Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नरमायाको जीवनमा पीडाको पुनरावृत्तिः श्रीमानपछि छोरा पनि बेपत्ता

रासस १२०१ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र २९, सोमबार (२ हफ्ता अघि)
नरमायाको जीवनमा पीडाको पुनरावृत्तिः श्रीमानपछि छोरा पनि बेपत्ता

म्याग्दी, २९ भदौः

बीस वर्षअघि तीन दिनकी सुत्केरी हुँदा श्रीमान बेपत्ता भएको पीडा भोगेकी म्याग्दीको मालिका गाउँपालिका–४ छापकी ४५ वर्षीया नरमाया घर्तीको जीवन फेरि अँध्यारिएको छ ।

नाकको गम्भीर स्वास्थ्य समस्या झेलिरहेकी नरमायाका २३ वर्षीय छोरा भुपेन्द्र रेग्मी भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएपछि छोराको खोजी र आफ्नै उपचारको दोहोरो पीडामा पर्नुभएको छ ।

रसुवामा निर्माणाधीन जलविद्युत् आयोजनामा कामदार रहेका भुपेन्द्रले भदौ ९ गते साँझ आमालाई फोन गर्नुभएको थियो । “असोजमा उपचारका लागि काठमाडौँ जाने, दसैँअघि बिहे गर्ने र पोखरा गएर बस्ने योजना सुनाएका थिए”, नरमायाले भन्नुभयो, “१० गतेदेखि छोरासँग सम्पर्क भएको छैन ।”

नरमायालाई नयाँ नम्बरबाट फोन आउँदा कतै छोराले गर्यो कि ? भन्ने आस लाग्छ । छोराको खोजीका लागि स्थानीय जनप्रतिनिधि, निर्माण कम्पनी, आयोजना र सरकारी निकायमा गुहार मागेकी नरमायालाई काठमाडौँदेखि घर फर्कने आँट आएको छैन ।

“छोराको अवस्था टुङ्गो नलागी कसरी घर जानु ?”, नरमायाले प्रश्न गर्नुभयो, “तीन दिनको सुत्केरी हुँदा श्रीमान् बेपत्ता हुनुभयो । भोटेकोशीको बाढीले मेरो भरोसा खोस्यो, झनै पीडा थपिदियो ।” खेतीकिसानी गरेर जीवन निर्वाह गर्दै आएकी नरमायाका श्रीमान् नन्दबहादुर रेग्मी बेपत्ता भएको २० वर्ष पुगेको छ ।

नन्दबहादुर दरवाङको एक किराना पसलमा बजार प्रतिनिधिको काम गर्नुहुन्थ्यो । नन्दबहादुर बेपत्ता हुँदा नरमायाकी छोरी तीन दिनको थिइन् । अवस्था पहिचान नभएपछि आफन्त र गाउँलेहरूको सल्लाहमा नन्दबहादुरको धार्मिक विधिअनुसार काज किरिया भइसकेको छ ।

नरमायाले आर्थिक अभावका कारण अदालतबाट श्रीमान्को न्यायिक मृत्यु प्रमाणित गराउन नसकेको बताउनुभयो । नन्दबहादुरले नागरिकता बनाएका थिएनन् । उनीहरूबीच कागजी रूपमा विवाह दर्ता पनि भएको थिएन । प्रक्रिया पूरा गर्न नसक्दा नरमाया सरकारले दिने सामाजिक सुरक्षा भत्ताबाट पनि वञ्चित हुनुहुन्छ ।

कक्षा ८ सम्म पढेका भुपेन्द्रले बहिनीलाई ज्याला, मजदुरी गरेर कक्षा १० सम्म पढाए । गत जेठमा नाकमा समस्या देखिएपछि भुपेन्द्रले आमालाई दुई महिना गण्डकी अस्पतालमा उपचार गराएका थिए । भुपेन्द्रले पोखराबाटै आमालाई घर पठाएर मजदुरी गर्न रसुवा गएका थिए । नरमायाको नाकको समस्या अझै पहिचान भएको छैन । मासिक रु २१ हजारको औषधि सेवन गर्नुपर्छ । नरमायालाई थप उपचारका लागि असोजमा काठमाडौँ लैजाने भुपेन्द्रको योजना थियो ।

स्थानीय ओखरबोट माविका शिक्षक नवीन पुनले नरमायाको जीवनमा एकपछि अर्को बज्रपात परेको बताउनुभयो । “नरमायालाई चिकित्सकले ब्रेन ट्युमरको आशङ्का गरेर थप उपचारका लागि काठमाडाँै वा भारत जान भनेपछि पैसा जुटाउन रसुवा पुगेका भुपेन्द्रलाई बाढीले बेपत्ता बनायो”, उहाँले भन्नुभयो, “नरमायासामु बेपत्ता छोरा खोज्नेमात्र नभएर आफ्नो उपचार कसरी गर्ने भन्ने चुनौती सृजना भएको छ ।”

बागलुङमा विवाह भएकी नरमायाकी छोरीको बच्चा सानो भएकाले दाजुको खोजी र आफ्नो उपचारका लागि स्रोत जुटाउन हिँडेकी आमालाई सघाउन सकेकी छैनन् । शिक्षक पुनको अगुवाइमा नरमायाको उपचारका लागि सहयोग सङ्कलन अभियान सञ्चालन भएको छ ।

“एक हप्ताको अवधिमा सामाजिक सञ्जालमार्फत गरेको अपिलबाट नरमायाको खातामा करिब रु दुई लाख ५० हजार जम्मा भएको छ । प्रतिबद्धता जनाएका सबैले सहयोग गरेमा करिब रु आठ लाख जुट्ने अनुमान गरेको छु”, पुनले भन्नुभयो, “रोग पहिचान र उपचार गरिदिन पाए हुन्थ्यो तर अस्पतालमा कुरुवा बसिदिने परिवारका सदस्य र आफन्तसमेत नभएर अप्ठ्यारो परेको छ ।”

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

  • बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

  • शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

  • गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution