Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी

रासस १२२६ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र २३, मंगलबार (२ हफ्ता अघि)
प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी

खोटाङ, २३ भदौः

कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुलीसमक्ष जिल्ला अस्पताल खोटाङ अस्पताल विकास तथा व्यवस्थापन समितिले ५० शय्याको स्वास्थ्य सेवा उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

जिल्लामा पर्याप्त विशेषज्ञ तथा स्वास्थ्य सेवा उपलब्ध नहुँदा सामान्यदेखि जटिल प्रकृतिका बिरामीलाई उपचारका लागि हेलिकप्टर चार्टर गरेर जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहेको जानकारी गराउँदै तत्काल ५० शय्याको स्वास्थ्य सेवा उपलब्ध गराउन माग गरिएको छ ।

सुविधा सम्पन्न अस्पताल नहुँदा आकस्मिक उपचारका लागि रु साढे तीन लाखसम्ममा निजी कम्पनीको हेलिकप्टर चार्टर गर्नुपर्ने तथा उपचारमा ठूलो धनराशि खर्च गर्नुपर्ने अवस्था रहेको समितिले स्वास्थ्यमन्त्री पराजुलीलाई जानकारी गराएको छ ।

जिल्ला अस्पतालको अनुगमन तथा स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन सोमबार खोटाङ आउनुभएका मन्त्री पराजुलीलाई अस्पताल विकास तथा व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जिल्लावासीको तर्फबाट ज्ञापनपत्र बुझाउनुभएको हो ।

जिल्लावासीको स्वास्थ्य अधिकार र सहज स्वास्थ्य सेवाको आवश्यकतालाई मध्यनजर गर्दै तत्काल ५० शय्याको अस्पताल प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार, चिकित्सा उपकरण, प्राविधिक जनशक्ति तथा सरकारको प्रचलित मापदण्डअनुसार आवश्यक दरबन्दी स्वीकृत गरिदिन समितिले माग गरेको छ ।

दिक्तेलमा निर्माणाधीन ५० शय्याको अस्पताल सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार तत्काल व्यवस्थापन गर्नुपर्ने, विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीको दरबन्दी मापदण्डअनुसार स्वीकृत गरी पदपूर्ति गर्नुपर्ने समितिको माग रहेको अध्यक्ष राईले जानकारी दिनुभएको छ ।

त्यस्तै, अत्याधुनिक स्वास्थ्य उपकरण तथा प्रयोगशाला सेवा विस्तार, आकस्मिक तथा विशेषज्ञ स्वास्थ्य सेवाको व्यवस्था र अस्पताल सञ्चालनका लागि आवश्यक बजेट तथा स्रोत सुनिश्चित गर्नुपर्ने मागपत्रमा उल्लेख छ ।

भवनका लागि फर्निचर तथा फिक्स्चर खरिद गर्न रु २० लाख, फिजियोथेरापी उपकरण खरिदका लागि रु १५ लाख र डेन्टल सेवा उपकरण खरिदका लागि रु १५ लाख आवश्यक छ । हेमाटोलोजी तथा माइक्रोबायोलोजी प्रयोगशालाका उपकरण तथा औजार खरिदका लागि रु २५ लाख आवश्यकपर्ने समितिको ठहर छ ।

अस्पताल विकास तथा व्यवस्थापन समितिले बुझाएको ज्ञापनपत्र ग्रहण गर्नुहुँदै मन्त्री पराजुलीले मन्त्रालय फर्किएर आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

निर्माणाधीन अस्पताल भवन निरीक्षणपछि आयोजित छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधिले आर्थिक रूपमा कमजोर, दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिक स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित भइरहेको बताएका छन् ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा गुणस्तरीय, भरपर्दो र विशेषज्ञ सेवासहितको अस्पताल सञ्चालन हुनसके नागरिकले समयमै उपचार पाउनुका साथै उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता र आर्थिक भारसमेत घट्ने उनीहरूको भनाइ छ ।

विसं २०४९ वैशाख १ गते १५ शय्या क्षमतामा स्थापना गरिएको जिल्ला अस्पताल खोटाङलाई विसं २०८२ असार २२ गते ५० शय्याको सेवा विस्तार गरिएको भनिएको थियो ।

कोशी प्रदेश सरकारका तत्कालीन भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले सेवा विस्तारको घोषणा गर्नुभएको जिल्ला अस्पतालमा अहिलेसम्म उक्त सेवा उपलब्ध नरहेको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।

स्थापना भएको ३३ वर्षपछि ५० शय्यामा स्तरोन्नतिको घोषणा गरिएको अस्पतालका लागि निर्माणाधीन भवन अहिलेसम्म पनि सम्पन्न भएको छैन ।

निर्माणाधीन अस्पताल भवनको काम सम्पन्न नभई ५० शय्याको सेवा शुभारम्भ गरिएको भन्दै स्थानीयले जिल्लामा हुने सार्वजनिक कार्यक्रम तथा सामाजिक सञ्जालमा आलोचना गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

  • शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

  • गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

  • ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution