Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २८, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
चितवन

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

जिल्लामा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स सङ्क्रमित थपिएका छन् । सन् २०२६ को जनवरीदेखि हालसम्म जोखिममा रहेको समूहमा गरिएको परीक्षणका क्रममा उनीहरूमा सङ्क्रमण देखिएको हो ।
रासस २२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २८, बुधबार (१५ घण्टा अघि)
Post Thumbnail

चितवन, २८ असोजः जिल्लामा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स सङ्क्रमित थपिएका छन् । सन् २०२६ को जनवरीदेखि हालसम्म जोखिममा रहेको समूहमा गरिएको परीक्षणका क्रममा उनीहरूमा सङ्क्रमण देखिएको हो ।

भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउन्डेसनले २२३ जनामा गरेको परीक्षणका क्रममा उनीहरूमा रोगको सङ्क्रमण देखिएको हो । यस अवधिमा नयाँ भेटिएका सङ्क्रमितसहित ९१ जना नयाँ बिरामीले एड्सविद्धको औषधि सेवन गर्न थालेका छन् । ११ जना जिल्ला बाहिरबाट आएका हुन् । योसँगै अहिले फाउन्डेसनबाट एआरटी औषधि सेवन गर्ने एक हजार २९३ जना बिरामी पुगेका छन् ।

अस्पतालका फिजिसियन डा प्रमोद पौडेलका अनुसार सङ्क्रमितहरूमा गरिएको यौन रोग परीक्षणका क्रममा ५२ जनामा यौन रोगको समेत सङ्क्रमण देखिएको छ । एक हजार १६१ जनाको परीक्षणका क्रममा उनीहरूमा यौन रोग देखिएको हो । सङ्क्रमण देखिएकाहरूको उपचार गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय सरकारी तवरबाट कण्डम उपलव्ध हुन नसक्दा बिनासावधानी यौन सम्पर्क गर्ने ती समूहमा यौन रोग तथा भिरिङ्गी देखिएको हो ।”

यस्तै एड्स सङ्क्रमितहरूमा क्षयरोगको समस्या पनि देखिने गरेको उहाँले बताउनुभयो । एक सय ४८ जनाको खकार परीक्षणका क्रममा १५ जनामा क्षयरोग देखिएको उहाँले बताउनुभयो । जनवरीदेखि हालसम्म नियमित औषधि खाइरहेकामध्ये तीन जनाले औषधि सेवन गर्न छाडेको र सम्पर्कमा पनी नआएको फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसनका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार सो समयमा औषधि लिन आउने, गरिब, वृद्ध तथा एकल महिलामध्ये एक हजार २११ जनालाई यातायात, प्रयोगशाला, पोषण, औषधि र आकस्मिक सेवामा सहयोग प्रदान गरिएको छ । नियमित औषधि सेवन गरे सङ्क्रमणबाट जोगिन सकिने उहाँले बताउनुभयो ।

  • चितवन
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर

  • Post Thumbnail

    औषधि व्यवस्था विभागद्वारा ४७ थरिका औषधिको पैठारी र उत्पादनमा रोक

  • Post Thumbnail

    सरकारी कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराउन मन्त्रालयको पत्र

  • Post Thumbnail

    उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    अपाङ्गता भएका बालबालिकाका परिवारलाई सहयोग

    Post Thumbnail

    शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला

    Post Thumbnail

    चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ

    Post Thumbnail

    अन्नपूर्णका बाढी पहिरो प्रभावितलाई सहयोग

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution