Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १५, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

रासस ७७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १४, बुधबार (१ दिन अघि)
आस्थाको केन्द्र बन्दै रक्षाबाबा

कपिलवस्तु, १४ असोजः जहदीस्थित रक्षाबाबा स्थानीयवासीको आस्थाको केन्द्र बन्दै गएको छ । कपिलवस्तु नगरपालिका–११ मा पर्छ, रक्षाबाबाको मन्दिर । यहाँ बसोबास गर्ने मानव तथा पशुपक्षीको रक्षा गर्ने देवताका रूपमा मानिने रक्षाबाबालाई लिने गरिएको छ ।

भाकल पूरा भएपछि रक्षाबाबालाई दूध, घ्युमा पकाएको रोटी, फलफूललगायत सामग्री चढाउने परम्परा छ । रक्षाबाबा स्थलमा स्थानीय देवता रक्षाबाबाको विशाल प्रस्तर मूर्ति स्थापना गरिएको छ ।

मूर्तिको टाउकोको केही भाग फुटेको र कुमसम्म प्वाल परेको देखिन्छ । बाँकी रहेको टाउकोको भागमा भेडाको सिङजस्तो आकृति रहेको छ । मूर्तिको छेउमा प्राचीन इनारसमेत रहेको छ ।

रक्षाबाबा क्षेत्र आसपास रातो माटाका भाँडाका टुक्रा, इँटाका टुक्रा तथा माटाका साना गोलाकार वस्तु छरिएर रहेको स्थानीयवासी बताउँछन् । यसले उक्त क्षेत्रको ऐतिहासिक तथा पुरातात्विक महत्वसमेत रहेको स्थानीयको भनाइ छ ।

स्थानीय धर्मगुरु रामशब्द मिश्रका अनुसार स्थानीयवासीले रक्षाबाबासँग विभिन्न विषयमा भाकल गर्ने र भाकल पूरा भएपछि सोहीअनुसार पूजा गर्ने गरेका छन् । उहाँका अनुसार स्थानीयवासीले रक्षाबाबालाई विशेष देवताका रूपमा पूजा तथा आराधना गर्दै आएका छन् ।

कपिलवस्तुमा विभिन्न ऐतिहासिक तथा पुरातात्विक स्थल रहेकाले त्यस्ता सम्पदाको संरक्षणमा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने स्थानीयवासीको माग छ । रक्षाबाबा रहेको क्षेत्रमा पुरातत्व विभागले समेत सूचना बोर्ड राखेको छ ।

कपिलवस्तु नगरपालिका–११ का वडाध्यक्ष रामगोपाल यादवले रक्षाबाबा क्षेत्रको संरक्षण तथा पुरातात्विक उत्खननका लागि सम्बन्धित निकायसँग माग गरिएको बताउनुभयो । पुरातात्विक तथा ऐतिहासिक क्षेत्रमा कुनै पनि कार्य गर्दा पुरातत्व विभागको स्वीकृति आवश्यक पर्ने भएकाले विभागसँग समन्वय गरिने उहाँले बताउनुभयो ।

यस आर्थिक वर्षमा रक्षाबाबा क्षेत्रको सरसफाइलगायत कार्यका लागि वडा कार्यालयबाट बजेट विनियोजन गरिएको वडाध्यक्ष यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो

    निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो

  • सिंहदरबार वैद्यखानाको कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय

    सिंहदरबार वैद्यखानाको कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय

  • मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु

    मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु

  • राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन

    राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १४ गते बुधबार

    २०८३ असोज १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो

    निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो

    सिंहदरबार वैद्यखानाको कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय

    सिंहदरबार वैद्यखानाको कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय

    मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु

    मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु

    राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन

    राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution