Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १५, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

राष्ट्रसङ्घमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँः मन्त्री खनाल

रासस १३२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १४, बुधबार (१ दिन अघि)
राष्ट्रसङ्घमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँः मन्त्री खनाल

काठमाडौँ, १४ असोजः परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालको सहभागिताले देशको हितका लागि महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभएको छ ।

महासभाको बैठकमा भाग लिई स्वदेश फर्कनुभएका परराष्ट्रमन्त्री खनालले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै नेपालको कूटनीतिक छविलाई उच्च बनाउन र विश्व समुदायको ध्यानाकर्षण गराउन अहोरात्र खटिएको बताउनुभयो । उहाँले राष्ट्रसङ्घीय महासभाका क्रममा भएका विभिन्न बैठक, भेटघाट र छलफलमा नेपालका तर्फबाट प्रस्तुत सम्बोधन तथा भनाइप्रति विश्वसमुदाय सकारात्मक रहेको उल्लेख गर्नुभयो ।

परराष्ट्रमन्त्री खनालले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घ महासभाको ८१औँ सत्रको क्रममा प्रधानमन्त्री वालेन्द्र शाहज्यूले महासभामा गर्नुभएको सम्बोधन तथा मैले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठकमा गरेको सहभागिता र छलफलबाट एकातर्फ नेपालको कूटनीतिक छवि उच्च भएको छ । नेपालको प्रस्तावप्रति विश्व समुदाय सकारात्मक देखिनु देशका लागि खुसीको विषय हो ।”

मन्त्री खनालले महासभामा सहभागी हुनेक्रममा ३३ भन्दा बढी द्विपक्षीय भेटवार्ता भएको जानकारी दिनुहुँदै यसबाट नेपालको कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा नेपालको कूटनीतिलाई थप सशक्त बनाई राष्ट्रहित प्रवर्द्धनमा ठोस योगदान पुर्याउन स्पष्ट आधारहरू तय भएको उहाँले बताउनुभयो ।

परराष्ट्रमन्त्री खनालले यसपटकको महासभामा नेपालको तर्फबाट जलवायु न्यायसहितका मुद्दाहरू विश्वसामु बलियोसँग उठाएको जानकारी दिनुभयो । उहाँले भोटेकोशीको विनासकारी बाढी तथा अन्य राष्ट्रिय र अन्तरराष्ट्रिय मुद्दामा महासभाका क्रममा आफ्नो धारणा स्पष्ट र दरिलो रूपमा राखेको भनी चर्चा एवं प्रशंसा हुनु नेपालका लागि गौरवको विषय हो भन्नुभयो ।

उहाँले प्रधानमन्त्री शाहले सम्बोधनका क्रममा जलवायु परिवर्तन तथा यसले नेपाल र नेपालजस्ता प्रभावित मुलुकहरूलाई पारेको असरका बारेमा स्पष्टसँग भनाइ राख्नुभएको बताउनुभयो ।

मन्त्री खनालले भन्नुभयो, “प्रधानमन्त्रीज्यूले महासभामा सम्बोधन गर्नुभन्दा अघि पनि देशभित्र र बाहिर उत्तिकै चासो थियो । उहाँको सम्बोधनपछि पनि त्यसप्रति विश्वको चासो रहेको स्पष्ट देखियो । राष्ट्रसङ्घीय महासभामा यसपटकको सम्बोधनहरूमध्ये अहिले सबैभन्दा बढी हेरिनेमा यो परेको छ ।”

मन्त्री खनालले नेपालको अवस्था र जलवायु परिवर्तनले पारेको असरका बारेमा प्रधानमन्त्री शाहले सम्बोधनका क्रममा र आफूले अन्य विभिन्न फोरमहरू तथा भेटवार्तामा स्पष्टसँग धारणा राखेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले महासभामा सहभागिताका क्रममा नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गरेर फर्केका छौँ ।”

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • दुर्घटनामा दुई जनाको मृत्यु

    दुर्घटनामा दुई जनाको मृत्यु

  • निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो

    निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो

  • सिंहदरबार वैद्यखानाको कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय

    सिंहदरबार वैद्यखानाको कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय

  • मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु

    मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १४ गते बुधबार

    २०८३ असोज १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    दुर्घटनामा दुई जनाको मृत्यु

    दुर्घटनामा दुई जनाको मृत्यु

    निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो

    निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो

    सिंहदरबार वैद्यखानाको कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय

    सिंहदरबार वैद्यखानाको कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय

    मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु

    मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution