Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २८, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
धनुषा

सखुवाको खसीबोका बजार तीन दिन सञ्चालन हुने

सखुवाको मवेसी (खसीबोका) हाटबजार तीन दिन सञ्चालन हुने भएको छ ।
रासस ८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २८, बुधबार (११ घण्टा अघि)
Post Thumbnail

धनुषा, २८ असोजः सखुवाको मवेसी (खसीबोका) हाटबजार तीन दिन सञ्चालन हुने भएको छ ।

दसैँमा खसीबोकाको खरिदबिक्री बढेपछि धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–६ मा हाटबजारको समय बढेको हो । बजार व्यवस्थापन समितिका अनुसार दसैँका अवसरमा खसीबोका खरिद गर्ने उपभोक्ता तथा बिक्रीका लागि ल्याउने किसान र व्यापारीको सुविधालाई ध्यानमा राख्दै बिहीबार, शुक्रबार र शनिबार बजार सञ्चालन गर्न लागिएको हो ।

यसअघि उक्त बजार मङ्गलबार र शनिबार गरी सातामा दुई दिन मात्र सञ्चालन हुँदै आएको थियो । बजारका ठेकेदार अनिल चौधरीले दसैँका बेला खसीबोकाको माग बढेको र खरिदबिक्री गर्नेको चापसमेत वृद्धि भएकाले बजार सञ्चालनको अवधि थप गरिएको बताउनुभयो ।

चाडपर्वका समयमा उपभोक्ताले आफूलाई आवश्यक खसीबोका खरिद गर्न र किसान तथा व्यापारीले सहज रूपमा बिक्री गर्न सकून् भन्ने उद्देश्यले बजार सञ्चालनको समय बढाइएको ठेकेदार चौधरीले बताउनुभयो । दसैँमा घरघरमा मासुका लागि खसीबोका खरिद गर्ने चलन छ ।

सखुवास्थित मधेसी खसीबोका बजार स्थानीय किसान तथा पशुपालकका लागि उत्पादन बिक्री गर्ने महत्वपूर्ण स्थल हो । घरपालुवा खसीबोका बजारमा ल्याएर बिक्री गर्न पाउने भएकाले चाडपर्वको समयमा किसानलाई आम्दानी गर्ने अवसरसमेत प्राप्त भएको छ ।

व्यापारी महेन्द्र यादवले खसीबोका बिक्री वितरण कार्यले बजार चलायमान भएको बताउनुभयो । बजार थप तीन दिन सञ्चालन हुँदा खसीबोका खरिदबिक्रीका लागि उपभोक्तालाई समयको छनोट हुने तथा किसान र व्यापारीलाई बिक्री व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ ।

दसैँ नजिकिँदै जाँदा खसीबोका खरिद गर्ने उपभोक्ताको चहलपहल बढेको छ । यो अवधिमा स्थानीय पशुपालक किसान, व्यापारी तथा अन्य व्यवसायीलाई समेत लाभ पुग्ने अपेक्षा गरिएको छ ।

दसैँमा खसीबोकाको माग उच्च रहने भएकाले बजारमा खरिदबिक्री सहज बनाउनुका साथै उपभोक्ताले उचित मूल्यमा खसीबोका खरिद गर्न पाउने वातावरण बनाउनुपर्ने आवश्यकता छ ।

बजारको व्यवस्थापन र व्यवस्थित कारोबारले किसान तथा व्यापारीलाई आफ्नो उत्पादन बिक्री गर्न र उपभोक्तालाई आवश्यक सामग्री खरिद गर्न सहयोग पुग्ने देखिन्छ ।

  • धनुषा
  • प्रतिक्रिया दिनुहोस
    आर्थिक/बजार सम्बन्धि थप
  • Post Thumbnail

    सुनचाँदीको मूल्य क्रमशः घट्दै

  • Post Thumbnail

    चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

  • Post Thumbnail

    ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ८४ हजार

  • Post Thumbnail

    बाढीपीडितलाई ६३ लाख सहयोग

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

    डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

    दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त

    दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त

    विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा

    विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा

    Post Thumbnail

    लिङ्गे पिङको परम्परा जोगाउन नगरपालिकको सहयोग

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution