
धादिङ, भदौ १५:
गत भदौ १० गते रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूका लागि चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयले विशेष राहत र शैक्षिक सहयोगको घोषणा गरेको छ। रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लामा पुगेको ठूलो जनधनको क्षतिप्रति स्तब्ध हुँदै विद्यालयले सामाजिक तथा मानवीय दायित्वअन्तर्गत सहयोगको घोषणा गरेको हो।
विद्यालयले प्राकृतिक विपद्का कारण बाबुआमा गुमाएर आर्थिक कठिनाइ भोगिरहेका धादिङका प्रभावित विद्यार्थीहरूलाई कक्षा १२ सम्म सम्पूर्ण वार्षिक तथा मासिक शुल्क मिनाहा गरी पूर्ण रूपमा निःशुल्क अध्ययनको व्यवस्था मिलाएको छ।
यसैगरी, राहत तथा पुनःस्थापना कोषका लागि विद्यालयका तर्फबाट एकमुस्ट रु. २,५५,०५५ (दुई लाख पचपन्न हजार पचपन) र प्याब्सन (PABSON) तथा अन्य सामाजिक सङ्घ-संस्थामार्फत रु. १,००,००० (एक लाख) सहयोग उपलब्ध गराइने भएको छ। साथै, विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूको दुई दिनको आधारभूत तलब बराबरको रु. १,४४,३२७ (एक लाख चौवालिस हजार तीन सय सत्ताइस) गरी कुल रु. ४,९९,३८२ ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गर्ने निर्णय गरिएको छ।
यसका साथै, थप राहत जुटाउन इच्छुक विद्यार्थी तथा अभिभावकहरूबाट संकलन भएको रकम पनि यसै ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ को खातामा जम्मा गरिने विद्यालयका प्रिन्सिपल षष्टिकुमार श्रेष्ठले जनाएको दिनुभएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |