Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २८, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
दाङ

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने

लुम्बिनी प्रदेश सरकारले चाडपर्वको समयमा बजार अनुगमनलाई प्रभावकारी बनाउन र सार्वजनिक यातायातमा तोकिएभन्दा बढी भाडा असुल्ने कार्य नियन्त्रण गर्न सरोकारवाला निकायलाई निर्देशन भएको छ ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २८, बुधबार (१० घण्टा अघि)
Post Thumbnail

दाङ, २८ असोजः लुम्बिनी प्रदेश सरकारले चाडपर्वको समयमा बजार अनुगमनलाई प्रभावकारी बनाउन र सार्वजनिक यातायातमा तोकिएभन्दा बढी भाडा असुल्ने कार्य नियन्त्रण गर्न सरोकारवाला निकायलाई निर्देशन भएको छ ।

आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायातमन्त्री भण्डारीलाल अहिरको अध्यक्षतामा बसेको बजार नियमन तथा प्रतिस्पर्धा प्रवर्द्धन परिषद्को बैठकले उपभोक्ताको अधिकार संरक्षण, बजारमा सहज आपूर्ति र सुरक्षित यातायात व्यवस्थाका लागि विभिन्न निर्णय भएको हो ।

बैठकले दसैँ, तिहार र छठपर्वलाई लक्षित गरी घरेलु तथा साना उद्योग कार्यालयमार्फत बजार अनुगमन नियमित गर्ने निर्णय गरेको मन्त्रालयका सचिव भरतमणि पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार अनुगमनमा स्थानीय प्रशासन, प्रहरी, स्थानीय तह, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च र पत्रकारलगायत सरोकारवालालाई सहभागी गराइनेछ ।

बजारमा दैनिक उपभोग्य वस्तुको आपूर्ति अवस्था, वस्तु तथा सेवाको मूल्यसूची, मूल्य र गुणस्तरलगायत विषयमा निरीक्षण गरिनेछ । उपभोक्तालाई ठगीबाट जोगाउन र बजारमा अनुचित व्यापारिक गतिविधि नियन्त्रण गर्न अनुगमनलाई प्रभावकारी बनाइने बैठकले निर्णय गरेको छ ।

चाडपर्वमा यात्रुको चाप बढ्ने र विपद्का कारण सडक अवरुद्ध हुँदा यात्रा कठिन हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै सार्वजनिक यातायातको निगरानी बढाइने भएको हो ।

सवारीसाधनले तोकिएकोभन्दा बढी भाडा लिए नलिएको, क्षमताभन्दा बढी यात्रु राखे नराखेको तथा यात्रुको सुरक्षा अवस्थाबारे नियमित अनुगमन गर्नेछ । यात्रुको चाप हुने स्थानमा सहायता कक्षसमेत स्थापना गरिनेछ ।

उपभोक्तालाई वस्तु तथा सेवाको मूल्य, गुणस्तर, परिमाण र शुद्धताबारे जानकारी गराउन मन्त्रालयले आवश्यक सूचना सामग्री तयार गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, बजारमा वस्तु तथा सेवाको आपूर्ति प्रणाली सहज बनाउन घरेलु तथा साना उद्योग कार्यालय र यातायात व्यवस्था कार्यालयको सक्रियतामा सम्बन्धीत जिल्ला प्रशासन कार्यालय, स्थानीय तहसँग समन्वय गरिने भएको छ ।

उपभोक्ताका गुनासा छिटो सङ्कलन र सम्बोधन गर्न प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहमा क्युआर कोड, टोल फ्रि नम्बर र हटलाइनमार्फत गुनासो सुनुवाइको व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय भएको छ ।

बजार नियमन तथा प्रतिस्पर्धा प्रवर्द्धन ऐन, २०७७ कार्यान्वयनका लागि नियमावली तर्जुमा गर्ने र आवश्यकताअनुसार कार्यविधि तयार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

ऐनको दफा १४ बमोजिमको प्रदेश अनुगमन समितिलाई तत्काल अनुगमन टोली गठन गरी बजार अनुगमनमा जान निर्देशन भएको छ ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ

  • Post Thumbnail

    दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

  • Post Thumbnail

    बूढीगण्डकी बाढीः उत्तरी गोरखाको पाँचहजार घरधुरी विद्युत् विहीन

  • Post Thumbnail

    महङ्गीले खर्चिलो बन्दैछ दसैँ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कञ्चनपुर यु–१९ प्रादेशिक छनोट प्रतियोगिताको फाइनलमा

    Post Thumbnail

    धरानमा लागूऔषधका ४०६ मुद्दा दर्ता

    Post Thumbnail

    अपाङ्गता भएका बालबालिकाका परिवारलाई सहयोग

    Post Thumbnail

    शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution