Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

टोखामा सिसी क्यामेरा जडान गरिँदै

रासस १२५१ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र १९, शुक्रबार (३ हफ्ता अघि)
टोखामा सिसी क्यामेरा जडान गरिँदै

काठमाडौँ, १९ भदौः

काठमाडौँको टोखा नगरपालिकाले रु चार करोड लागतमा सिसी क्यामेरा जडान गर्ने भएको छ ।

टोखाले नगर क्षेत्रभित्रको शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन तथा सुशासनलाई थप प्रभावकारी बनाउन अत्याधुनिक प्रविधिको सिसी क्यामेरा जडान गर्न लागेको हो ।

सिसी क्यामेरा जडान गर्न नगरपालिका र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीबीच बिहीबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सुशीलसिंह राठौरले हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार चालु आवको अन्त्यसम्म नगरपालिकाभित्र पहिचान गरिएका मुख्यमुख्य चोक तथा संवेदनशील स्थानमा प्रहरीले निर्धारण गरेको मापदण्डअनुसार सिसीटिभी जडान गरिनेछ । नगरपालिकाले सिसी क्यामेरा जडानका लागि जनता सुरक्षा कार्यक्रमअन्तर्गत रु चार करोड उपलब्ध गराउनेछ । सिसीटिभी प्रणाली खरिद तथा जडानसम्बन्धी प्रक्रिया भने प्रचलित सार्वजनिक खरिद कानुनबमोजिम काठमाडौँ उपत्यका प्रहरी कार्यालयले गर्नेछ ।

सिसी क्यामेरा जडानसँगै टोखाभित्रको सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाउनुका साथै अपराध नियन्त्रण तथा अनुसन्धानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । सम्झौताअनुसार प्रणालीको सञ्चालन, व्यवस्थापन तथा अनुगमनका लागि नगरपालिका र प्रहरी कार्यालयका प्रतिनिधिसहितको संयुक्त समिति रहनेछ ।

समितिले प्रणालीबाट प्राप्त उपलब्धि तथा नगरको सुरक्षा र सुशासनमा परेको प्रभावको मूल्याङ्कन गर्दै आगामी दिनमा यसको निरन्तरता, विस्तार र क्षमता अभिवृद्धिका लागि आवश्यक सिफारिस गर्नेछ ।

टोखा नगरपालिकामा यसअघि जडान भई सञ्चालनमा रहेका सिसीटिभी प्रणालीलाई समेत नयाँ प्रणालीसँग आबद्ध गर्दै एकीकृत सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाइने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

  • बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

  • शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

  • गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution