Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कर्णाली

कर्णालीको खाद्य स्वच्छता समुन्नत हुनुपर्छ

मानव स्वास्थ्य र समुन्नत राष्ट्र निर्माणका लागि खाद्य स्वच्छता अपरिहार्य शर्त हुनुपर्नेमा जोड दिइएको छ ।
रासस २६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २७, मंगलबार (१ घण्टा अघि)
Post Thumbnail

कर्णाली, २७ असोजः मानव स्वास्थ्य र समुन्नत राष्ट्र निर्माणका लागि खाद्य स्वच्छता अपरिहार्य शर्त हुनुपर्नेमा जोड दिइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतद्वारा सोमबार वीरेन्द्रनगरमा आयोजित ‘खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी सचेतनामूलक सन्देश प्रचारप्रसार कार्यक्रम’मा सरोकारवालाले खाद्यजन्य समस्याको समाधानका लागि सबैतिर स्वच्छ खानपान आवश्यक रहेको बताएका हुन् ।

सो कार्यक्रममा बोल्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी महेन्द्रप्रसाद सापकोटाले कर्णाली प्रकृतिले भरिपूर्ण र उन्नत प्रदेश भएकाले यहाँको उत्पादनदेखि उपभोगसम्म स्वच्छ हुनुपर्नेमा जोड दिनुभयो ।

प्रजिअ सापकोटाले भन्नुभयो, “हामी स्वअनुशासित हुन जरुरी छ । खानाले नै स्वस्थ शरीर बनाउने हो । नागरिक स्वस्थ भए देश नि स्वस्थ र समृद्ध बन्दछ तसर्थ, भान्सा र शौचालय दुवै सफा राखौँ । चाडपर्वमा उपभोग्य वस्तुको जथाभावी प्रयोगले मानव स्वास्थ्यमा आउने गम्भीर समस्याबाट बच्न र बचाउन विशेष भूमिका खेलौँ ।”

उहाँले आगामी मङ्सिरमा सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने सबै पाहुनालाई स्वच्छ खाद्य उपलब्ध गराएर सभ्य नागरिकको पहिचान दिने वातावरण सिर्जना गर्न सञ्चार जगत्लाई आग्रह गर्नुभयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख श्रीराम न्यौपानेले खाद्य स्वच्छतालाई कायम राख्दै स्वदेशी उद्योगहरुलाई कसरी संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने भन्नेतर्फ पनि ध्यान दिइएको बताउनुभयो ।

उहाँले खेलकुद र चाडपर्वको समयमा बजारमा स्वच्छ र गुणस्तरीय खाद्यान्न उपलब्ध गराउनेतर्फ आफूहरु केन्द्रित रहेको बताउनुभयो । हरेक मानिस उपभोक्ता भएकाले स्वच्छ खाना उपलब्ध गराउँदै मापदण्डविपरीत अखाद्य वस्तुको उत्पादन, भण्डारण र बिक्रीवितरणमा नियमन गरिने उहाँको भनाइ थियो ।

उहाँका अनुसार सबै व्यवसायीले आ–आफ्नो फर्मको अनिवार्य दर्ता, नवीकरण र खाद्य अनुज्ञापत्र लिइ मापदण्ड पालना गनैैपर्छ । अटेर गरेमा उद्योग नै बन्द गराउनेसम्मको कदम चाल्न कार्यालय बाध्य हुने उहाँको भनाइ छ । खाद्य अनुसन्धान अधिकृत सन्तोष दाहालले कार्यक्रममा चालु आर्थिक वर्षको असोज महिनासम्मको प्रगति विवरण सार्वजनिक गर्नुभयो ।

  • कर्णाली
  • सुर्खेत
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’

    संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’

  • Post Thumbnail

    घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज

  • Post Thumbnail

    ‘आलीदेखि थालीसम्म’ नारासहित हेटौँडामा दसैँ व्यापार मेला

  • Post Thumbnail

    अवरूद्ध गलकोट–ताराखोला सडक सञ्चालन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २६ गते सोमबार

    २०८३ असोज २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

    Post Thumbnail

    ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?

    Post Thumbnail

    कर्णालीको खाद्य स्वच्छता समुन्नत हुनुपर्छ

    संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’

    संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution