Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २८, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

महङ्गीले खर्चिलो बन्दैछ दसैँ

काठमाडौँ उपत्यकाभित्रका प्रायः सबै मुख्य बजारमा अहिले किनमेल गर्ने सर्वसाधारणको भीड लागेको छ ।
रासस ५२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २८, बुधबार (११ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २८ असोजः काठमाडौँ उपत्यकाभित्रका प्रायः सबै मुख्य बजारमा अहिले किनमेल गर्ने सर्वसाधारणको भीड लागेको छ ।

दसैँ नजिकिँदै गर्दा खासगरी सहरी क्षेत्रका भोटाहिटी, ठमेल, असन, इन्द्रचोक, जमल, विशालबजार, सुन्धरा, खिचापोखरी, नयाँसडक, बागबजार, डिल्लीबजार, बानेश्वर, पुतली सडकलगायतका क्षेत्रमा लुगाफाटा र आवश्यक सरसामान खरिद गर्नेको चहलपहल बाक्लो रुपमा रहेको पाइएको छ ।

गत भदौ १० गते भोटेकोशी बाढीपछि छिमेकी मुलुक चीनतर्फको दुई वटा नाका ठप्प भएकाले पनि अघिल्लो वर्षको तुलनामा बजारमा खासगरी लत्ताकपडाको मूल्य केही बढेको हुनसक्ने उपभोक्ताको अनुमान छ । हुन त दैनिक उपभोग्यवस्तुसहित खाद्यान्नको मूल्य पनि पछिल्लो समय निकै बढेको उपभोक्ताको गुनासो छ ।

काठमाडौँ महानगर पालिका–३२ का शालिकचन्द्र शर्माले महङ्गी बढेसँगै चाडपर्व मनाउन पनि अप्ठ्यारो हुँदै गएको गुनासो गर्नुभयो ।

“जिरा मसिनो चामलको भाउ एक बोरामा नै रु ३०० बढेको छ”, उहाँले भन्नुभयो, “दसैँमा खानुपर्ने खसीको मासुको भाउ पनि प्रतिकिलो तीनदेखि ४०० ले बढेको छ । न्यून आय हुनेका लागि त दसैँ मनाउन पनि मुस्किल हुने देखिएको छ ।”

शालिकचन्द्र मात्रै होइन्, तिनकुनेकी स्मिता खत्री पनि यसपालीको दसैँमा आफ्ना परिवारका सदस्यलाई एकजोर नयाँ लुगा फेरिदिने सोचमा हुनुहुन्छ । तर, लत्ताकपडाको भाउ बढे पनि जेनतेन तीन सन्तानलाई नयाँ लुगा किनमेल गरिसकेको बताउनुभयो । “दसैँमा एकसरो लुगा त फेरिदिनुप¥यो नी”, उहाँले भन्नुभयो, “सीमित आयस्रोत हुनेलाई दसैँ त दशा जस्तै हुने के गर्नु नमनाएर पनि नहुने ।”

आम्दानीको स्रोत कम हुनेलाई दसैँ मनाउने विषय धेरै सास्ती हुने गरेको सर्वसाधारण उपभोक्ताको भनाइ छ । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले यसपालीको दसैँमा खाद्यान्न, लत्ताकपडा र अन्य अत्यावश्यक सरसमानको भाउ निकै वृद्धि भएको बताउनुभयो । “बजारमा सबैखालको खाद्यान्नमा भाउ बढेको छ”, उहाँले भन्नुभयो, “अहिले त ताजा तरकारी, फलफूलदेखि मासुजन्य पदार्थको मूल्य आकासिएको छ ।”

अध्यक्ष तिमिल्सिना नियमित रुपमा बजार अनुगमन गरी मूल्यवृद्धिलाई नियन्त्रण गर्नेतर्फ सरकारका समयन्त्र अग्रसर हुनुपर्ने बताउनुहुन्छ ।

“सरकारले आपूर्ति शृङ्खलालाई नियमित गर्ने र मूल्यवृद्धि नियन्त्रणमा हस्तक्षेप गरेर नै अघि बढ्नुपर्ने जरुरी देखिएको छ”, उहाँले भन्नुभयो ।

नेपाल हिमालयन सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुलीले छिमेकी मुलुक चीनसँग जोडिएका मुख्य लाइफलाइनका रुपमा रहेका रसुवा र तातोपानीका नाका अवरुद्ध हुँदा वस्तु तथा समान ल्याउन असहज भइरहेको बताउनुभयो ।

“चीनसँग जोडिएका नाका अवरुद्ध हुँदा व्यापारमा पनि ठूलो असर पारेको छ”, उहाँले भन्नुभयो, “चीनतर्फबाट दसैँलगायत पर्वलाई लक्षित गरी ल्याउन लागिएका करिब रु पाँच अर्ब मूल्य बराबरका सामान नाकामा रोकिएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्त संरक्षण विभागका महानिर्देशक रितेशकुमार शाक्यले विभागले चाडपर्व लक्षित अनुगमनलाई तीव्रता दिँदै आइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले दैनिक २५ देखि ५० वटा विभिन्न फर्म तथा कम्पनीको अनुगमन गर्दै आइरहेका छौँ । अधिकतम खुद्रा मूल्यभन्दा धेरै मूल्य लिने व्यापारी तथा व्यवसायीलाई पनि आवश्यक कानुनी दायरामा ल्याइरहेका छौँ ।”

महानिर्देशक शाक्यले कुनै पनि वस्तु तथा समान तोकिएको मूल्यअनुसार बिक्रीवितरण गर्न सबैलाई अनुरोध गर्नुभएको छ ।

  • काठमाडौँ
  • रसुवा
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ

  • Post Thumbnail

    दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

  • Post Thumbnail

    बूढीगण्डकी बाढीः उत्तरी गोरखाको पाँचहजार घरधुरी विद्युत् विहीन

  • Post Thumbnail

    लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कञ्चनपुर यु–१९ प्रादेशिक छनोट प्रतियोगिताको फाइनलमा

    Post Thumbnail

    धरानमा लागूऔषधका ४०६ मुद्दा दर्ता

    Post Thumbnail

    अपाङ्गता भएका बालबालिकाका परिवारलाई सहयोग

    Post Thumbnail

    शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution