Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २५, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
हेटौँडा

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र छठपर्वलाई लक्षित गरी जिल्लाभर ६३६ जना प्रहरी परिचालन गरेको छ ।
रासस ५५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २५, आईतबार (१ घण्टा अघि)
Post Thumbnail

हेटौँडा, २५ असोजः जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र छठपर्वलाई लक्षित गरी जिल्लाभर ६३६ जना प्रहरी परिचालन गरेको छ । चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण, यात्रुको सुरक्षा तथा राजमार्गमा बढ्ने सवारीसाधनको चाप व्यवस्थापनका लागि विशेष सुरक्षा योजना लागू गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जिल्ला प्रहरी प्रमुखको नेतृत्वमा कमान्ड पोस्ट रहने गरी सुरक्षा टोली परिचालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार बाढीपहिरोका कारण धादिङ तथा सिन्धुली क्षेत्रका सडक अवरुद्ध हुँदा हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने सवारीसाधनको चाप बढ्ने अवस्थालाई ध्यानमा राखेर राजमार्ग सुरक्षालाई विशेष प्राथमिकता दिइएको छ ।

यात्रुहरूको सहजताका लागि जिल्लाका पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । ती कक्षमार्फत बढी भाडा असुल्ने प्रवृत्ति नियन्त्रण, यातायात व्यवस्थापन तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई यात्राका क्रममा पर्नसक्ने समस्याको समाधानमा सहजीकरण गरिने प्रवक्ता काफ्लेले बताउनुभयो ।

राजमार्ग तथा मुख्य सडकखण्डमा आकस्मिक जाँच, नियमित चेकपोस्ट र ट्राफिक प्रहरीसहितको संयुक्त जाँचको व्यवस्था गरिएको छ । लापरबाहीपूर्वक सवारीसाधन चलाउने चालकलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने उहाँले जानकारी दिनुभयो ।

सुरक्षा योजनाअन्तर्गत जिल्लाका विभिन्न स्थानमा १० वटा मोबाइल गस्ती टोली परिचालन गरिएको छ । तत्काल प्रहरी सहायता आवश्यक पर्ने स्थानमा छिटो पुग्न मोटरसाइकलसहितका द्रूत प्रतिकार्य टोली (क्युआरटी), पिकेट टोली तथा पैदल गस्तीको समेत व्यवस्था गरिएको छ ।

चाडपर्वका समयमा बजार क्षेत्रमा हुने भिडभाड, चोरी, लुटपाट तथा जुवातास जस्ता गतिविधि नियन्त्रणका लागि सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ । विशेषगरी बैंक तथा वित्तीय संस्थामा आर्थिक कारोबार बढ्ने भएकाले सम्भावित चोरी तथा लुटपाटका घटना रोक्न निगरानी बढाइएको प्रवक्ता काफ्लेले बताउनुभयो ।

उहाँका अनुसार चाडपर्वमा हुनसक्ने कृत्रिम अभाव, कालोबजारी तथा अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी बजार अनुगमनको व्यवस्था मिलाइएको छ । धार्मिक तथा पर्यटकीयस्थल, सरकारी कार्यालय र प्रदेश राजधानीमा रहेका विशिष्ट व्यक्तिहरूको सुरक्षाका लागि पनि प्रहरी परिचालन गरिएको छ ।

सवारी दुर्घटना तथा अन्य आकस्मिक घटनामा तत्काल उद्धार र सहायता उपलब्ध गराउन प्रहरी टोली तयारी अवस्थामा राखिएको छ । कुनै स्थानमा घटना हुँदा त्यहाँ परिचालित जनशक्ति अपुग भएमा थप परिचालन गर्न दुईवटा रिजर्भ टोलीको व्यवस्था गरिएको छ । सडक अवरोध तथा आकस्मिक घटनाको व्यवस्थापनका लागि स्ट्राइकिङ टोलीसमेत खटिने उहाँले जानकारी दिनुभयो ।

रातमाटे, भैँसे, मनहरीलगायत जिल्लाका प्रमुख प्रवेश तथा निकासस्थल र सिन्धुली तथा काठमाडौँ जोड्ने सडकखण्डमा सुरक्षा जाँचलाई प्राथमिकता दिइएको छ । इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीमार्फत नियमित निगरानीको व्यवस्था मिलाइएको प्रवक्ता काफ्लेले बताउनुभयो ।

  • काठमाडौँ
  • धादिङ
  • मकवानपुर
  • सिन्धुली
  • हेटौँडा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित

  • रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा

    रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा

  • Post Thumbnail

    बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार

  • Post Thumbnail

    घरघरमा जमरा राखियो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज

    बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज

    Post Thumbnail

    बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए

    Post Thumbnail

    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित

    Post Thumbnail

    कैलालीका किसान धानबाली भित्र्याउँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution