
धादिङ, २१ भदौः
नेपाली साहित्यमा गजल विधाको उन्नयनका लागि निरन्तर सक्रिय नेपाल गजल प्रतिष्ठानले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि एक लाख १५ हजार ३ सय ६९ रुपैयाँ सहयोग गरेको छ ।
भदौ १० गते आएको बाढीबाट भएको अपूरणीय मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रतिष्ठानले संस्थागत रूपमा उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो ।
प्रतिष्ठानले बाढीका कारण ज्यान गुमाएका व्यक्तिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । साथै शोकसन्तप्त परिवारजन तथा आफन्तप्रति हार्दिक समवेदना व्यक्त गर्दै बेपत्ता भएका नागरिकहरू सकुशल भेटिऊन् भन्ने कामना गर्दै प्रतिष्ठानले उद्धार तथा खोजी कार्यमा जुटिरहेका सम्पूर्णप्रति सम्मान व्यक्त गरेको छ ।
विपद्को कठिन घडीमा बाढीपीडितको उद्धार तथा राहतमा केही सहयोग पुगोस् भन्ने मानवीय भावनाका साथ गजलकारहरूको साथ र सहयोगमा रकम संकलन गरिएको प्रतिष्ठानले जनाएको छ ।
यस्तो महाविपत्तिमा पीडितहरूको साथमा उभिनु सबैको साझा मानवीय दायित्व रहेको र दुःखमा सहारा तथा विपत्तिमा सहयोग गर्ने सामूहिक प्रयासबाट मात्रै कठिन समय पार गर्न सकिने नेपाल गजल प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले बताउनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |