Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ३, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

पूर्वअध्यक्ष रेग्मीद्वारा बडादसैँको शुभकामना

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।
रासस ४०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ३, सोमबार (२ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २ कात्तिकः मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

बडादसैँका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीक विजयादशमीले सबैलाई सत्य र न्यायको मार्गमा अडिग रहने प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

यसवर्षको चाडपर्व प्राकृतिक विपत्ति र बाढीपहिरोका कारण प्रभावित भएको उल्लेख गर्दै पूर्वअध्यक्ष रेग्मीले घरबास गुमाएर अस्थायी आश्रयमा बस्न बाध्य बाढीपहिरो पीडितको आँसु पुछ्नु र जीवन सामान्य बनाउन हातेमालो गर्नु सबैको दायित्व भएकामा जोड दिनुभएको छ ।

राहत, पुनस्र्थापना र पुनर्निर्माणलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराउँदै उहाँले आ–आफ्नो क्षमताअनुसार पीडितलाई साथ दिन सबैमा आह्वान गर्नुभएको छ ।

पूर्वअध्यक्ष रेग्मीले प्राकृतिक विपत्ति र कमजोर अर्थतन्त्रले मुलुकलाई अप्ठ्यारो पारेको अवस्थामा देशलाई कुनै न कुनै रूपले अस्थिरतातर्फ धकेल्ने प्रवृत्ति देखिएकामा चिन्ता व्यक्त गर्दै त्यस्ता प्रवृत्तिलाई निस्तेज पार्नुपर्ने आवश्कयता औँल्याउनुभएको छ ।

जनताले बनाएको संविधान जनसहमति बिना बदलिन नसक्ने स्पष्ट पार्दै पूर्वध्यक्ष रेग्मीले जनताको मतबाट निर्मित संविधान र कानुनको शासन नै देशको सबैभन्दा भरपर्दो जग भएको बताउनुभएको छ । संविधानमा सुधारको आवश्यकता देखिएमा संवैधानिक प्रक्रिया र व्यापक राष्ट्रिय सहमतिबाटै अघि बढ्नुपर्ने र असहमतिको समाधान संवाद, संयम तथा विधिभित्र खोजिनुपर्नेमा उहाँको जोड छ ।

विदेशमा रहेका लाखौँ नेपाली युवाको श्रम र पसिनाले देश चलेको भए पनि आफ्नै माटोमा सम्मानजनक रोजगारी र अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले युवाको ऊर्जा, सुशासन, भ्रष्टाचारमुक्त प्रशासन र निष्पक्ष न्याय नै समृद्ध नेपालको आधार भएको बताउनुभएको छ ।

बिनातडकभडक सौम्य र निष्ठापूर्वक बडादसैँ मनाउन आग्रह गर्दै पूर्वअध्यक्ष रेग्मीले आपसी सद्भाव बढाउने, पारिवारिक मिलन गराउने र नयाँ पुस्तामा संस्कृति तथा मूल्य मान्यता हस्तान्तरण गर्ने यसपर्वले देशलाई उन्नति, प्रगति, स्थिरता र समृद्धितर्फ अघि बढाउन दुर्गा भवानीले शक्ति प्रदान गरुन् भनी कामना गर्नुभएको छ ।

  • काठमाडौँ
  • मन्त्रिपरिषद्
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट

    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट

  • Post Thumbnail

    सवारी साधनको ठक्करबाट एकको मृत्यु, दुई जनाघाइते

  • Post Thumbnail

    ‘दसैँ गाउँमा नै रमाईलो’

  • Post Thumbnail

    भोटेकोशी बाढी प्रभावित ४९ परिवारलाई राहत विरतण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित

    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट

    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट

    Post Thumbnail

    विपद्का कारण तीन जिल्लाका राजमार्ग अवरुद्ध

    श्रीमुक्तिनाथ रथयात्राः मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

    श्रीमुक्तिनाथ रथयात्राः मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution