Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

सिड्नीमा परराष्ट्रमन्त्री खनालसँग न्यू साउथ वेल्सका प्रिमियर मिन्सको भेट

परराष्ट्रमन्त्री शिशिर खनालसँग अष्ट्रेलियाको न्यू साउथ वेल्सका प्रिमियर क्रिस्टोफर (क्रिस) जोन मिन्सले सिड्नीमा भेटवार्ता गर्नुभएको छ ।
रासस ३७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २२, बिहिबार (५८ मिनेट अघि)
सिड्नीमा परराष्ट्रमन्त्री खनालसँग न्यू साउथ वेल्सका प्रिमियर मिन्सको भेट

काठमाडौँ, २२ असोजः परराष्ट्रमन्त्री शिशिर खनालसँग अष्ट्रेलियाको न्यू साउथ वेल्सका प्रिमियर क्रिस्टोफर (क्रिस) जोन मिन्सले सिड्नीमा भेटवार्ता गर्नुभएको छ ।

आज भएको भेटका क्रममा प्रिमियर मिन्सले नेपालमा हालै गएको विनाशकारी बाढी तथा विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । उहाँले विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि न्यू साउथ वेल्स सरकार नेपाललाई सहयोग गर्न तयार रहेको मन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा परराष्ट्रमन्त्री खनालले विपद्का कारण प्रभावित नेपालीप्रति देखाएको सहानुभूति, ऐक्यबद्धता र सहयोगका लागि न्यू साउथ वेल्सका जनता, नेपाली डायस्पोरा तथा त्यहाँका विभिन्न समुदायप्रति आभार व्यक्त गर्नुभएको थियो ।

मन्त्री खनालले विपद्पछि सम्पर्कविहीन भएका अष्ट्रेलियाली नागरिकहरूको खोजी तथा उद्धारलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी प्रिमियर मिन्सलाई गराउनुभयो ।

भेटवार्तामा नेपाल र न्यू साउथ वेल्सबीच व्यापार, ऊर्जा, खानी, पूर्वाधार तथा प्राविधिक एवं व्यावसायिक शिक्षा तथा तालिम (टिभिइटी) लगायतका क्षेत्रमा सहकार्यका सम्भावनाबारे पनि छलफल भएको थियो ।

त्यसैगरी, नेपाल र न्यू साउथ वेल्सका उच्च शिक्षण संस्थाबीच सहकार्य तथा शैक्षिक आदानप्रदानलाई थप विस्तार गर्ने विषयमा समेत दुवै पक्षबीच छलफल भएको थियो ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    आजै रातिदेखि नयाँ बसपार्कमा टिकट लिन यात्रुको लाइन

  • Post Thumbnail

    नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह

  • Post Thumbnail

    कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि

  • Post Thumbnail

    महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २२ गते बिहिबार

    २०८३ असोज २२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    आजै रातिदेखि नयाँ बसपार्कमा टिकट लिन यात्रुको लाइन

    Post Thumbnail

    सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

    Post Thumbnail

    अख्तियारद्वारा नापी अधिकृत वलीविरुद्ध आरोपपत्र दायर

    सिड्नीमा परराष्ट्रमन्त्री खनालसँग न्यू साउथ वेल्सका प्रिमियर मिन्सको भेट

    सिड्नीमा परराष्ट्रमन्त्री खनालसँग न्यू साउथ वेल्सका प्रिमियर मिन्सको भेट

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution