
काठमाडौँ, ३० भदौः
प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि आरम्भ गरिने भएको छ ।
सभामुख डोलप्रसाद अर्यालको सभापतित्वमा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा डिजिटल पार्लियामेन्टको अवधारणाअनुसार हालसम्म भएका कार्यप्रगति तथा आगामी योजनाबारे सचिवालयले समितिका सदस्यहरुलाई जानकारी गराएको हो । उक्त बैठकमा प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले परीक्षणको थालनी गर्न लागिएको जानकारी दिइएको सभामुख अर्यालको सचिवालयले जनाएको छ ।
बैठकमा समितिका सदस्यहरुले डिजिटल पार्लियामेन्टको कार्यान्वयनलाई प्रभावकारी बनाउन विभिन्न राय, सुझाव तथा परामर्श दिनुभएको थियो । प्राप्त सुझावलाई समेट्दै डिजिटल पार्लियामेन्ट कार्यान्वयनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |