Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह

रासस ११७६ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र २८, आईतबार (२ हफ्ता अघि)
प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह

म्याग्दी, २८ भदौः

कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्यान्ड’ (सामूहिक लोकसङ्गीत साङ्गीतिक समूह) सुरुआत गरेका छन् । बेनीको खुलामञ्च खेलमैदानमा म्याग्दी उद्योग वाणिज्य सङ्घले शनिबार आयोजना गरेको समारोहमा दुतराजको ‘दूतराज प्रकाश एन्ड लाइनअप’ सार्वजनिक भएको हो ।

म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनमा जन्मिनुभएका र सदरमुकाम बेनीमा बाल्य तथा किशोर अवस्था बिताउनुएका दुतराजले नेपालमै पहिलो पटक लोकसङ्गीत साङ्गितिक समूह बनाएको बताउनुभयो ।

“यो नेपालको पहिलो लोकसङ्गीत ब्यान्ड हो”, उहाँले भन्नुभयो, “विभिन्न विधाका वाद्यवादक र प्राविधिकलाई समेटेर लोकसङ्गीतमा नौलो अभ्यासमार्फत दर्शकमाझ पुग्ने अभियान आफ्नै जन्मथलोबाट सुरुआत गरेको छु ।”

दुतराजले अबको साङ्गीतिक प्रस्तुति ट्रयाकभन्दा पनि ब्यान्डको वाद्यावादनसहित हुने जानकारी गराउनुभयो । “करिब १४ वर्षदेखि मनमा सम्हालेर राखेको सपना जहाँ देखेको थिएँ, त्यहीँबाट फुकाउने अवसर पाएकामा खुसी र उत्साही छु”, उहाँले भन्नुभयो, “ब्यान्डमार्फत संसारभर नेपाली मौलिक बाजालाई प्रवर्द्धन गर्ने मेरो उद्देश्य हो ।”

दुतराजको नेतृत्वमा रहेको समूहमा वाद्यवाधनसहित १२ कलाकार समावेश भएका छन् । ब्यान्डले नेपालमा साङ्गीतिक टूरको समेत तयारी गरिरहेको जनाएको छ । उहाँका मनमाया, घर कता हो बैनीको, रिमै, रेशम, छैन र माया, एैना भ्mयालैमालगायतका लोकगीत चर्चित छन् ।

यसअघि यही भदौ १२ गते जनैपूर्णिमा पर्वका अवसरमा आयोजना गरिएको कार्यक्रम रसुवा बाढीका कारण स्थगित भएको थियो । आयोजक म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले भन्नुभयो, “म्याग्दी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सवबाट गायनयात्रा थालेका प्रतिभाको प्रोत्साहनका लागि हामीले साथ दिएका छौँ, विपन्न समुदायका प्रकाशको सङ्घर्ष र मिहेनत प्रेरणादायी छ ।”

दुतराजको ब्यान्डको प्रस्तुतिमा रमाउनका लागि म्याग्दीका साथै बागलुङ र पर्वतबाट आएका दर्शकहरूले बेनीको खुलामञ्च भरिएको थियो । प्रवेश निःशुल्क गरिएको कार्यक्रममा दर्शकहरू प्रकाशको प्रस्तुतिसँगै सिमसिमे पानीको प्रवाह नगरी नाचेर मनोरञ्जन लिएका थिए । प्रस्तुतिअघि आफ्नो विगतका सङ्घर्षका दिन र साथ दिनेहरूलाई सम्झिएका दुतराजले आगामी साङ्गीतिक योजनामा पनि साथ र सहयोग गर्न अपिल गर्नुभयो । कार्यक्रममा म्याग्देली बालकलाकार क्रियशन रोकामगरलाई म्याग्दी उद्योग वाणिज्य सङ्घको तर्फबाट सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

  • शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

  • गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

  • ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution