती उहाँको मनमा ताजै थियो । त्यसैले यसवर्ष पनि त्यस्तै अवस्था दोहोरिनसक्ने अनुमान गर्दै उहाँले घर जाने योजना बनाउनुभएन । “यसवर्ष पनि झरी प¥यो भने सास्ती खेप्नुपर्ला कि भनेर उपत्यकामै बस्ने योजना बनाएँ तर अहिले दसैँको मौसम राम्रो भएपछि घर जानुपर्ने रहेछ भन्ने लागिरहेको छ,” उहाँ भन्नुहुन्छ । तिमिल्सिना जस्तै घर जाने इच्छा हुँदाहुँदै पनि बाटोको अवस्था र वर्षाको सम्भावनाले निर्णय लिन कठिन हुने अन्य थुप्रै पात्र हुनुहुन्छ । जो उपत्यकामा अध्ययन र जागिरेको सिलसिलामा बस्न बाध्य हुनुहुन्छ । उहाँहरूलाई यसपटकको दसैँमा आकाश खुलेर र मौसम घमाइलो भएपछि उपत्यका नबाहिरिएकोमा पछुतो छ ।

ललितपुरको गोदावारीकी कृतिका घिमिरेलाई भने यसपटक उपत्यका बाहिरको यात्रा गर्नुपर्ने थिएन । उहाँका लागि दसैँमा मौसम खुल्नुको अर्थ केही फरक थियो । उपत्यकाभित्रै आवतजावत गर्न पनि वर्षाले असहज बनाउने अनुभव उहाँसँग छ । झरी परेका बेला बाटो हिलो हुने, सवारीसाधनमा यात्रा गर्न कठिन हुने र दैनिक कामकाजसमेत प्रभावित हुने भएकाले मौसम सफा हुँदा सहज महसुस हुने घिमिरे बताउनुहुन्छ ।

यसरी हेर्दा दसैँको मौसमले उपत्यका छाडेर घर जाने यात्रुलाई मात्र होइन, यहीँ बसेर चाडपर्व मनाउनेलाई पनि प्रभाव पार्छ । घाम लाग्दा बाहिर निस्कन, आफन्त कहाँ जान र दसैँको चहलपहलमा सहभागी हुन सहज हुन्छ । मौसम अनुकूल हुँदा सहरको दैनिकीसमेत केही सहज र उल्लासमय बन्छ ।

गोदावरीकै कर्ण घिमिरेको अनुभवमा भने दसैँ र मौसमबीचको सम्बन्ध लामो समयदेखि देखिँदै आएको छ । उमेरले आठ दशक पार गरिसक्नुभएका उहाँले जीवनमा धेरै दसैँ मनाउनुभयो । घिमिरेको सम्झनामा ढिलो गरी आउने दसैँमा प्रायः मौसम राम्रो हुने र छिटो आउने दसैँमा झरी पर्ने गरेको छ । “पहिलापहिलाका अग्रजले पनि छिटोभन्दा दसैँ त ढिला आएको जाति हुन्थ्यो, बर्खे दसैँ त रमाइलो नै हुन्न भन्नुहुन्थ्यो । मेरो पनि सोही अनुभव छ,” उहाँ भन्नुहुन्छ ।

दसैँको मौसम सधैँ एउटै हुँदैन । गतवर्ष दसैँको रमझम सकिनै बाँकी थियो । हजारौँ सर्वसाधारण दसैँ मनाउन आफ्नै गाउँ फर्किएका थिए । निधारमा रातो टिका, जमरा लगाएर ओहोरदाहोर गर्ने क्रम जारी नै थियो । आफन्तको टिका थाप्न जानै बाँकी नै थियो । यही चाडपर्वको उल्लासमय समयमा आएको एउटा सूचनाले आम सर्वसाधारणलाई झस्कायो । नेपाल मौसम विज्ञान विभागले गत वर्ष असोज १७ देखि २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने, बाढी–पहिरोको समेत जोखिम रहेको भन्दै जो जहाँ छ, उही सुरक्षित रहन सन्देश जारी ग¥यो ।

त्यसपछि अन्य अन्तरसरकारी निकायले विभागको सूचनालाई अनुसरण गर्दै विपद् व्यवस्थापनको पूर्वतयारीका लागि जुट्न थाले । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले लामो दूरीका तथा काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सवारीसाधन आवागमन आगामी तीन दिनसम्म रोक्ने निर्णय ग¥यो । उक्त निर्णयपछि उपत्यका छाडी गाउँ जाने बिचल्लीमा परे । सवारी साधन आवागमन बन्द हुँदा कैयौँ सर्वसाधारणले आफन्तजनको हातबाट टिका लगाउन पाएनन् ।

यसवर्षको दसैँकै अवधिमा वर्षाजन्य कुनै पनि विपद् नभएकोमा खुसी हुनुहुन्छ, प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेती । “गतवर्ष जस्तो वर्षा नभएकाले आवातजावतमा खासै समस्या भएन, वर्षाकै कारण कुनै विपद् भाग्नुपरेन,” उहाँ भन्नुहुन्छ, “यद्यपि गत भदौ १० को रसुवा भोटेकोशी र असोज २५ को गोरखा बुढिगण्डकी बाढीले दिएको विपद्को पीडा भने बाँकी नै छ ।”

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा प्रवक्ता नरेशराज सुवेदीले यस वर्ष दसैँमा वर्षा नभएका कारण सडक अवरुद्ध हुने, ट्राफिक चापको समस्या हुने, बाटो हिलो भएर सवारी साधन आवतजावतमा समस्या हुने जस्ता चुनौती नभएको बताउनुभयो । यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले यस वर्ष घमाइलो मौसमका कारण सोचेभन्दा बढी सर्वसाधारण उपत्यका बाहिरिएको जानकारी दिनुभयो । “यस वर्ष भोटेकोशी र बुढिगण्डकी बाढीको विपद्ले दिएको पिडा, सडकको अवस्थाले मानिस उपत्यका छाडेर बाहिरिनेको सङ्ख्या सात लाख हाराहारीमा होला भन्ने सोचेका थियौँ तर ११ लाख हाराहारी बाहिरएका छन्,” उहाँले भन्नुभयो ।

मनसुन बाहिरिसकेको र पश्चिमी वायुको प्रभाव नहुँदा अनुकुल मौसम यसवर्ष पनि दसैँअघि नै सर्वसाधारणले दसैँको मौसम कस्तो हुन्छ भनेर फोन गर्ने गरेको बताउनुहुन्छ, नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकाल । “दसैँमा मौसम कस्तो रहला भन्ने चासो सर्वसाधारणमा हरेक वर्ष हन्छ । यसवर्ष पनि दसैँको मौसम कस्तो होला ? भनेर सर्वसाधारणको फोन आउथ्यो,” उहाँ भन्नुहुन्छ, “यसवर्ष भने दसैँको अवधिमा मौसम अनुकूल रह्यो । अधिकांश स्थानमा वर्षा नहुँदा घर जाने र फर्किने यात्रुले विगतका वर्षमा जस्तो झरीको सास्ती खेप्नुपरेन ।”

ढकालका अनुसार फूलपातीको अघिल्लो दिन सङ्खुवासभा, झापा, लमजुङ, कास्की र स्याङ्जाका केही स्थानमा हल्का वर्षा भए पनि त्यसले जनजीवन र सडक यातायातमा उल्लेख्य प्रभाव परेन । “यस वर्ष दसैँका बेला मनसुन बाहिरिसकेको र पश्चिमी वायुको प्रभावसमेत नरहेकाले वर्षा भएन । दसैँ छिटो पर्दा भने मनसुन पूर्णरूपमा बाहिरिइसकेको नहुन सक्छ,” उहाँले भन्नुभयो, “मनसुन बाहिरिएपछि पनि पश्चिमी वायु सक्रिय भयो भने वर्षा हुनसक्ने भएकाले दसैँको मौसम सधैँ एउटै हुँदैन ।”

साता दिनपछि वर्षा हुन सक्छ, सतर्क रहन तर त्रसित नहुन अनुरोध नेपाल मौसम विज्ञान विभागले आगामी साता मङ्गलवारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहेको जनाएको छ । यसले भने दसैँका लागि उपत्यका फर्कनेलाई भने केही असहजता हुनसक्ने सम्भावना छ । विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् राजन महर्जन वर्षा हुनसक्ने सम्भावना भए पनि क्रसित हुन आवश्यक नरहेको बताउनुभयो । “अर्को साता मङ्गलबार वर्षा हुनसक्ने सम्भावना देखिएको छ तर कुन स्थानमा कति र कहिलेसम्म वर्षा हुनसक्छ निश्चित छैन,” उहाँले भन्नुभयो, “अहिले सामाजिक सञ्जालतिर साता दिनसम्म वर्षा हुने भनेर फैलाएको खबरले किसान त्रसित देखिन्छन् । प्रणाली परिवर्तन भइरहने भएकाले अहिल्यै नै त्रसित हुनुपर्दैन ।”

महर्जनका अनुसार तीन दिनसम्म मौसम पूर्वानुमान धेरै हदसम्म मिल्ने तर साता दिनसम्मको पूर्वानुमान सधैँ मिल्दैन । “केही दिनपछि मात्रै हामी आगामी साता हुने वर्षाको बारेमा सूचना सम्प्रेषण गर्नेछौँ । वर्षाको विषयमा विभागको आधिकारिक सूचनालाई मात्रै ग्रहण हुन आग्रह गर्दछु,” उहाँले भन्नुभयो ।

  • काठमाडौँ
  • खोटाङ
  • झापा
  • ललितपुर
  • सङ्खुवासभा
  • सिन्धुली
  • प्रतिक्रिया दिनुहोस
    मौसम सम्बन्धि थप
  • Post Thumbnail

    आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

  • साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

    साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

  • Post Thumbnail

    विपद्का कारण राजमार्ग प्रभावित

  • Post Thumbnail

    अधिकांश स्थानमा मौसम सफा रहने

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

    दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

    दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

    Post Thumbnail

    साउदीमा एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

    घमाइलो मौसममा रमाइलो दसैँ

    घमाइलो मौसममा रमाइलो दसैँ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution