Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
ललितपुर

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
रासस १०५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २१, बुधबार (१ घण्टा अघि)
विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना

ललितपुर, २१ असोजः सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

नेपाल विज्ञापन सङ्घ (आन)द्वारा आज ललितपुरमा आयोजित १३औँ रेड बुल कृति अवार्डको प्रतीक चिह्न (लोगो) सार्वजनिक समारोहमा मन्तव्य राख्नुहुँदै मन्त्री डा तिमिल्सिनाले विज्ञापन बजारको विकासका लागि विज्ञापन क्षेत्रका समस्या, चुनौती र कमजोरीको निर्मम समिक्षा गरी समाधानका लागि ठोस पहल आवश्यक रहेको बताउनुभयो ।

“विज्ञापन केवल व्यवसायसँग मात्र नभई संस्कृति, देशको पहिचान, सञ्चारमाध्यम, लोकतन्त्र, सिर्जनशीलता र समग्र अर्थतन्त्रसँग जोडिएको क्षेत्र हो । विज्ञापन उद्योगको विकासले समग्र अर्थतन्त्रसँगै लोकतान्त्रिक अभ्यास तथा सञ्चार क्षेत्रलाई समेत सकारात्मक योगदान पु¥याउन सक्छ”, उहाँले भन्नुभयो ।

विज्ञापन क्षेत्र अपेक्षाअनुसार अघि बढ्न नसक्नुका कारण पहिचान गर्नुपर्नेमा जोड दिँदै मन्त्री डा तिमिल्सिनाले त्यसका अवरोध र चलखेल पहिल्याएर आवश्यक हस्तक्षेपमार्फत समाधान खोज्नुपर्ने बताउनुभयो । विज्ञापन बोर्ड, विज्ञापन नीति तथा सरकारबाट आवश्यक सहजीकरणका विषयमा सरोकारवालाबीच खुला र आलोचनात्मक छलफल आवश्यक रहेको उहाँको भनाइ थियो ।

मन्त्री डा तिमिल्सिनाले प्रविधिको विकाससँगै विज्ञापन बजारको स्वरूपसमेत तीव्र रूपमा परिवर्तन भइरहेको उल्लेख गर्दै आगामी पाँचदेखि १० वर्षमा नेपालको विज्ञापन उद्योगले लिनुपर्ने दिशा र प्रविधिले पार्ने प्रभावबारे दीर्घकालीन नीति निर्माणमा विज्ञापन क्षेत्रका सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो ।

“विज्ञापन क्षेत्रलाई कुनै व्यक्ति वा संस्थाको नियन्त्रणमा नभई आफ्नै क्षमतामा उभिन सक्ने र स्वचालित उद्योगका रूपमा विकास गर्नुपर्ने आवश्यकता छ, सरकारले विज्ञापन क्षेत्रको महत्त्व बुझेको छ, यसको विकासका लागि आवश्यक सहकार्य गर्न सरकार तयार छ”, उहाँले भन्नुभयो ।

कृति अवार्डले विज्ञापन क्षेत्रका विभिन्न विधा र सिर्जनालाई समेट्दै नेपाली विज्ञापन बजारलाई पुनः ऊर्जाशील र जीवन्त बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गर्दै मन्त्री डा तिमिल्सिनाले अवार्डमा व्यापक सहभागिता र नेपाली विज्ञापन क्षेत्रको क्षमता तथा उपस्थिति उजागर हुने अपेक्षा व्यक्त गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले सङ्घले विज्ञापनलाई खर्चका रूपमा मात्र नभई ब्रान्ड, उपभोक्ता विश्वास र दीर्घकालीन बजार मूल्य निर्माण गर्ने रणनीतिक लगानीका रूपमा लिनुपर्ने बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपक मलहोत्राले सरकारले निजी क्षेत्रलाई राजस्व सङ्कलनको क्षेत्रका रुपमा मात्रै नलिएर अर्थतन्त्रको साझेदारको रुपमा लिनुपर्ने धारणा राख्नुभयो । सञ्चार उद्यमी एवं नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भाष्करराज राजकर्णिकारले नेपाली विज्ञापन क्षेत्रमा सृजनात्मक कामको प्रशंसाका साथै नेपाली अर्थतन्त्रलाई विज्ञापन क्षेत्रबाट उर्वर बनाउने अभिप्रायका साथ विज्ञापन बजारको गुणात्मक विकासका लागि कृति अवार्ड स्थापना गरिएको जानकारी गराउनुभयो ।

  • ललितपुर
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    मन्त्रिपरिषद् बैठकको निर्णय

  • कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा

    कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा

  • Post Thumbnail

    कांग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

  • Post Thumbnail

    भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद् अध्ययन समितिको सभापतिमा पौडेलको मात्र उम्मेदवारी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २१ गते बुधबार

    २०८३ असोज २१ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    दुई वर्षमा टरिगाउँमा १४ सय मिटर धावनमार्ग बन्छः मन्त्री पौडेल

    दुई वर्षमा टरिगाउँमा १४ सय मिटर धावनमार्ग बन्छः मन्त्री पौडेल

    Post Thumbnail

    लागुऔषधसहित नौ जना पक्राउ

    आँखा शिविरमा एक सय तीन जनाको शल्यक्रिया

    आँखा शिविरमा एक सय तीन जनाको शल्यक्रिया

    Post Thumbnail

    मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution