Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

घिन्तागिसी नाचको प्रदर्शनगरेसँगै भक्तपुरमा गाईजात्रा सुरु

रासस १२७६ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र १३, शनिबार (१ महिना अघि)
घिन्तागिसी नाचको प्रदर्शनगरेसँगै भक्तपुरमा गाईजात्रा सुरु

भक्तपुर १३ भदौः

भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने गाईजात्रा पर्व शुक्रबार साँझबाट सुरुआत भएको छ । भक्तपुरको दरवारस्क्वायरस्थित तलेजुबाट घिन्तागिसी नाचको प्रदर्शन सुरु भएसँगै यहाँको जात्रा सुरु भएको हो ।

प्रत्येक वर्ष जनै पूर्णिमाको दिन साँझ भक्तपुरको तलेजुबाट घिन्तागिसी नाच निस्केर टोलटोलमा प्रदर्शन सुरु भएसँगै यहाँको जात्रा सुरु हुने परम्पराअनुसार नै आज साँझ तलेजुको घिन्तागिसी निस्कालेर जात्रा सुरु भएको हो ।

आज तलेजुको घिन्तागिसी नाच निस्किए पछि टोलटोलमा अरु नाच पनि निस्किएको छ । गाईजात्राको दिन बिहानैबाट भक्तपुरमा विशेष जात्रा सुरु हुन्छ ।

बिहान डोकोमा गाई बोकेर, जिउँदो गाई नगर परिक्रमा गराउने र त्यसपछि भने दिनभरि मृतक परिवारबाट ताहमचासहित घिन्ताडगिसी नाच प्रर्दशन गर्ने, माटोबाट बनेको गाईसँगै भजन प्रदर्शन गर्ने गरिन्छ ।

भक्तपुरको गाईजात्राको विशेष आकर्षण साँझ लाकुलाछें (पोटरीस्क्वायर)बाट निकालिने भैलद्य (परालबाट बनाइएको गाईको प्रतीक)सहितको घिन्तागिन्सी परिक्रमा गराए पछि त्यस दिनको जात्रा सम्पन्न हुन्छ ।

प्रत्येक वर्ष जनै पूर्णिमाको दिनबाट सुरु भई कृष्ण जन्माअष्टमीसम्म चल्ने गाईजात्रामा गाईजात्राको दिन दिनभरी नै विशेष जात्रा हुने र जात्राको अवधिमा प्रत्येक दिन साँझ नगरका टोलटोलमा घिन्तान्गिसीसहित विभिन्न नाच, नाटक, ख्याल (प्रहसन) प्रदर्शन गरिन्छ ।

संस्कृतिविद् डा कमलभक्त जोशीले भक्तपुर नगरमा गाईजात्रा नौ दिनसम्म धूमधामका साथ मनाइने र त्यो क्रममा टोलटोलका नाच, नाटक, प्रहसन प्रदर्शन गरिने बताउनुभयो ।

गाईजात्राका लागि गठामुंगल (घण्टाकर्ण) पर्व सकेसँगै टोलटोलमा तयारी सुरु हुने परम्परा रहेको बताउदै त्यस क्रममा गाईजात्राका दिन ताहमचासहित विशेष नाच घिन्तान्गिसी प्रदर्शन हुने बताउनुहुन्छ ।

नगरभित्रका पुराना कला संस्कृति परम्परालाई जोगाइ राख्न भन्दै भक्तपुर नगरपालिकाले गाईजात्राको अवसरमा प्रदर्शन गरिने नाच, नाटक, प्रहसनलाई नगद पुरस्कार व्यवस्था गर्दै आएको छ ।

यसवर्ष पनि नगरपालिकाले जात्रामा प्रदर्शन हुने सांस्कृतिक प्रदर्शनको मूल्याङ्कन गरी पहिलो, दोस्रो र तेस्रो हुने विधालाई नगद पुरस्कार वितरण गर्ने नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

  • शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

  • गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

  • ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution