Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ३, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

दरवाङमा सडक कालोपत्र

म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई दशकपछि कालोपत्र भएको छ । पश्चिम म्याग्दीको ब्यापारीक केन्द्रको रुपमा चिनिने दरवाङ बजार मालिका गाउँपालिकाको केन्द्र पनि हो ।
रासस ६२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ३, सोमबार (४ घण्टा अघि)
दरवाङमा सडक कालोपत्र

म्याग्दी, २ कात्तिक : म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई दशकपछि कालोपत्र भएको छ । पश्चिम म्याग्दीको ब्यापारीक केन्द्रको रुपमा चिनिने दरवाङ बजार मालिका गाउँपालिकाको केन्द्र पनि हो । गत आर्थिक वर्ष २०८२/ ०८३ मा ठेक्का सम्झौता भएको दरवाङ बजार सडक कालोपत्र योजना केही दिनअघि मात्रै सम्पन्न भएको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो ।

“दरवाङको तल्लो, उपल्लो बजार क्षेत्रमा एक किलोमिटर चार सय मिटर दुरीमा प्रिमिक्स प्रबिधिको कालोपत्र गरिएको छ,” उहाँले भन्नुभयो “दरवाङमा वि.स. २०६४ मा सडक सञ्जालमा जोडिएको थियो ।”

रु. एक करोड ६६ लाख ४९ हजार सात सय ३२ लागत अनुमान गरिएको योजना निर्माणका लागि ठेक्का प्रतिस्पर्धाका क्रममा रु. एक करोड २६ लाख ८२ हजार आठ सय ८८ कबोलेको सापकोटा बिल्डर्ससँग २०८२ माघ ३० गते ठेक्का सम्झौता भएको थियो ।

सडक बिस्तार र कालोपत्र भएपछि सवारी साधन आवत जावत सहज भएको छ । तिब्र रुपमा बस्ति विकास भएको दरवाङ बजारको भित्रि सडक साँघुरा हुँदा सवारी साधन आवत जावत असहज हुनुका साथै दुर्घटनाको जोखिम छ ।

तीन सय बढी घर रहेको दरवाङ बजारको जनप्रिय मावि रहेको टोलमा दुई वर्षअघि गण्डकी प्रदेश सरकार मार्फत कालोपत्र भएको थियो । स्थानीय बासिन्दाले सडकलाई फराकिलो पार्न स्वसफुुर्त रुपमा घरको पेटी र टहरा भत्काएका छन् ।

धौलागिरी टोलका ३६ र नयाँ बजार टोलका ३१ वटा घरको पेटी र टहरा भत्काएका वडा अध्यक्ष पथबहादुर रोकाले बताउनुभयो । यसअघि गत वर्ष हुलाकचोक, तल्लो दरवाङ, पुलचोक र झोलुुङ्गे पुलतर्फ सडकको दाया र बाया पर्ने संरचना हटाएर करिब चार सय मिटर लामो नाली निर्माण भएको थियो ।

  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित

  • दसैँले गाउँबस्तीमा बढायो रौनक

    दसैँले गाउँबस्तीमा बढायो रौनक

  • Post Thumbnail

    निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

  • सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

    सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सप्तकोशीमा डुबेर बेपत्ता युवा मृत फेला

    Post Thumbnail

    सागसब्जी खेतीबाट वार्षिक नौ लाख आम्दानी गर्दै छन्त्याल दम्पती

    Post Thumbnail

    बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित

    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट

    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution