Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
संसदमा आशिकाको संम्बोधन

‘ग्यासको लाइनभन्दा मन्त्रीहरूको लाइन बढी हुने अवस्था नआओस्’ : सांसद आशिका तामाङ

ग्यास अभावबारे सरकारसँग स्पष्ट जवाफ माग्दै भनिन्– ‘साँच्चिकै ग्यास छैन भने आजै घोषणा गरियोस्’
प्रत्यूष १६०१ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र २६, शुक्रबार (२ हफ्ता अघि)
‘ग्यासको लाइनभन्दा मन्त्रीहरूको लाइन बढी हुने अवस्था नआओस्’ : सांसद आशिका तामाङ

धादिङ, २६ भदौ । धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले बजारमा देखिएको ग्यास अभाव र वितरण व्यवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै जनताले ग्यासका लागि लामो समय कुर्नुपर्ने अवस्था अन्त्य गर्न माग गर्नुभएको छ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले ग्यास आपूर्तिको अवस्था स्पष्ट पार्न सरकारसँग माग गर्नुभयो। उहाँले ग्यास नपाएर सर्वसाधारण प्रभावित भइरहेका बेला सरकार मौन बस्न नहुने बताउनुभयो।

“पसलमा ग्यास हेर्दै भोकभोकै जनता बस्नुपर्ने दिन हेर्न नै हामीलाई जनताले दुई तिहाइको मत दिएर पठाएको हो त ?” उहाँले प्रश्न गर्नुभयो।

सांसद तामाङले मुलुकमा ग्यासको वास्तविक अभाव रहेको हो भने सरकारले त्यसबारे जनतालाई स्पष्ट जानकारी दिनुपर्ने बताउनुभयो। “यदि साँच्चिकै ग्यास छैन भने आज नै, अहिले नै ग्यास छैन भनेर सरकारले घोषणा गरिदिनुपर्‍यो र जनतालाई दाउरा खोजी भात पकाएर खाऊ भनेर भन्न सक्नुपर्‍यो,” उहाँले भन्नुभयो।

सरकारको व्यवस्थापन र मन्त्री परिवर्तनप्रति व्यङ्ग्य गर्दै तामाङले भन्नुभयो, “महिनापिच्छे ग्यासको लागि मात्र मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइनभन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ, सभामुख महोदय।”

बैठकमा उहाँले ग्यास आपूर्ति र वितरणसँग जोडिएको समस्या उठाउँदै “के यो देशमा सरकारभन्दा ठूलो माफिया नै हो त ?” भन्दै प्रश्नसमेत गर्नुभयो। यसको जवाफ सदनमार्फत सरकारबाट आउनुपर्ने उहाँको भनाइ थियो।

सांसद तामाङले ग्यासजस्तो दैनिक उपभोगसँग प्रत्यक्ष जोडिएको वस्तुको अभावले सर्वसाधारणको दैनिकी प्रभावित हुने भन्दै सरकारलाई आपूर्ति, वितरण र बजार व्यवस्थापनबारे स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गर्नुभयो।

धादिङबाट प्रतिनिधित्व गर्ने सांसदले संसदमा उठाएको यो विषय जिल्लाका उपभोक्तासँग पनि प्रत्यक्ष जोडिएको छ। ग्यास आपूर्तिमा समस्या देखिँदा धादिङसहित विभिन्न जिल्लाका सर्वसाधारणको दैनिक भान्सा र घरायसी जीवन प्रभावित हुने भएकाले समस्या समाधानका लागि प्रभावकारी व्यवस्थापन आवश्यक रहेको उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

  • फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

  • भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

  • सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution