Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ६, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कञ्चनपुर

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न तटीय क्षेत्रमा पाँच हजार बिरुवा रोपिएकोे छ ।
रासस ५२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ६, बिहिबार (१ घण्टा अघि)
Post Thumbnail

कञ्चनपुर, ५ कात्तिकः कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न तटीय क्षेत्रमा पाँच हजार बिरुवा रोपिएकोे छ ।

डिभिजन वन कार्यालय कञ्चनपुर, दातृ निकाय र स्थानीयको जनश्रमदानमा बाढीले क्षति गरेको जग्गा संरक्षण गरेर वृक्षरोपण गरिएको हो । मछेली सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर महताले नदीको बगरमा विभिन्न प्रजातिका छ हजार बोट बिरुवा वृक्षरोपण गरेको बताउनुभयो । उहाँका अनुसार डिभिजन वन कार्यालय कञ्चनपुरको रु एक लाख, जनहित महाकाली वन उपभोक्ता समितिबाट रु दुई लाख, नेपाल राष्ट्रिय समाज कल्याण सङ्घबाट रु दुई लाख पच्चिस हजार र समुदायको जनश्रमदान रु ४३ हजार सहयोगमा करिब १० बिघा क्षेत्रफलमा वृक्षरोपण गरिएको हो ।

“डिभिजन वन कार्यालय र सामुदायिक वनको सहयोगमा वृक्षरोपण गरेर संरक्षण गरेका छौँ”, अध्यक्ष महताले भन्नुभयो, “संरक्षण गरिएको नदी बगरको घाँस बिक्री गर्छौं त्यसकै आम्दानीबाट बोट बिरुवाको संरक्षणमा खर्च हुन्छ ।” उहाँका अनुसार एक भारी घाँसको रु १० मा बिक्री गर्ने गरिएको छ । त्यसैगरी अठन्नीफाँटाका किसानले पनि बन्द नदीको कटान रोक्न बन्दा नदी बगरमा दुई हजार बोटबिरुवा वृक्षरोपण गरेका छन ।

विसं २०४६ मा आएको बाढीले यहाँका चार घर विस्थापित भएका थिए । त्यसयता पनि नदीले हरेक वर्ष खेतीयोग्य जमिन कटान गरेपछि यहाँबाट धेरै मानिसहरु विस्थापित भएको यहाँका स्थानीय गणेशबहादुर बोहराले बताउनुभयो । उहाँका अनुसार वडा कार्यालय, नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ समुदायको जनश्रमदान गरी रु छ लाख ५३ हजारमा दुई हजार बोट बिरुवा वृक्षरोपण र संरक्षणका लागि तारबार गरिएको छ । स्थानीयहरुले जनश्रमदानमै नदीमा जैविक तटबन्ध समेत निर्माण गरेका छन् ।

वृक्षरोपणले बस्ती सुरक्षित भएको यहाँका स्थानीय कलावती महराले बताउनुभयो । उहाँका अनुसार नदी बगरमा बाँस, आँप र लिची गरेर विभिन्न प्रकारका छ हजार बोट वृक्षरोपण गरिएको छ ।

  • कञ्चनपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    रातभर मनाएर सकियो तलेजुको जात्रा

  • Post Thumbnail

    आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

  • थिमिमा ६२ वर्षपछि जीवित देवी कुमारीको दर्शनसहित टीका ग्रहण गर्ने परम्परा सुरु

    थिमिमा ६२ वर्षपछि जीवित देवी कुमारीको दर्शनसहित टीका ग्रहण गर्ने परम्परा सुरु

  • Post Thumbnail

    तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आलेखः विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    आलेखः विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    Post Thumbnail

    रातभर मनाएर सकियो तलेजुको जात्रा

    Post Thumbnail

    विपद्का कारण राजमार्ग प्रभावित

    Post Thumbnail

    नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution