
नुवाकोट, १२ भदौः
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले स्थानीय बासिन्दाले बनाएको योजनाअनुसार नेकपा (एमाले)का नेता तथा कार्यकर्ता उद्धार, राहात, पुनर्निर्माण तथा पुनःस्थापनाको काममा खटिने बताउनुभएको छ ।
रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटका विभिन्न ठाउँमा स्थलगत निरीक्षणपछि पार्टीका जिल्ला नेता तथा कार्यकर्तासँग कुरा गर्दै उहाँले स्थानीय आवश्यकताका आधारमा आफूहरू खटिने बताउनुभएको हो ।
ठूला प्राकृतिक विपत्तिमा पनि एमालेका नेता, कार्यकर्ताले श्रमदान गरेर उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणको काम गरेको स्मरण गर्दै उहाँले यसपटक पनि सोहीअनुसार खटिने उहाँको भनाइ थियो ।
“तपाईँहरूले योजना बनाउनुहोस् । यस्तो प्रकारको सीप भएका जनशक्ति चाहियो भन्नुहोस् । पार्टीले त्यस्ता जनशक्ति पठाउँछ”, महासचिव पोखरेलले भन्नुभयो ।
सो पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार नुवाकोट सदरमुकाम विदुरमा केन्द्रीय सदस्य एवं नुवाकोट जिल्ला इन्चार्ज केशव पाण्डे र केन्द्रीय सदस्य एवं रसुवाका इन्चार्ज प्रेम तामाङले जिल्लामा बाढीले पुर्याएको क्षतिका बारेमा महासचिव पोखरेललाई जानकारी गराउनुभएको थियोे ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |