Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

प्रतिनिधिसभाः सांसदद्वारा समयसामयिक विषयमा सरकारको ध्यानाकर्षण

रासस १०५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन ५, सोमबार (६ दिन अघि)
प्रतिनिधिसभाः सांसदद्वारा समयसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, ५ असोजः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समयसामयिक विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य समयमा उहाँहरूले दन्त स्वास्थ्य सेवालाई प्राथमिकता दिन र स्थानीयस्तरसम्म विस्तार, चाडबाडको तथा विपद्को बेला महङ्गो हुने हवाई भाडादर नियन्त्रण गर्नुपर्नेलगायत माग राख्नुभयो ।

सांसद अमृता धितालले दन्त स्वास्थ्यले अझै पनि ग्रामीण क्षेत्रसम्म प्राथमिकता पाउन नसकेको बताउँदै यस बारेमा सरकारको ध्यान जानुपर्ने उल्लेख गर्नुभयो । उहाँले मुखको क्यान्सर नियन्त्रणका लागि पनि दन्त स्वास्थ्य प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो ।

सांसद डा अच्युतम लामिछानेले भोटकोशी बाढी प्रभावित क्षेत्रमा हालसम्म सरकारले गरेका कामको जानकारी सनदलाई दिनुपर्ने भन्दै अब पुनःसंरचनाका लागि कुनै कमी हुन नदिने कार्ययोजनासहित काम गर्न सरकारसँग आग्रह गर्नुभयो । सांसद अनुष्का श्रेष्ठले पर्यटन नीतिमा भएका व्यवस्था कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद अम्बिका देवी सङ्ग्रौलाले अमेरिकाको ‘ग्रेजोन मिडिया’ले नेपालका सम्बन्धमा प्रकाशित गरेको समाचारका बारेमा स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद अरविन्द झाले निजगढ विमास्थल निर्माणमा ढिलाइ हुँदा लागत बढेको उल्लेख गर्दै तत्काल कामलाई तीव्र बनाउन र विस्थापित समुदायको माग सुनुवाई गर्न माग गर्नुभयो ।

सांसद अर्जुननरसिंह केसीले भोटेकोशी बाढी प्रभावितहरूलाई नजिकिँदै गरेको चाडवाड अघि व्यवस्थित गर्न आग्रह गर्नुभयो । सांसद अशोक चौधरीले सङ्घीयताको अनुभूतिका लागि जनताको घरदैलोमा विकास र शान्ति सुरक्षाको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

सांसद आकृति अवस्थीले चाडबाडको मुखमा आन्तरिक हवाई उडानको भाडादर महङ्गो हुने बताउँदै सो सम्बन्धमा सरकारको ध्यानाकर्षण गाराउनुभयो । सांसद आनन्दबहादुर चन्दले स्वास्थ्य बिमा सर्वसाधारण नागरिकको उपचार पाउने ठूलो आधार भएको उल्लेख गर्दै यसलाई स्थनीयस्तरसम्म र अनौपचारिक क्षेत्रसम्म विस्तार गर्न माग गर्नुभयो । सांसद आरेन राईले जेनजी आन्दोलनका घाइतेका माग सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभयो ।

बैठकमा आशा झा, आशिष गजुरेल, आशिका तामाङ, उत्तमप्रसाद पौडेल, एलिजा गुरुङ, एसुदाकुमारी बराल, कन्हैया बनिया, करिष्मा कठरिया, कविन्द्र बुर्लाकोटी, कामिनी कुमारी, कुलभक्त शाक्य, कुशुम महर्जन, कृष्णहरि बुढाथोकी, कोमल ज्ञवाली, क्रान्तिशिखा धिताल, खगेन्द्र सुनार, खिमा विक, खेमराज कोइराला, गणेश कार्की, गणेश धिमाल, गणेश पौड्याल, गणेशबहादुर विश्वकर्मा, गुरुप्रसाद बराल, गोपाल शर्मा, गोविन्द पन्थी, गङ्गा छन्त्याल, गङ्गादेवी श्रेष्ठ, गङ्गालक्ष्मी अवाल, चन्दनकुमार सिंहलगायत सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँहरूले होल्डिङ सेन्टरमा बसेका भोटेकोशी प्रभावितका लागि तत्काल पुनःस्थापनाको व्यवस्था गर्नुपर्ने, प्रधानमन्त्रीको संयुक्त राष्ट्रसङ्घको महासभामा हुने आसन्न भ्रमण बारेमा सदनलाई जानकारी दिनुपर्नेलगायत विषयमा सभामुखमार्फत सरकारसँग माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

  • बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

  • शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

  • गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution