Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
भक्तपुर

मुख्यमन्त्री थापाद्धारा स्काउट शिक्षाको उद्घाटन

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरमा आज स्काउट शिक्षाको उद्घाटन गर्नुभएको छ ।
रासस ७७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १८, आईतबार (१ घण्टा अघि)
मुख्यमन्त्री थापाद्धारा स्काउट शिक्षाको उद्घाटन

भक्तपुर, १८ असोजः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरमा आज स्काउट शिक्षाको उद्घाटन गर्नुभएको छ ।

चाँगुनारायण नगरपालिकास्थित श्री महेन्द्रग्राम माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा स्काउट शिक्षाको उद्घाटन गर्दै उहाँले विद्यार्थीमा देशप्रेमको भावना जागृत गराउन यस्तो शिक्षा महत्त्वपूर्ण हुने बताउनुभयो ।

मुख्यमन्त्री थापामगरले नेपाल स्काउट सामजिक विकासको भावनाका साथ अगाडि बढिरहेको बताउँदै विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता, सेवाभाव, आत्मनिर्भरताका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।

मुख्यमन्त्रीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार्दै स्नातकोत्तर तहसम्मको गुणस्तरीय शिक्षा दिनेगरी भक्तपुरलाई शिक्षाको हव बनाउने बताउनुभयो । उहाँले बागमती प्रदेश सरकारले भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउनेगरी कार्ययोजना अगाडि सारेको बताउनुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार बुढाथोकीले मुख्यमन्त्री थापामगर र नवनियुक्त प्रदेशका न्यायाधिवक्ता शिवराम तिमिल्सिनालाई बधाई तथा सम्मान प्रदान गर्नुभयो । विद्यालयका प्रधानाध्यापक सोम श्रेष्ठले नेपाल स्काउटको महत्व र विद्यालयमा यसका शिक्षाका बारेमा जानकारी गराउनुभएको थियो ।

‘बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणदेखि जीविकोपार्जनका कार्यक्रम’

यसैबीच मुख्यमन्त्री थापामगरले भोटेकोशी बाढीका कारण क्षतिग्रस्त स्थानको पुनर्निर्माणदेखि जीविकोपार्जनसम्मका कार्यक्रम अगाडि बढाउन प्रदेश सरकार लागिपरेको बताउनुभएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा धर्मराज उप्रेतीसँगको छलफलका क्रममा उहाँले विपदपछिको पुनस्र्थापना, पुनर्निर्माण तथा भूमि विकास एकीकृत विकासका लागि तीनवटै तहका सरकारबीच मतैक्य जरुरी रहेको बताउनुभयो ।

बाढी, पहिरोलगायतका विपद्बाट प्रभावित क्षेत्रको पुनस्र्थापना तथा पुनर्निर्माणलाई व्यवस्थित, सुरक्षित र दिगो बनाउने, भूमि विकास तथा सुरक्षित बस्ती व्यवस्थापन एकीकृत विकासका मोडल तयार गर्नुपर्नेमा उहाँको जोड थियो ।

राष्ट्रिय समाचार समिति (रासस)

  • भक्तपुर
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    भोटेकोशी बाढीः रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन

  • Post Thumbnail

    पढाइसँगै सीप, अनुसन्धान र नवप्रवर्तनमा जोड दिनुपर्छः मन्त्री पुन

  • बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

    बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

  • ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’

    ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    भोटेकोशी बाढीः रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन

    Post Thumbnail

    पढाइसँगै सीप, अनुसन्धान र नवप्रवर्तनमा जोड दिनुपर्छः मन्त्री पुन

    Post Thumbnail

    पक्की पुल अलपत्रः झोलुङ्गे पुलबाट ट्रान्सफर्मर बोक्नुपर्ने बाध्यता

    Post Thumbnail

    वर्षाका कारण अवरुद्ध सडक दसैँअघि नैै सञ्चालनमा आउने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution