Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

किसानको गुनासो सुन्दै सिक्टा सिंचाइ

रासस ९५१ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र ३१, बुधबार (१ हफ्ता अघि)
किसानको गुनासो सुन्दै सिक्टा सिंचाइ

राँझा (बाँके), ३१ भदौः

बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले बाँकी निर्माणको कामलाई प्रभावकारी बनाउन स्थानीय किसानसँग सुझाव सङ्कलन गरेको छ ।

आयोजनाले पूर्वी नहर प्रणालीअन्तर्गत पर्ने राजकुलो शाखा, उपशाखा तथा प्रशाखा नहरबाट सिँचाइ सुविधा लिइरहेका र भविष्यमा लिने सोच बनाएका किसान तथा सरोकारवालालाई लक्षित गरी मङ्गलवार राप्ती सोनारी गाउँपालिका–३ बैजापुरमा गुनासो सुनुवाइ कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा आयोजनाका निर्देशक राजु आचार्यले स्वयं उपस्थित भई किसानका समस्या तथा गुनासो सुनुवाइ गर्नुभएको छ । आयोजनाले जनताको राय सुझाव सङ्कलन गर्दै निर्माणलाई प्रभावकारी बनाउने उद्देश्यका साथ गुनासो सुनुवाई कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ ।

आयोजना निर्देशक आचार्यले भन्नुभयो, “आयोजना किसानका लागि हो, भइरहेको कामप्रति किसानको राय बुझ्न गुनासो सुनुवाइ कार्यक्रम गरिरहेका छौँं ।” उहाँका अनुसार, यसअघि सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहर अन्तर्गतका चार शाखा नहरमा गुनासो सुनवाइ तथा सुझाव सङ्कलन भइसकेको छ । अब पूर्वी नहरका बाँकी शाखा अन्तर्गतका किसानमाझ पनि गुनासो सुनुवाइ गरिने छ ।

दुई तीन वर्षभित्रै शाखा, उपशाखा नहर निर्माणको काम सम्पन्न गर्ने गरी आयोजनाले किसानको राय–सुझाव सङ्कलन गरिरहेको उहाँको भनाइ छ । मङ्गलबार राप्ती सोनारी–३ बैजापुरमा आयोजित कार्यक्रममा किसानले विना अवरोध आफूहरुले सिँचाइ पानी पाउनुपर्ने बताउनुभयो ।

स्थानीयवासीसमेत रहनुभएका संविधानसभा सदस्य पट्टु थारूले सरोकारवाला किसानसँग छलफल गरेर आयोजनाले काम अगाडि बढाउनु सकारात्मक भएको बताउनुभयो । राप्ती सोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीनकुमार चौधरी, सिँचाइ महासङ्घ बाँकेका पूर्वअध्यक्ष शालिकराम डाँगीले किसानले सहज रुपमा सिँचाइ सुविधा पाउनुपर्नेमा जोड दिनुभयो ।

आयोजना निर्देशक आचार्यका अनुसार हालसम्म आयोजनाको ५१ प्रतिशत भौतिक प्रगति भएको छ । हालसम्म पूर्वाधार निर्माणतर्फ रु २४ अर्ब खर्च भइसकेको छ ।

आर्थिक वर्ष २०६२÷६३ मा सुरु भएको यो आयोजनाअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका अगैयास्थित राप्ती नदीमा ३१७ मिटर लामो ब्यारेज निर्माण गरी ४२ हजार ७६६ हेक्टर भूमिमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखिएको छ ।

नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण सुरु गरिएको यो आयोजनाको पश्चिम मूल नहरबाट ३३ हजार ७६६ हेक्टर र पूर्वी मूल नहरबाट करिब नौ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य छ । हाल २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको आयोजना निर्देशक आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

  • बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

  • शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

  • गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution