Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

लुटपाटमा संलग्न आयन माझी समूहका तीन जना पक्राउ

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मोटरसाइकल चोरी, सुनका गरगहना लुटपाट तथा डाँकाचोरीमा संलग्न रहेको आरोपमा प्रहरीले आयन माझी समूहका तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
रासस ९५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २२, बिहिबार (४७ मिनेट अघि)
लुटपाटमा संलग्न आयन माझी समूहका तीन जना पक्राउ

काठमाडौँ, २२ असोजः काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मोटरसाइकल चोरी, सुनका गरगहना लुटपाट तथा डाँकाचोरीमा संलग्न रहेको आरोपमा प्रहरीले आयन माझी समूहका तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्तिसहित लुटपाटका घटनाबारे जानकारी दिएको हो । समूहका नाइके सिन्धुलीको मरिण गाउँपालिका–५ का २६ वर्षीय आयन माझी रहेका प्रहरीले जनाएको छ । पक्राउ पर्ने अन्यमा मकवानपुरको बकैया गाउँपालिकाका ३४ वर्षीय राकेश थिङ र ३६ वर्षीय मनोजकुमार मोक्तान रहेका छन् ।

परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेका अनुसार उक्त समूहले विभिन्न मिति र समयमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा योजनाबद्ध रूपमा मोटरसाइकल चोरी गर्ने, हातहतियार देखाएर सुनका सिक्री तथा गरगहना लुट्ने र डाँकाचोरी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । हालसम्म उक्त समूहले १५ वटा मोटरसाइकल चोरी गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले असोज २१ गते काठमाडौँ महानगरपालिका-३२ जडीबुटी पुलमुनिको सडकखण्डबाट मोटरसाइकलसहित आयन माझीलाई नियन्त्रणमा लिएको थियो । पक्राउ गर्ने क्रममा उनले प्रहरी टोलीमाथि धारिलो हतियार प्रहार गर्ने प्रयास गरी भाग्न खोजेपछि चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर र घुँडामुनि एक राउन्ड गोली प्रहार गरी नियन्त्रणमा लिइएको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले जानकारी दिनुभयो ।

माझीलाई पक्राउ गरेपछि निजको समूहका अन्य सदस्यको खोजी गर्ने क्रममा भक्तपुरको ठिमी नगरपालिका-४ बाट राकेश थिङ र मनोजकुमार मोक्तानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा मनोजले मोटरसाइकल चलाउने र राकेश पछाडि बसेर पैदल यात्रुको सुनको सिक्री लुट्ने गरेको तथा उनीहरूलाई आयन माझीले निर्देशन दिने गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त समूहले २०८२ भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा उपत्यकाका विभिन्न स्थानमा रहेका विभिन्न बैंकका एटिएम बुथ पनि लुटपाट गरेको अनुसन्धानबाट खुलेको छ । त्यसैगरी, यही असोज १४ गते राति तरकारी किन्न जाँदै गरेका महेन्द्रकुमार बललाई बौद्ध गेट नम्बर २ नजिकै अपरिचित चार-पाँच जनाको समूहले नियन्त्रणमा लिई नगद रु दुई लाख तथा विभिन्न कागजात लुटेर फरार भएको घटनामा सो समूहको संलग्नता रहेको पाइएको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले जानकारी दिनुभयो ।

यही असोज १३ गते काठमाडौँ महानगरपालिका-१५ डल्लु चौतारास्थित सडकखण्डमा रमेश खड्कीले चलाएको बागमती प्रदेश ०१-०२९ च ९०६० नम्बरको बिवाइडी कारमा रहेका बेला तीन जना अपरिचित पुरुष २२० सिसी पल्सर मोटरसाइकलमा आई खड्कीको घाँटीमा रहेको करिब साढे तीन तोलाको सुनको सिक्री लुटेर डल्लु झोलुङ्गे पुलतर्फ फरार भएको घटनामा पनि समूहको संलग्नता रहेको प्रहरीले जनाएको छ । उक्त सिक्रीको अनुमानित मूल्य रु १० लाख ५० हजार रहेको छ ।

प्रहरीले पक्राउ परेकाहरूबाट लुटपाटमा प्रयोग गरिएका दुई थान मोटरसाइकल, नम्बर प्लेट बनाउन प्रयोग गरिएका पाँच थान प्लेट, एक थान खुकुरी तथा घटनाका बेला प्रयोग गरिएका कपडालगायतका सामग्री बरामद गरेको छ । प्रहरीका अनुसार समूहले बिहान अँध्यारो समयमा सर्वसाधारणसँग ठेगाना सोध्ने बहाना बनाई सुनको सिक्री लुट्ने र मोटरसाइकलमा फरार हुने गरेको थियो । फरार हुने क्रममा उनीहरूले तीन वटाभन्दा बढी सवारीसाधन परिवर्तन गर्ने गरेको पनि अनुसन्धानबाट खुलेको छ ।

त्यसैगरी, इन्ड्राइभ तथा पठाओको बहाना बनाई राति वा बिहान अँध्यारो समयमा एक्लै मर्निङवाकमा हिँड्ने तथा तरकारी किन्न जाने महिला र पुरुषलाई सुनसान स्थानमा पुर्‍याएर लुटपाट गर्ने गरेको प्रहरीले जनाएको छ । आवश्यक परेको अवस्थामा प्रयोग गर्न विभिन्न किसिमका हातहतियार बोकेर हिँड्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

  • काठमाडौँ
  • भक्तपुर
  • मकवानपुर
  • सिन्धुली
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • Post Thumbnail

    लुटपाटमा संलग्न चार जना पक्राउ

  • प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता

    प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता

  • Post Thumbnail

    करेन्ट लागेर भण्डारीको मृत्यु

  • Post Thumbnail

    नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २२ गते बिहिबार

    २०८३ असोज २२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

    नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

    Post Thumbnail

    नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह

    पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

    पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

    लुटपाटमा संलग्न आयन माझी समूहका तीन जना पक्राउ

    लुटपाटमा संलग्न आयन माझी समूहका तीन जना पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution