Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी 

रासस १८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र २१, आईतबार (३ हफ्ता अघि)
गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी 

जुम्ला, २१ भदौः

जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादन हुने भएको छ । उक्त निर्माण हुन लागेको जलविद्युत्को लागत करिब रु सात अर्ब ५० करोडभन्दा बढी लाग्ने आध्यनत फन्ड म्यानेमजेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष थापाले जानकारी दिनुभयो ।

तातोपानी गाउँपालिका–४ को आयोजना र आध्यनत फन्ड म्यानेमजेन्ट लिमिटेड काठमाडौँको सहजीकरणमा आयोजित गिडीखोला जलाशययुक्त जलविद्युत् आयोजनाको सरोकारवालासँगको समन्वय तथा परिचयात्मक कार्यशाला अन्तक्र्रिया कार्यक्रममा सो जलविद्युत्बारे जानकारी दिँदै आध्यनत फन्ड म्यानेमजेन्टका प्रमुख कार्यकारी अधिकृत थापाले गिडीदहको जलाशययुक्त जलविद्युत् आयोजनाले करिब ५० मेगावाट विद्युत् उत्पादन गर्न सक्ने प्रारम्भिक अध्ययन गरिएको बताउनुभयो ।

उहाँका अनुसार विस्तृत प्राविधिक तथा सम्भाव्यता अध्ययनपछि उत्पादन क्षमता अझ बढ्न सक्ने सम्भावनासमेत रहेको छ । उत्पादन भएको विद्युत्लाई १३२ केभी सिङ्गल सर्किटको प्रसारण लाइनमार्फत जुम्ला बजारमाको सबस्टेशनमा लगेर जोडिने छ । आयोजना कुल लागत सात अर्ब ५० करोड ७४ लाग्ने अनुमान गरिएको आध्यनतका प्रमुख सञ्चालक अधिकृत प्रमेशमान प्रधानको भनाइ छ ।

वडाध्यक्ष अम्मरबहादुर रोकायाले वडाभित्र ठूलो विद्युत् परियोजना निर्माण हुने लागेको छ । यसलाई सफल बनाउनका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।

स्थानीयलाई रोजगारीमा विशेष प्रथामिकता दिइने छ । निर्माण अवधिभर स्थानीय जनताले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा व्यपार व्यवसाय गर्न सक्नेछन् । जसले गर्दा यहाँका नागरिकको आयआर्जन वृद्धि हुने अपेक्षा राखिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले बताउनुभयो ।

आयोजना सञ्चालनबाट प्राप्त हुने रोजगारी, रोयल्टी, सेयर, सामुदायिक सहयोग कार्यक्रम तथा स्थानीय जनताको व्यापार व्यवसायबाट आयआर्जन गर्न अनुकूल प्रभाव हुने भएकाले समग्रमा यस आयोजनाबाट स्थानीयस्तरदेखि राष्ट्रियस्तरसम्म लाभ पुग्ने पूर्वराज्यमन्त्री गोमा गौतमले जानकारी दिनुभयो ।

आयोजना निर्माण तथा सञ्चालनबाट प्रभावित हुने घरपरिवार, वन र खेतीयोग्य जमिनको एकिन हुनुपर्ने कार्यक्रमका सहभागीको भनाइ छ । गिडीखोला जलविद्युत् आयोजनाको अध्ययन अवधि पूरा भएपछि निर्माणको काम अगाडि बढ्ने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

  • बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

  • शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

  • गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution