Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
राँझा

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्पादन भएको धान प्रशोधन गरी गुणस्तरीय ‘सिल्की’ चामल तयार पार्न पाउने भएका छन् ।
रासस ९०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २६, सोमबार (१ घण्टा अघि)
Post Thumbnail

राँझा (बाँके), २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्पादन भएको धान प्रशोधन गरी गुणस्तरीय ‘सिल्की’ चामल तयार पार्न पाउने भएका छन् ।

स्थानीय साकार कृषि सहकारी संस्था लिमिटेडले अत्याधुनिक ‘सिल्की चामल मिल’ जडान गरी सञ्चालनमा ल्याएपछि स्थानीय किसानहरू उत्साहित बनेको साकार कृषि सहकारी संस्थाका अध्यक्ष हुमाशङ्कर वलीले बताउनुभयो ।

“कृषि सम्भावना बोकेको राप्ती सोनारीमा यसअघि यस्तो प्रविधिको अत्याधुनिक सेलर मिल थिएन,” उहाँले भन्नुभयो, “गाउँपालिकामै पहिलो पटक सहकारीमार्फत यस्तो मिल सञ्चालनमा आएपछि धान बिक्री तथा प्रशोधनका लागि छिमेकी बजार वा भारततर्फ धाउनुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ ।”

अध्यक्ष वलीले संस्थाले किसानलाई लक्षित गरी आगामी दिनमा थप सेवा विस्तार गर्ने योजना बनाएको जानकारी दिनुभयो । उहाँका अनुसार, संस्थाले चामल मिलका साथसाथै खाद्यान्न पिस्ने (पीठो बनाउने) र तोरी तथा अन्य तेलहन पेल्ने (तेल निकाल्ने) आधुनिक मेसिनहरू पनि छिट्टै थप गर्ने तयारी गरिरहेको छ ।

साकार कृषि सहकारी संस्थाले किसानको हितलाई मध्यनजर गर्दै कुल रु ५५ लाखको लागानीमा यो मिल जडान गरेको संस्थाका मुख्य व्यवस्थापक जमानसिंह वलीले जानकारी दिनुभयो । मिल सञ्चालनका लागि राप्ती सोनारी गाउँपालिकाले रु २० लाख आर्थिक अनुदान उपलब्ध गराएको छ भने बाँकी रु ३५ लाख सहकारी संस्था स्वयंले लगानी गरेको छ ।

मुख्य व्यवस्थापक वलीका अनुसार यो मिल सञ्चालनमा आएसँगै राप्ती सोनारीका किसानहरूले उत्पादन गरेको धान सहकारीमार्फत सहजै बिक्री गर्न पाउनेछन् । आफूले खाने वा बिक्री गर्ने धानलाई सिल्की बनाउन कुटानी–पिसानीको सुविधा पनि गाउँमै उपलब्ध हुने भएको छ ।

स्थानीय तहमै कृषि उपजको प्रशोधन र बजारीकरणको व्यवस्था भएपछि राप्ती सोनारीका किसानहरूमा व्यावसायिक कृषिप्रतिको आकर्षण थप बढ्ने विश्वास लिइएको उहाँको भनाइ छ ।

गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले राप्ती सोनारी क्षेत्रमा हालसम्म यस्तो आधुनिक र गुणस्तरीय सेलर मिल नभएको उल्लेख गर्नुभयो । उहाँले स्थानीय तह र सहकारीको साझा प्रयासबाट बनेको यो पूर्वाधारले स्थानीय किसानको आर्थिक स्तर उकास्न ठूलो सहयोग पु¥याउने बताउनुभयो । “गाउँपालिकामै यति आधुनिक प्रविधिको चामल मिल सञ्चालन हुनु कृषि क्षेत्रको विकासका लागि महत्वपूर्ण उपलब्धि हो,” अध्यक्ष पौडेलले भन्नुभयो ।

  • बाँके
  • राँझा
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    निकुञ्जमा जिप सफारी सुरु

  • Post Thumbnail

    हराउन थाले दसैँका परम्परागत पिङ

  • भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

    भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

  • Post Thumbnail

    नौ वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिकलाई

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य

    Post Thumbnail

    भक्तपुरमा नवरात्रि मेला

    Post Thumbnail

    नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

    Post Thumbnail

    निकुञ्जमा जिप सफारी सुरु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution