Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

फुर्केखोला वैकल्पिक मार्गमा सवारी एकतर्फी

परेवाटार–मास्टार सडक साँघुरो भएपछि प्रशासनले समय तोक्यो, भदौ २७ गतेदेखि नयाँ व्यवस्था लागू
प्रत्यूष ११५१ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र २६, शुक्रबार (२ हफ्ता अघि)
फुर्केखोला वैकल्पिक मार्गमा सवारी एकतर्फी

धादिङ, २६ भदौ । भोटेकोशीको बाढीले फुर्केखोलाको पक्की पुलमा क्षति पुगेपछि प्रयोगमा ल्याइएको परेवाटार–मास्टार वैकल्पिक सडकमा सवारी आवागमन एकतर्फी बनाइएको छ। सडक साँघुरो हुँदा आवागमन व्यवस्थापनमा समस्या देखिएपछि जिल्ला प्रशासन कार्यालय धादिङले भदौ २७ गतेदेखि लागू हुने गरी निश्चित समय तोकेर सवारी सञ्चालन गर्ने निर्णय गरेको हो।

प्रशासनले शुक्रबार जारी गरेको सूचनाअनुसार बिहान ६ बजेदेखि अपराह्न १२ बजेसम्म गल्छी–मास्टारबाट परेवाटार हुँदै धादिङबेँसी आउने सवारीसाधन सञ्चालन हुनेछन्। उक्त समयमा धादिङबेँसीतर्फ आउने सवारीले अपराह्न १२ बजेभित्र मास्टारको पुल पार गरिसक्नुपर्नेछ।

त्यस्तै, दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म धादिङबेँसीबाट परेवाटार हुँदै मास्टार–गल्छीतर्फ जाने सवारीसाधन सञ्चालन हुनेछन्। यस अवधिमा गल्छीतर्फ जाने सवारीले साँझ ७ बजेभित्र परेवाटार पार गरिसक्नुपर्ने प्रशासनले जनाएको छ।

भदौ १० गते रसुवातर्फ भोटेकोशीमा आएको बाढीका कारण धादिङबेँसी जोड्ने फुर्केखोलास्थित पक्की पुलमा क्षति पुगेपछि परेवाटार–मास्टार सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको थियो। तर उक्त सडक साँघुरो भएकाले दुवैतर्फबाट एकै समयमा सवारी चलाउँदा आवागमन व्यवस्थापनमा कठिनाइ हुँदै आएको थियो।

नयाँ व्यवस्थाले धादिङबेँसीबाट काठमाडौं तथा गल्छीतर्फ जाने र बाहिरबाट सदरमुकाम आउने यात्रु तथा सवारी चालकले अब तोकिएको समयअनुसार यात्रा योजना बनाउनुपर्ने भएको छ।

जिल्ला प्रशासन कार्यालयले तोकिएको समयभित्र सवारी आवागमन व्यवस्थापनका लागि सुरक्षा निकाय तथा ट्राफिक प्रहरी परिचालन गरिने जनाएको छ। सबै सवारी चालक, यात्रु तथा सर्वसाधारणलाई समय, मार्ग र सवारी सञ्चालनसम्बन्धी व्यवस्था पालना गरी सुरक्षित तथा व्यवस्थित आवागमनमा सहयोग गर्न अनुरोध गरिएको छ।

यो व्यवस्था अर्को निर्णय वा वैकल्पिक व्यवस्था नभएसम्म कायम रहने प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

  • फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

  • भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

  • सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution