Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

देउडामा गुञ्जियो ‘आत्महत्या होइन, जीवन रोजौँ’ भन्ने सन्देश

रासस १३२६ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र २८, आईतबार (२ हफ्ता अघि)
देउडामा गुञ्जियो ‘आत्महत्या होइन, जीवन रोजौँ’ भन्ने सन्देश

रायल (बझाङ), भदौ २८ गते ।

‘पापी मन बुझाउनाखी आफैँ जान्दो रैछ,

सबैभन्दा ठूलो बिराम चिन्ता मान्नु रैछ ।’ देउडाको मौलिक भाकामा यी हरफ गुञ्जिँदा रायलको वातावरण केहीबेर स्तब्ध भयो । यी शब्द केबल गीतका हरफ थिएनन्, किशोर मनभित्र गुम्सिएका पीडा र चिन्ताका अभिव्यक्ति थिए । देउडाको लयमा मनोरञ्जन थियो, तर शब्दमा जीवनको गहिरो कथा थियो, तनाव थियो, निराशा थियो, सामाजिक दबाब थियो र सबैभन्दा महत्वपूर्ण, जीवन रोज्नुपर्छ भन्ने सन्देश थियो ।

बझाङको केदारस्यूँ गाउँपालिका(१ रायलस्थित गर्जेपानी माध्यमिक विद्यालयमा शनिबार आयोजित अन्तरमाध्यमिक विद्यालयस्तरीय देउडा गायन प्रतियोगिताले स्थानीय संस्कृति र मानसिक स्वास्थ्यसम्बन्धी चेतनालाई एउटै मञ्चमा उभ्याएको थियो । प्रतियोगितामा पाँच विद्यालय सहभागी थिए । झोताको भैरव माध्यमिक विद्यालय, भाडिकोटको नमादेव माध्यमिक विद्यालय, रातापानीको बेताल माध्यमिक विद्यालय र सैन्यूको जगन्नाथ माध्यमिक विद्यालयका विद्यार्थीले प्रस्तुत गरेका देउडाले किशोर मनका समस्या र मानसिक स्वास्थ्यको विषयलाई मौलिक भाकामार्फत उजागर गरेका थिए ।

‘घर झाउँ कामको चिन्ता, स्कुल पढाइको,

बालो उमेर उर्ली आयो, मैदान भै लडाइको ।’

यी हरफले किशोरावस्थामा बालबालिकाले भोगिरहेको दबाबको चित्र कोर्यो । घरमा कामको बोझदेखि विद्यालयको पढाइसम्म, परिवारको अपेक्षादेखि सामाजिक दबाबसम्मका विषय देउडाका शब्दमा आएका थिए । खेल्ने, रमाउने र भविष्यका सपना बुन्ने उमेरमै कतिपय बालबालिका मानसिक तनावको भारी बोकेर हिँड्न बाध्य भएको यथार्थ विद्यार्थीले गीतमार्फत सुनाएका थिए ।

स्थानीय भाका र मौलिक लयमा प्रस्तुत गरिएका गीतका शब्दले मनोरञ्जनका लागि उपस्थित अभिभावकलाई सोच्न बाध्य बनाए । पुस्तौँदेखि मनोरञ्जन, सामाजिक संवाद र आफ्ना सुखदुःख व्यक्त गर्ने माध्यमका रूपमा रहेको देउडा यसपटक भने मानसिक स्वास्थ्यको आवाज बनेर गुञ्जियो । प्रतियोगितामा विद्यार्थीले मानसिक तनाव, निराशा, आत्मविश्वासको कमी, पारिवारिक तथा सामाजिक दबाब र आत्महत्याको जोखिमजस्ता संवेदनशील विषयलाई सिर्जनात्मक ढङ्गले उठाएका थिए ।

‘चेतनाको कमीले हो, अकालमै मर्या,

अमूल्य माइसको चोला फाल्पासो जनर्या ।’

यी शब्दले मानव जीवनको मूल्य सम्झाउँदै कठिन परिस्थितिमा पनि जीवन त्याग्ने होइन, त्यसको सामना गर्ने सन्देश दिएको थियो । मानसिक समस्या आउनु कमजोरी होइन र समस्याको समाधान आत्महत्या होइन भन्ने भाव विद्यार्थीका प्रस्तुतिमा स्पष्ट देखिन्थ्यो ।

आत्महत्याका घटना न्यूनीकरण गर्न विद्यालय तहबाटै मानसिक स्वास्थ्यसम्बन्धी चेतना फैलाउनुपर्ने आवश्यकता देखिएपछि चेतनामूलक देउडा गीता प्रतियोगिता आयोजना गरिएको गर्जेपानी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर मल्लले बताउनुभयो । किशोरावस्था शारीरिक, मानसिक र भावनात्मक परिवर्तन तीव्र हुने संवेदनशील समय भएकाले यस उमेरका बालबालिकाका भावना र व्यवहारलाई गम्भीरतापूर्वक बुझ्नुपर्ने उहाँले बताउनुभयो ।

किशोरावस्थामा हुने मानसिक समस्यालाई ध्यानमा राखेर नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थले कार्यक्रमका लागि आर्थिक सहयोग गरेको थियो । गर्जेपानी विद्यालयको आयोजनामा भएको प्रतियोगितामा गाउँपालिकाका स्वास्थ्य संयोजक अमरबहादुर विष्टले पछिल्ला वर्षमा आत्महत्याका घटना बढिरहेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । उहाँले आर्थिक वर्ष २०८२र८३ मा नेपालमा सात हजार १३२ जनाले आत्महत्या गरेका जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा दैनिक आत्महत्या गर्नेको सङ्ख्या बढिरहेको छ । यो तथ्याङ्क घटाउन परिवार, विद्यालय, समुदाय र राज्य सबैले आ(आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।” उहाँले आत्महत्या सामान्य विषय नसम्झिन आग्रह गर्नुभयो । “हाम्रोतिर कायरले आत्महत्या गर्छ भन्ने भाष्य छ । तर, आत्महत्याको सोचसम्म पुग्नु सम्बन्धित व्यक्तिका लागि निकै जटिल अवस्था हो । त्यो बुझ्नु जरूरी छ ।”

स्वास्थ्य संयोजक विष्टका अनुसार आत्महत्या रोकथाम स्वास्थ्य क्षेत्रको मात्रै जिम्मेवारी होइन । परिवारमा आफ्ना कुरा खुलेर भन्नसक्ने वातावरण, विद्यालयमा विद्यार्थीका समस्या सुन्ने संस्कार र समुदायमा मानसिक स्वास्थ्यबारे संवाद आवश्यक छ । समयमै समस्या पहिचान गरेर सहयोग र उपचारको पहुँचमा पुर्याउनसके धेरै जोखिम रोक्न सकिने उहाँले बताउनुभयो ।

निरन्तर अभियानमा मल्ल

गर्जेपानी माध्यमिक विद्यालयका शिक्षक पूर्णबहादुर मल्ल डेढ वर्षयता मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने अभियानमा जुट्नुभएको छ । छोरीले आत्महत्या गरेपछि विक्षिप्त बन्नुभएका मल्लले मनोपरामर्शदाताबाट तालिम पाएपछि गाउँगाउँमा गएर सचेतनाको सन्देश फैलाइरहनुभएको छ । गर्जेपानी माविमा हरेक हप्ता मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम भइरहन्छन् । देउडा गायन प्रतियोगिता पनि उहाँकै अग्रसरतामा भएको थियो ।

गाउँगाउँमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउँदै आउनुभएका मल्लले किशोरकिशोरीका व्यवहारमा आउने परिवर्तनलाई सामान्य भनेर बेवास्ता गर्न नहुने बताउनुभयो । “किशोर–किशोरीका समस्या सुन्ने, भावना बुझ्ने र आवश्यक पर्दा सहयोग तथा परामर्श उपलब्ध गराउने वातावरण विद्यालय र परिवारले बनाउनुपर्छ”, उहाँले भन्नुभयो । विद्यार्थी तथा शिक्षकलाई मानसिक स्वास्थ्यका विषयमा जानकारी दिने मल्लको अभियानले विद्यालय तहमा बहसको विषय बनाउन सहयोग पुर्याएको सोही विद्यालयका आमा समूहका अध्यक्ष देवकी मल्लले बताउनुभयो ।

प्रतियोगितामा गुञ्जिएको अर्को हरफ थियो

‘चित्त दुखाई जन बस्या, हृदय रूनो छ,

मानसिक रोगको पन, उपचार हुनो छ ।’

यी हरफले मानसिक समस्या आएमा जीवन समाप्त गर्ने होइन, उपचार खोज्नुपर्ने सन्देश बोकेको छ । चित्त दुखेका बेला हतारमा गलत निर्णय लिनुभन्दा परिवार, शिक्षक, स्वास्थ्यकर्मी वा सम्बन्धित व्यक्तिसँग आफ्ना कुरा राखेर सहयोग लिनुपर्ने भाव गीतमा प्रस्तुत गरिएको थियो ।

“गर्जेपानीमा भएको यो प्रतियोगिता एउटा सांस्कृतिक कार्यक्रम मात्र रहेन”, आमा समूहकी अध्यक्ष मल्लले भन्नुभयो, “यसले देउडालाई मानसिक स्वास्थ्यसम्बन्धी संवादको माध्यम बनायो । विद्यार्थीले आफ्नै भाकामा आफ्नै मनका कुरा सुनाए । शिक्षक र अभिभावकलाई आफ्ना बालबालिकाको मनभित्र पनि एउटा संसार हुन्छ भन्ने सम्झाए ।” किशोरकिशोरीको मनमा आउने तनाव, निराशा, असफलता तथा पारिवारिक र सामाजिक दबाबलाई समयमै बुझ्न सके धेरै जोखिम रोक्न सकिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

  • शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

  • गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

  • ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution