Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
राष्ट्रिय समाचार समिति (रासस)

भुटानको राष्ट्रिय क्रिकेट टोली चारवटै अभ्यास खेलमा पराजित

नेपालमा क्रिकेट खेल्न आएको भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा खेलिएका चारवटै अभ्यास खेलमा पराजित भएको छ । पोखरा
रासस ५०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १७, शनिबार (२ घण्टा अघि)
भुटानको राष्ट्रिय क्रिकेट टोली चारवटै अभ्यास खेलमा पराजित

कास्की, १६ असोजः नेपालमा क्रिकेट खेल्न आएको भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा खेलिएका चारवटै अभ्यास खेलमा पराजित भएको छ । पोखरा रङ्गशालामा आज सम्पन्न टी–२० पुरुष क्रिकेटको अन्तिम अभ्यास खेलमा नेपाल क्रिकेट सङ्घ (क्यान)–११ सँग भुटानी टोली १०४ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

यससँगै भुटानले नेपाल भ्रमणअन्तर्गत खेलेका चारवटै अभ्यास खेलमा पराजय व्यहोरेको छ । घरेलु टोली गण्डकी र क्यान–११ सँगका दुई–दुईवटा खेलमा भुटान पराजित भएको हो ।

अन्तिम खेलमा जितका लागि १७७ रनको लक्ष्य पछ्याएको भुटानको टोली १७ ओभरको तेस्रो बलमा ७२ रनमै अलआउट भयो । भुटानका लागि सोनाम चोपेल र आनन्द मोंगरले समान १५ रन बनाए भने नामगे थिन्लेले १३ रन तथा तासी फुन्त्सोले १५ रन जोडे । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

क्यान–११ का बलर विपीन शर्माले घातक बलिङ गर्दै चार ओभरमा १९ रन खर्चेर पाँच विकेट लिए । आकाश चन्दले दुई विकेट लिए भने राशिद खान, प्रकाश जैसी र विपीन खत्रीले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यान–११ ले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७६ रन बनाएको थियो । त्रितराज दासले सर्वाधिक ५१ रन बनाए । उनले ३१ बलमा चार चौका र तीन छक्का प्रहार गरे । कप्तान विपीन खत्री ३८ रनमा अविजित रहे । मयंक यादवले १५ बलमा २६, राशिद खानले १३ बलमा २४ तथा सिब्रिन श्रेष्ठले १३ बलमा १९ रन बनाए ।

प्रतियोगितामा विजेता बन्न सफल क्यान–११ र गण्डकी प्रदेशको टोलीलाई सामाजिक विकास तथा खेलकुमन्त्री रेखा गुरुङले च्याम्पियन ट्रफी प्रदान गर्नुभयो । आइसिसी पुरुष टी–२० विश्वकप एसिया सब–रिजनल क्वालिफायर ‘ए’को तयारीका लागि भुटानको टोली पोखरा आएको हो ।

मलेसियामा शनिबारदेखि सुरु हुने आइसिसी ‘मेन्स टी–२०’ विश्वकप एसिया सबरिजनल क्वालिफायर ‘ए’ प्रतियोगिता सुरु हुँदैछ । सोही प्रतियोगितामा सहभागी भुटानले अभ्यास र तयारीका लागि पोखराको मैदानलाई रोजेको गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो ।

राष्ट्रिय समाचार समिति (रासस)

  • कास्की
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ

  • धुलिखेल बन्दैछ, हक्की खेलको ‘हब’

    धुलिखेल बन्दैछ, हक्की खेलको ‘हब’

  • विश्वकप क्रिकेट लिग–२ः नेपाली टोलीको घोषणा

    विश्वकप क्रिकेट लिग–२ः नेपाली टोलीको घोषणा

  • नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

    नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १६ गते शुक्रबार

    २०८३ असोज १६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

    Post Thumbnail

    निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

    अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

    अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

    Post Thumbnail

    मेकाडेमिया नट खेतीमा किसानको आकर्षण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution