Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १५, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन

रासस ५७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १५, बिहिबार (१ घण्टा अघि)
पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन

नारायणगढ (चितवन), १५ असोजः

पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु पुगेर टुङ्गिने चेपाङ मार्ग पहिरोका कारण अवरुद्ध भएको छ । दुई जिल्ला र दुई राजमार्ग जोड्ने ६६ किलोमिटर लामो यस सडकको राप्ती नगरपालिका–११ बेलडाँडामा खसेको पहिरोका कारण आवतजावतमा निकै कठिनाइ भएको हो । साथै अन्य स्थानमा पनि पहिरो खसेको र सडकको दूरावस्था रहेकाले यो सडक मलेखुसम्म पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन ।

२०६६ सालको बजेट भाषणमा समावेश भएर निर्माण प्रक्रिया अघि बढेको यो सडक खण्डमा विगत चार–पाँच दिनदेखि पहिरो जाँदा स्थानीयवासी भीरको बाटोमा ज्यानको जोखिम मोलेर यात्रा गर्न बाध्य भएका हुन् ।

मङ्गलबार सोही मार्ग हुँदै राप्तीको विकट क्षेत्र कालिटारतर्फ नागरिकता वितरण गर्न जाँदै गर्नुभएका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहितको टोली पनि पहिरोको अवरोधका कारण बाटोमै रोकिएको थियो । राप्ती नगरपालिका–१३ का वडाध्यक्ष अशोककुमार प्रजाले पहिरो खसेपछि पटकपटक पहल गर्दा पनि सुनुवाइ नभएको जनाउँदै सोही स्थानमा पुग्नुभएका प्रमुख जिल्ला अधिकारी अर्याललाई सडक खुलाइदिन आग्रह गर्नुभएको थियो ।

सो क्रममा नागरिकता वितरण टोलीसमेत जोखिम मोलेर पहिरो पार गर्न बाध्य भएको थियो ।

वडाध्यक्ष प्रजाका अनुसार सडकको ठाउँठाउँमा पहिरो खस्दा स्थानीयवासीले ठूलो सास्ती खेप्नुपरेको छ । उहाँले भन्नुभयो, “सडकको दूरावस्थाका कारण हामीले बोलेरो गाडीमा पल्टी गरेर सामान लैजानुपर्ने अवस्था छ, कतिपय स्थानमा मानिससमेत हिँड्न सक्ने अवस्था छैन ।”

सोही क्रममा स्थानीयवासीले पनि प्रजिअ अर्याललाई बाटो राम्रो बनाइदिन अनुरोध गरेका थिए । बुधबारदेखि भने सडक केही हदसम्म सञ्चालनमा आएको वडाध्यक्ष प्रजाले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय चितवनले मङ्गलबार सोही पहिरो र अन्य स्थानमा सडकको दूरावस्थाका बीच बोलेरो गाडीमा पुगेर विकट क्षेत्र राप्ती नगरपालिका–१३ कालिटार र वडा नं १२ यौरालीटारमा नागरिकता वितरण गरेको छ । प्रशासनको टोलीले नागरिकता वितरण गर्नुका साथै जिल्ला निर्वाचन कार्यालयको टोलीले मतदाता नामावलीमा नाम दर्ताका लागि आवश्यक विवरणसमेत सङ्कलन गरेको छ । यो सडक पूर्ण रूपमा सञ्चालनमा आएमा नारायणगढ–मुग्लिन सडकखण्ड तथा कृष्णभीर पहिरोको गतिलो वैकल्पिक मार्गका रूपमा उपयोग हुन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लमजुङ खण्डमा आवागमन सामान्य 

    लमजुङ खण्डमा आवागमन सामान्य 

  • आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

    घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

  • कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

    कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १४ गते बुधबार

    २०८३ असोज १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    लमजुङ खण्डमा आवागमन सामान्य 

    लमजुङ खण्डमा आवागमन सामान्य 

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

    घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

    पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन

    पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution