Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

भोटेकोशी बाढीपीडितलाई मुस्लिम समाजद्वारा ६२ लाख सहयोग

रासस १०२६ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र २६, शुक्रबार (२ हफ्ता अघि)
भोटेकोशी बाढीपीडितलाई मुस्लिम समाजद्वारा ६२ लाख सहयोग

सुनसरी, २६ भदौः

भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्निर्माणका लागि नेपाली मुस्लिम समाज सुनसरीले रु ६२ लाख ४५ हजार ४९ सहयोग गरेको छ ।

सुनसरीका विभिन्न मुस्लिम बस्ती, मदरसा, मस्जिद, गैरसरकारी संस्था, निजी विद्यालय, व्यावसायिक सङ्घसंस्था तथा व्यक्तिगत तहबाट उक्त रकम सङ्कलन गरिएको नेपाली मुस्लिम समाज सुनसरीका उपाध्यक्ष हैदर अलीले जानकारी दिनुभयो ।

नेपाल मुस्लिम समाज सुनसरीको समन्वयमा सङ्कलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी बिहीबार बैंक भौचर तथा सहयोगदाताको विस्तृत विवरणसहितका कागजात सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

तीन स्वास्थ्य संस्थालाई प्रसूति बेड

सानिमा बैंकले सुनसरीका तीन स्वास्थ्य संस्थालाई सुरक्षित प्रसूति बेड प्रदान गरेको छ । सानिमा बैंक लिमिटेड इनरुवा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत जिल्लाका तीन स्वास्थ्य संस्थालाई सुरक्षित प्रसूति बेड र एक विद्यालयलाई तातो तथा चिसो पानीसहितको वाटर फिल्टर सेट प्रदान गरेको हो ।

बैंकका इनरुवा शाखा प्रमुख गायत्रीप्रसाद सुवेदीका अनुसार इनरुवा–६ स्थित मधेशा स्वास्थ्यचौकी, भोक्राहा नरसिंह–७ स्थित नरसिंह स्वास्थ्यचौकी र भोक्राहा–२ स्थित भोक्राहा स्वास्थ्यचौकीलाई सुरक्षित प्रसूति बेड उपलब्ध गराइएको हो ।

त्यसैगरी, बैंकले इनरुवास्थित भगवती माध्यमिक विद्यालयमा स्वच्छ खानेपानीका लागि वाटर फिल्टर सेट प्रदान गरेको उहाँले जानकारी दिनुभयो । सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व ९सीएसआर० कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, मानवीय हित, वित्तीय साक्षरतालगायतका क्षेत्रमा हरेक वर्ष सहयोग गर्दै आएको शाखा प्रमुख सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बाढीले बगाएको गैँडा सुस्ता पुग्यो

    बाढीले बगाएको गैँडा सुस्ता पुग्यो

  • बनेपामा जालुद्यो जात्रा सम्पन्न

    बनेपामा जालुद्यो जात्रा सम्पन्न

  • चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

    चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

  • संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

    संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बाढीले बगाएको गैँडा सुस्ता पुग्यो

    बाढीले बगाएको गैँडा सुस्ता पुग्यो

    बनेपामा जालुद्यो जात्रा सम्पन्न

    बनेपामा जालुद्यो जात्रा सम्पन्न

    चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

    चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

    संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

    संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution