Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ३, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कर्णाली

‘दसैँ गाउँमा नै रमाईलो’

बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइचो छ । हवाई होस् या स्थलमार्ग दुवैतिर यात्रुहरुलाई टिकट लिएर आफ्नो गन्तव्य पुग्न भ्याईनभ्याई छ यद्यपि टिकट पाउन पनि त्यत्तिकै सकस छ ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ३, सोमबार (६ घण्टा अघि)
Post Thumbnail

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइचो छ । हवाई होस् या स्थलमार्ग दुवैतिर यात्रुहरुलाई टिकट लिएर आफ्नो गन्तव्य पुग्न भ्याईनभ्याई छ यद्यपि टिकट पाउन पनि त्यत्तिकै सकस छ । पैसा भएपनि भने जस्तो सहज यात्रा भने ती यात्रुहरुले गर्न पाएका छैनन् ।

यात्रा निकै कष्टकर र महंगो पनि छ तर दशैंमा परिवार, आफन्त तथा ईष्टमित्रसँग भेट हुने आशाले उनीहरुलाई सहनुको विकल्प हुदैन । कर्णाली प्रदेशका हिमाली जिल्लाका दुर्गम गाउँमा पुग्नेहरुको यात्रा अँझ बढी जटिल र पट्यार लाग्दो बन्ने गर्छ तथापि घर पुग्ने र दशैं मनाउने व्यग्र चाहानाले पीडादायी यात्राको प्रतिकूल अवस्थालाई उनीहरुले अनुकूल बनाउँदै लगेको पाइन्छ । अमेरिका, युरोप भन्दा कामका लागि खाडी मुलुक तथा कालापहाड (भारत)बाट दशैंमा घर फर्कने प्रदेशीहरु परिवारसँग हुने मिलनको आशाले खर्चिलो यात्रा र बाटोमा हुने दुःखलाई भुल्दै दिनहुँ यात्रामा हिडिरहेका छन् । वषौंसम्म भेट्न नपाएका परिवारका सदस्यहरु, भेट्नका लागि धेरै सपना बुनेका आफन्त तथा संगी संगिनीहरुका लागि बडादशैं तथा तिहार वास्तवमै सामाजिक एकता, आपसी सद्भाव र प्रेमिल भाव अभिव्यक्त गर्ने संगम बनिदिएर होला, सहर छोडेर गाउँ हानिनेहरु खुसी मुद्रामा देखिन्छन् ।

भारत बैंगलोरबाट घर फर्केका तिला गाउँपालिका ४ जुम्लाका नमराज शाहीले सहरको कोलहालबाट गाउँ फर्कदाँ शान्तिभूमि पुगेको अनुभूति भएको बताउनुभयो । दशैं मनाउन आफु गाउँ पुगिसकेको बताउँदै उहाँले भन्नुभयो, “गाउँमा घरहरु छुट्टा छुट्टै छन् तर सोच, मन र मानवीय भावनाहरु अति नजिक छन् । बिडम्बना, सहरमा घरहरु जोडिएका भएपनि मानवीय भावना र आपसी सद्भावको खडेरी मात्र भेटिन्छ । मानव सम्बन्धमा दरार जस्तो देखिन्छ ।”

उहाँले दशैंको यो अवसरमा सहर भन्दा गाउँमा निकै रमाईलो सुरु भएको बताउनुभयो । शाहीका अनुसार अहिले गाउँतिर सिमी, मकै, कोदो, चिनो, कागुनो, मार्से, गहत, मासलगायतका अन्नबाली भित्र्याउने, भर्खरै भित्र्याएका अन्नबालीहरु न्वागीका रुपमा खाने, आफूसँग भएका उत्पादनहरुहरु छिमेकीहरुबीच आदानप्रदान गर्ने र पीङ खेल्दै र दुःख सुख बाँड्दै रमाईलो लिने काम भइरहेको छ ।

यात्राका हिसाबले कर्णाली राजमार्ग भएर दैलेख, कालीकोट, बाजुरा, हुम्ला, जुम्ला, मुगु र सुर्खेत हुँदै भेरी करिडोर भएर सल्यान, रुकुमपश्चिम, जाजरकोट र डोल्पा जाने यात्रुहरुलाई निकै पीडाका साथ घर पुग्नुपर्ने बाध्यता छ । यद्यपि काम तथा रोजगारीको सिलसिलामा घर छोडेर देश तथा विदेशका विभिन्न भागबाट बडादशैं मनाउन घर जानेको चटारो कायमै छ । सुर्खेत—दैलेख—कालीकोटदेखि कर्णाली करिडोर भएर बाजुरा हुँदै हुम्लाको यात्रा गर्नुभएका अदानचुली गाउँपालिका हुम्लाका मनरुप परियार दुई दिन लगाएर घर पुगेको बताउनुभयो । परियारले भन्नुभयो, “दुई दिनको यात्रामा गाडी चढ्नुका साथै पैदल हिड्नु पनि पर्यो । आज बिहान मात्र घर पुगिएको छ । सहर छोडेर घर पुग्दा बेग्लै आनन्दको अनुभूति भएको छ । मातृभूमिको स्पर्शले कष्टकर यात्राको थकानमा मलम लगाएको छ ।”

नागरिकहरु बडादशैं तथा दिपावली मनाउन मातृभूमि फर्के पछि सहरमा मानसिहरुको ओहोरदोहोर र चहलपहल घट्दै गएको छ । सहरको आधा जसो जनसंख्या गाउँ फर्केपछि रमझम पनि कम छ । विमानस्थल र बसपार्कमा गाउँ जानेकै मात्र भीड छ । ईश्वरपुर नगरपालिका ३ सर्लाहीदेखि जुम्ला जाँदै गरेकी यात्रु बिन्दुकमारी सिंहले यात्राको दुखाईलाई भन्दा आफ्नो मातृभूमि भेट्ने रहरले जितेको बताउनुभयो ।

“रोजगारी र अवसरका हिसाबले घर छोडेर देश तथा विदेशका सहर पस्नु हाम्रो रहर होइन, बाध्यता हो,” उहाँले भन्नुभयो, “सामाजिक अपराध, “चिच्याहट, अमानवीयता र सहयोग आदानप्रदानका दृष्टिले सहर भन्दा गाँउ नै सम्पन्न छन् । सहरको धुमिल वातावरणलाई हेर्दा झुपडीमा नै शान्ति मिलेको अनुभास हुन्छ ।” यात्रु सिंहले यतिबेला सहर भन्दा गाउँ रहर, आशा, एकता, सद्भाव, मिलन र बडादशैंको बहारले उमंगित र रंगीन बन्दै गएको बताउनुभयो ।

  • कर्णाली
  • जुम्ला
  • दैलेख
  • बाजुरा
  • सुर्खेत
  • हुम्ला
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट

    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट

  • Post Thumbnail

    पूर्वअध्यक्ष रेग्मीद्वारा बडादसैँको शुभकामना

  • Post Thumbnail

    सवारी साधनको ठक्करबाट एकको मृत्यु, दुई जनाघाइते

  • Post Thumbnail

    भोटेकोशी बाढी प्रभावित ४९ परिवारलाई राहत विरतण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सप्तकोशीमा डुबेर बेपत्ता युवा मृत फेला

    Post Thumbnail

    सागसब्जी खेतीबाट वार्षिक नौ लाख आम्दानी गर्दै छन्त्याल दम्पती

    Post Thumbnail

    बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित

    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट

    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution