
विराटनगर, २० भदौः
कोशीका प्रदेशप्रमुख परशुराम खापुङले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले मुलुकलाई स्तब्ध बनाएको बताउनुभएको छ । अखिल नेपाल वैश्य(हलवाई) सेवा समिति केन्द्रीय कार्यालय मोरङद्वारा आज यहाँ आयोजित श्रीश्री १००८ संतशिरोमणि बाबा गणिनाथ गोविन्दको जन्मजयन्तीे कार्यक्रममा बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्मा परेका नागरिकलाई सबैले मिलेर सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
प्रदेश प्रमुख खापुङले शान्ति, समृद्धि, विकास र समाजलाई जोड्न आजको दिनले सफलता मिलोस् शुभकामना दिँदै बाढीपीडितको खोज, उद्धार, राहत तथा पुनःस्थापनामा तीनै तहका सरकार, सरोकार भएका निकायबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पीडितका लागि आवश्यक सहयोगका लागि पनि सबैमा आग्रह गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष कृष्णकुमार साहको अध्यक्षतामा भएको सो कार्यक्रममा समितिका वरिष्ठ सल्लाहकारद्वय प्रह्लाद साह र दिनेश साहले आ-आफ्नो धारणा राख्नुभएको थियो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |