Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २८, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
भद्रपुर

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु पाँच लाख १५ हजार जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालयले भदौ २० देखि असोज २८ गतेसम्म गरेको आकस्मिक बजार निरीक्षण तथा अनुगमनका क्रममा म्याद गुज्रिएका र अखाद्य वस्तु बिक्री गर्ने तथा अस्वाभाविक मूल्य लिने व्यवसायीमाथि कारबाही गरेको हो ।
रासस ४५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २८, बुधबार (१ घण्टा अघि)
Post Thumbnail

भद्रपुर (झापा), २८ असोजः यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु पाँच लाख १५ हजार जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालयले भदौ २० देखि असोज २८ गतेसम्म गरेको आकस्मिक बजार निरीक्षण तथा अनुगमनका क्रममा म्याद गुज्रिएका र अखाद्य वस्तु बिक्री गर्ने तथा अस्वाभाविक मूल्य लिने व्यवसायीमाथि कारबाही गरेको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बजारमा उपभोक्ताको हितविपरीत हुने गतिविधि नियन्त्रण गर्न अनुगमनलाई निरन्तरता दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “बजारमा उपभोक्ताको हितविपरीत हुने गतिविधि नियन्त्रण गर्न अनुगमनलाई निरन्तरता दिएका छौँ । म्याद गुज्रिएका र अखाद्य वस्तु बिक्री गर्ने तथा चाडबाडको मौका छोपी अस्वाभाविक मूल्य लिने व्यवसायीलाई कारबाही गर्छौं । उपभोक्ताको स्वास्थ्य र हित संरक्षणका लागि व्यवसायी तथा सरोकारवाला सबै जिम्मेवार हुन आवश्यक छ ।”

प्रजिअ पोखरेलका अनुसार, उक्त अवधिमा जिल्लाका १३४ फर्म तथा व्यवसायको आकस्मिक निरीक्षण तथा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा रु दुई लाख ४० हजार ४४३ बराबरका म्याद गुज्रिएका तथा अखाद्य सामग्री नष्ट गरिएको छ भने एक व्यवसायीलाई सचेत गराइएको छ ।

म्याद गुज्रिएको गाईको दाना बिक्री वितरण गर्ने दास किराना पसल र फेन्सिङ वायर अस्वाभाविक मूल्यमा बिक्री गर्ने शिवम् ट्रेड एन्ड सप्लायर्सलाई जनही रु दुई लाख जरिवाना गरिएको छ ।

त्यसैगरी, अखाद्य अमिलो पदार्थ बिक्री वितरण गर्ने श्रीराम अमिलो भण्डार र आवश्यक इजाजतबिना विदेशी प्याकेजिङ प्रयोग गरी आइसक्रिम बिक्री गर्ने कमल आइस उद्योगलाई जनही रु ५० हजार तथा ओमशान्ति मिष्ठान्न भण्डारलाई रु १५ हजार जरिवाना गरिएको छ । दमक–१ स्थित मुना स्टोर्सलाई भने सचेत गराइएको छ ।

जिल्ला प्रशासन कार्यालयले उपभोक्ताको स्वास्थ्य र हित संरक्षणका लागि आकस्मिक बजार निरीक्षण तथा अनुगमनलाई निरन्तरता दिने जनाएको छ । कार्यालयले बजारलाई उपभोक्तामैत्री बनाउन व्यवसायी, उपभोक्ता तथा सम्बन्धित सरोकारवालासँग सहकार्यका लागि आग्रहसमेत गरेको छ ।

  • झापा
  • भद्रपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

    संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

  • Post Thumbnail

    भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने

  • रसुवाका बाढी प्रभावित चार हजार १०८ परिवारलाई नगद सहायता

    रसुवाका बाढी प्रभावित चार हजार १०८ परिवारलाई नगद सहायता

  • Post Thumbnail

    ठगीको आरोपमा फरार ठाकुर पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    ‘व्यवहारमा व्यापार सहजीकरण हुनुपर्छ’

    Post Thumbnail

    गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

    संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

    संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

    Post Thumbnail

    उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution