
काठमाडौँ, २६ असोजः स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क ताइ योङले शिष्टाचार भेट गर्नुभएको छ । भेटका क्रममा दुई देशबीचको घनिष्ठ सम्बन्ध र आपसी सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्री मेहताको सचिवालयले जनाएको छ ।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको उद्धार तथा राहतमा कोरिया सरकारले गरेको सहयोगप्रति मन्त्री मेहताले धन्यवाद व्यक्त गर्नुभयो । कोरियामा रहेका नेपाली नागरिकको स्वास्थ्य उपचार, मेडिकल टुरिजम, स्वास्थ्य बिमा, डिजिटल हेल्थ, नसर्ने रोगको व्यवस्थापन, रेडियसन थेरापी सेवा तथा अस्पतालको सुदृढीकरणलगायत नेपालको स्वास्थ्य क्षेत्रका प्राथमिकतामा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको सचिवालयले जनाएको छ ।
राजदूत योङले नेपाल सरकारका प्राथमिकताका क्षेत्रमा सहयोग गर्न गणतन्त्र कोरिया सदैव तत्पर रहेको बताउनुभएको थियो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |